कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नजर नेयमरमाथि

समूह ‘ई’: ब्राजिलविरुद्ध कोस्टारिका, सर्बियाविरुद्ध स्विट्जरल्यान्ड
रोयटर्स

सोची — ब्राजिलले शुक्रबार कोस्टारिकाको सामना गर्दा जित निश्चित आवश्यक बन्नेछ, नत्र टिमले विश्वकपमा आफ्नो खराब प्रदर्शनको यात्रालाई बराबरी गर्नेछ । यो खेलमा सबैको नजर टिममाथि मात्र हुने छैन, त्यो भन्दा बढी त व्यक्तिगत विशेष नेयमरमाथि हुनेछ ।

नजर नेयमरमाथि

पेरिस सेन्ट जर्मेन (पीएसजी) खेलाडी नेयमर चर्चामा रहन रुचाउने खेलाडी हुन् ।


तर यसपल्ट उनी खराब कारणले चर्चामा छन् । ब्राजिलले स्विट्जरल्यान्डसँग खेलेको १–१ बराबरीमा नेयमरको प्रदर्शन आलोचनायोग्य रह्यो । त्यसो त स्विस डिफेन्सले उनलाई लगातार पछ्याइरहे, ब्राजिलविरुद्धका १९ ‘फल’ मा १० त नेयमरविरुद्ध मात्र थिए । तर स्वयं उनको खेल पनि आफ्नो स्तरअनुसार हुन सकेको थिएन । बार्सिलोना छाडेर पीएसजी जाँदा जुन उनले सर्वाधिक महँगो खेलाडीको कीर्तिमान राखे, त्यसअनुसारको खेल उनको हुन सकेको छैन । धेरैले केसम्म आरोप लगाए भने नेयमर ब्राजिलका लागि खेलिरहेका थिएनन्, आफ्नो व्यक्तिगत उपलब्धिका लागि खेलिरहेका थिए । ‘जति बेला बल नेमयरसम्म पुग्यो, त्यति बेला उनको खेल खस्केको प्रस्ट देखिन्थ्यो,’ फ्रान्सका पूर्वखेलाडी मार्सेल डेसाइले लेखेका छन् ।


मंगलबारको अभ्यासमा उनी चोटका कारण लामो समय टिक्न सकेनन्, तर उनी कोस्टारिकाविरुद्ध मैदानमा उत्रनेछन् । कोस्टारिकाविरुद्ध पनि प्रस्ट नतिजा आएन भने ब्राजिलले विश्वकपमा लगातार चार खेलमा जित निकाल्न नसकेको कीर्तिमान बन्नेछ, जसले सन् १९७४–७८ बीच ब्राजिलको यस्तै प्रदर्शनको बराबरी गर्नेछ । ब्राजिलको यसपल्टको प्रतिद्वन्द्वीलाई पनि जित त चाहिएकै छ ।


कोस्टारिकाले सर्बियाविरुद्धको आफ्नो पहिलो खेल गुमाएको हुँदा यस्तो आवश्यक भएको हो । टिम आफैं भने खराब लयमा छ । कोस्टारिका चार वर्ष अगाडि क्वाटरफाइनल पुगेको थियो । तर उसले पछिल्ला नौमध्ये सात खेल गुमाएको छ र यसबीच पाँच गोल मात्र गर्न सकेको छ । तर पनि ब्राजिल यो टिमलाई कमजोर मान्ने पक्षमा छैन ।


‘विश्वकपका सबै खेल कठिन हुन्छ, यो खेल पनि यस्तै हुनेछ,’ फिलिपे कोउटिन्होले भनेका छन्, ‘कोस्टारिका बलियो टिम हो । सर्बियाविरुद्ध उसले पस्केको खेल कमजोर थिएन । यता हाम्रो आफ्नो टिमले राम्रो प्रदर्शनका लागि फेरि एक अर्को अवसर पाएको छ र खेलमा राम्रो गर्न हामी सबै केन्द्रित छौं । हामी मानसिक रूपमा पनि दरिलो छौं ।’


सर्बिया–स्विट्जरल्यान्ड
कलिनगार्ड– जति बेला सर्बिया र स्विट्जरल्यान्ड शुक्रबार एकआपसमा भिड्नेछन्, त्यसले समूह ‘ई’ लाई अझ जटिल बनाउनेछ, किनभने यसको विजेताले नकआउट चरण प्रवेशको टिकट काट्न सक्नेछ । सुरुमा लेखिएको थियो, यो समूहको शीर्षस्थानमा ब्राजिल हुनेछ ।


तर अहिले तत्काल त्यो स्थान सर्बियाले ओगटिरहेको छ । यो समूहको तल्लो वरीयताको सर्बियाले आफ्नो पहिलो खेलमा कोस्टारिकालाई १–० ले हराएको थियो । स्विट्जरल्यान्डले भने ब्राजिललाई १–१ को बराबरीमा रोकेको थियो । उपाधिको बलियो दाबेदार ब्राजिलविरुद्ध स्विस टिमको दमदार प्रदर्शनले उसको प्रतिष्ठा र अपेक्षा दुवै बढेको छ ।


स्विट्जरल्यान्ड पछिल्ला छ खेलमा अपराजित छ, त्यसमध्ये ब्राजिलसँगै स्पेनविरुद्ध बराबरीमा टुंगेको खेल पनि पर्छ । ‘मेरो विचारमा फुटबलका पण्डितहरूले हाम्रो खेलमा पनि रुचि लिन थालेका छन् । यसले हामीलाई गम्भीर पनि बनाएको छ । खासमा हामीले राम्रो खेलिरहेका छौं र हामीलाई कमजोर आँक्नु वास्तवमै उदेकलाग्दो छ,’ प्रशिक्षक भ्लाडिमिर पेटकोभिचले भनेका छन् ।


उनका सर्बियाली समकक्षी माल्डेन क्रास्टिजिच भन्छन्, ‘हामी स्विट्जरल्यान्डलाई सम्मान गर्छांै । हामीले समूहका अरू तीनै टिमको विश्लेषण गरेका छौं र स्विस टिमलाई कमजोर मान्ने पक्षमा छैनौं । हामीलाई स्विस फुटबल र टिमबारे धेरै जानकारी छ । अब हामी उनीहरूको थप सूक्ष्म अध्ययन गरेर त्यसैअनुसार खेल्ने पक्षमा छौं ।’

प्रकाशित : असार ८, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?