कोस्टाको गोलमा स्पेन विजयी

एजेन्सी

कजान — डिएगो कोस्टाले दोस्रो हाफको सुरुवातमा गरेको गोलको मद्दतसँगै स्पेनले समूह बी को खेलमा इरानलाई १–० ले पराजित गरेको छ ।

कोस्टाको गोलमा स्पेन विजयी

निकै प्रतिस्पर्धात्मक खेलको ५४ अौं मिनेटमा इरानका डिफेन्डरले क्लियर गर्न खोजेको बल कोस्टालाई लाग्दै गोल भएको थियो । इरानले पनि दोस्रो हाफमा गोल गरेको थियो तर भिडियो असिस्टेन्ट रेफ्रीले उक्त गोल अफसाइड भएको भन्दै मान्यता दिएनन् । इरानले स्पेनलाई दबाबमा राखेपनि गोल गर्न नसक्दा पहिलो हार ब्यहोर्यो ।


समूह बी मा स्पेन र पोर्चुगलको समान ४–४ अंक छ भने इरानले ३ अंक जोडेको छ । कुनै अंक नजोडेको मोरोक्को प्रतियोगिताबाट बाहिरिसकेको छ । अन्तिम चरणको खेलमा स्पेनले मोरोक्को तथा पोर्चुगलले इरानको सामना गर्नेछन् ।

प्रकाशित : असार ७, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?