कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

उरुग्वे र रुस अन्तिम १६ मा

एएफपी

रोस्तोभ — उरुग्वेले लुइस स्वारेजको गोलसँगै साउदी अरेबियालाई १–० ले हराएर बुधबार विश्वकपको अन्तिम १६ मा स्थान पक्का गरेको छ । रोस्तोभ–अन–डनको उक्त नतिजाले आयोजक रुसको पनि नकआउट चरण यात्रा सुरक्षित भयो ।

उरुग्वे र रुस अन्तिम १६ मा

समूह ‘ए’ को खेलमा दक्षिण अमेरिकी टिमका लागि स्वारेजले एक सय खेलमा निर्णायक गोल गरेका थिए । लगातार दुई खेल जितेका उरुग्वे र रुस समूहको शीर्षस्थानका २५ जुन २५ मा प्रतिस्पर्धा गर्दैछन् । लगातार दुई हारसँगै इजिप्ट र साउदी अरेबिया भने प्रतियोगिताबाट बाहिरिए । रुस र उरुग्वेले अन्तिम १६ मा समूह ‘बी’ मा रहेका पोर्चुगल, स्पेन वा इरानको सामना गर्नेछन् ।

३१ वर्षीय स्वारेजले प्रतिबन्धमा पर्दै अघिल्ला दुई विश्वकप टुंग्याएका थिए । उनले विश्वकप २०१० मा घानाविरुद्ध हातले बल रोकेका थिए भने चार वर्षअघि इटालीका जर्जियो केलिनीलाई टोकेका थिए । उनले गोलकिपर मोहमद अल–अवाइसको गल्तीको फाइदा लिँदै उरुग्वेलाई पहिलो हाफमै अग्रता दिलाएका थिए । ओस्कार टाबारेजको टिमले गोलका थुप्रै अवसर गुमाएको थियो । साउदी अरेबियाले भने कुनै पनि बेला खेलमा फर्किने विश्वास दिलाउन सकेन ।

आठ वर्षअघि दक्षिण अफ्रिकामा सेमिफाइनल पुगेको उरुग्वे विश्वकपमा लगातार तेस्रोपल्ट नकआउट चरणमा प्रवेश गरेको हो । साउदी अरेबियाले भने अन्तिम खेलमा मोहमद सलाहको टिम इजिप्टको सामना गर्दा सन् १९९४ यता विश्वकपमा पहिलो जित हात पार्ने फेरि प्रयास गर्नेछ ।

पहिलो खेलमा इजिप्टविरुद्ध १–० ले जित हात पार्दा फितलो प्रदर्शन गरेका स्वारेजले साउदीविरुद्ध उत्कृष्ट सुरुआत गरेका थिए । सुरुमा बलमाथि केही पकड राखेको साउदीले उरुग्वेविरुद्ध बलियो चुनौती भने दिन सकेन । साउदीले २३ औं मिनेटमा बेहोरेको गोल पनि उरुग्वेलाई दिइएको उपहारजस्तै रह्यो ।

प्रकाशित : असार ७, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?