इंग्ल्यान्डले गर्‍यो गृहकार्य

रोयटर्स

रेनिनो — इंग्ल्यान्डले समूह ‘जी’ को आफ्नो दोस्रो खेलमा आइतबार पानामाको सामना गर्दा उसको आक्रामक निर्णायक खाले हुनुपर्नेछ ।

इंग्ल्यान्डले गर्‍यो गृहकार्य

यसमा सफल रहे इंग्ल्यान्डसामु अन्तिम १६ को ढोका खोलिनेछ । इंग्ल्यान्डले पानामालाई हराएयता समूहको अर्को नतिजा आफूअनुकूल रहे टिम दोस्रो चरण पुग्नेछ । गारेथ साउथगेटको टिमले पहिलो खेलमा टयुनिसियालाई २–१ ले हराएको थियो ।

त्यस खेलमा इंग्ल्यान्डले पर्याप्त अवसर सिर्जना गरे पनि ती निर्णायक रहेनन् र जित हात पार्न अन्तिम क्षणमा ह्यारी केनको गोल चाहिएको थियो । डिफेन्डर जोन स्टोन्स के मान्छन् भने इंग्ल्यान्डले पानामालाई लिएर आवश्यक गृहकार्य गरिसकेको छ ।

टिमलाई थाहा छ कहाँनिर सुधार आवश्यक छ । उनले भनेका छन्, ‘हाम्रो आक्रमण बढी निर्णायक हुनुपर्‍यो ।’पहिलोपल्ट विश्वकप खेलिरहेको केन्द्रीय अमेरिकी देशको खेल बुझ्दा के देखिन्छ भने उसले तीव्र गतिमा शारीरिक खेल खेल्न रूचाउँछ । यता साउथगेटले भने त्यस्तो इंग्लिस टिम बनाएको छ, जसलाई पास खेल्नमा मज्जा आउँछ । यसक्रमले खेललाई गति दिन्छ । स्टोन्स त्यसै कारण जुनसुकै प्रतिद्वन्द्वी भए पनि टिम आफ्नो शैली परिवर्तन गर्ने पक्षमा भने नरहेको बताउँछन् ।

‘हामी आफ्नै खेल योजनामा कायम रहने छौं,’ स्टोन्स मान्छन्, ‘हामी यसै अनुसार सकेसम्म बढी आक्रामक बन्न चाहन्छौं । यसको श्रेय व्यवस्थापक र खेलाडीलाई जान्छ । क्लबका लागि खेल्दा पनि हामीले जस्तै परिस्थितिमा पनि आफ्नो योजनामा परिवर्तन गर्दैनौं । अन्त्यमा यसले फाइदा पनि गरेको छ ।’ साउथगेटका लागि डेल अलीको चोट चिन्ता हुनसक्छ ।

उनको अनुपस्थितिमा रुबेन लोफ्टस चेकले स्थान पाउने छन् । टयुनिसियाविरुद्ध सब्टिच्युटका रूपमा मैदान छिरेका रुबेनले सबैलाई प्रभावित पार्ने खेल प्रदर्शन गरे । साउथगेटलाई अर्को एउटा निर्णय पनि गर्नुपर्नेछ, लयमा नदेखिएका रहिम स्टर्लिङलाई नै खेलाउने वा उनको स्थानमा मार्कस रसफोर्डलाई ल्याउने । साउथगेटको रणनीति जस्तै भए पनि पानामाले भने शारीरिक खेल खेल्ने निश्चित छ । यसै धारणा पाखेका छन् सेन्ट्रल डिफेन्डर रोमन टोरेसले । ‘बेल्जियमको तुलनामा इंग्ल्यान्डले बढी सिधा र प्रस्ट खेल्ने गर्छ,’ सियाटल साउन्डर्सका खेलाडीले भनेका छन्, ‘फुटबलमा यस्तै हुन्छ । टिम र खेलाडीले प्रत्येक परिस्थितिमा आफूलाई खरो उतार्न सक्नुपर्छ ।’

प्रकाशित : असार १०, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?