कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्रोएसियाद्वारा अर्जेन्टिना ३-० ले पराजित

एजेन्सी

नोभ्गोरोड — फिफा विश्वकप २०१८ अन्तर्गत बिहीबार भएको समूह चरणको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् ।

क्रोएसियाद्वारा अर्जेन्टिना ३-० ले पराजित

दोस्रो हाफको सुरुवातमा गोलरक्षक विली काबालेरोको गल्तीको फाइदा उठाउँदै क्रोएसियाको लागि ५३ औं मिनेटमा आन्टे रेबिचले गोल गरे । लुका मोड्रिचले ८० औं मिनेटमा पेनाल्टी क्षेत्र बाहिर बाट गोल गर्दै २-० को अग्रता दिलाए । इभाना राकिटिचले इन्ज्युरी समयमा गोल गर्दै जित पक्का गरे ।


यस जितसँगै क्रोएसिया ६ अंक बोकेर समूहको शीर्ष स्थानमा छ । अर्जेन्टिना र आइसल्यान्डको १-१ तथा नाइजेरियाको खाता खुलेको छैन ।

प्रकाशित : असार ८, २०७५ ०५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?