कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मानेविरुद्ध जापानी रणनीति

रोयटर्स

एकेटेरिनबर्ग — विश्वकपमा आइतबार सेनेगलका साडियो मानेलाई जापानका तीन खेलाडीसम्मले निगरानीमा राख्नेछ । तर समूह ‘एच’ को प्रतिस्पर्धामा उनको प्रेरणा अझैपनि रहने जापानका मुख्य प्रशिक्षक अकिरा निसिनोको विश्वास छ ।

मानेविरुद्ध जापानी रणनीति

एकेटेरिनबर्गको खेल साउथहयाम्पटनमा सँगै खेलेका लिभरपुलका माने र जापानी डिफेन्डर माया योसिडाबीचको प्रतिस्पर्धाले पनि रोचक हुनेछ । तर नोसिनोले आफ्नो डिफेन्स र मिडफिल्ड विपक्षी स्ट्राइकरका लागि तयारी राम्रो भएको बताए । मानेलाई मार्किङ एक वा तीन खेलाडीले भएपनि टिमको लयमा उनको योगदान खतरनाक हुनसक्छ । त्यसले सेनेगललाई बलको पहुँचमा राख्न सक्छ ।

‘उनलाई रोक्न सम्भव छ तर उनले अरु खेलाडीलाई प्रेरित गर्नेछन् । त्यसमा हामी सचेत छौं,’ निसिनोले भने । पहिलो खेल जितेपछि आत्मविश्वास बढाएका दुवै टिम अगाडि बढ्न चाहन्छन् । जापानले कोलम्बियालाई २–१ ले हराएको थियो । सेनेगलले पोल्यान्डलाई पनि उही अन्तरले पराजित गरेको हो ।निसिनोले सेनेगलको गति, शारीरिक बलियोपन र संगठित टिमलाई बारम्बार दोहोर्‍याउँदै सानो कदका जापानीलाई आफ्नो योजना लागू गर्न आवश्यक भएको बताए । ‘केही दिनयता मैले खेलाडीलाई पाँच सेन्टिमिटर र पाँच किलोग्राम बढाउन भनेको थिएँ तर असफल भएँ । त्यसैले हामीलाई अरु मापन चाहिएको छ,’ उनले ठट्टा गरे, ‘पक्कै पनि त्यहाँ बल हुनेछ । त्यसै बललाई प्रयोग गरेर हामी सेनेगलविरुद्ध भिड्ने छौं । त्यहाँ धेरै शारीरिक होड भयो भने हामीलाई बेफाइदा हुनेछ । त्यसैले हामी विविधता अपनाउँदै छिटो–छिटो खेल्ने शैली प्रयोग गर्नेछौं । हामीले बललाई राम्रोसँग अगाडि बढाउन आवश्यक छ ।’

‘सेनेगलको कमजोरी ? त्यस क्षणलाई लिएर म आएको होइन । त्यसैले शारीरिक क्षमताभन्दा हामी दिमाग प्रयोग गर्दै केही ट्याक्टिस र रणनीतिसाथ आउने छौं,’ उनले भने । जापानले चार वर्षअघि ब्राजिलमा भएको विश्वकपमा १ अंकमात्र जोडेको थियो । उसले विश्वकप इतिहासमा तेस्रोपल्ट नकआउट चरणमा पुग्ने प्रयास गरिरहेको छ । अप्रिलमा मात्र जापानी टिम सम्हालेका उनले कोलम्बियाविरुद्ध उतारेको पहिलो रोजाइको टिमलाई नै निरन्तरता दिने बताए । ‘हामी सेनेगलसँग डराएको छैन,’ अकिराले भने, ‘हामी उसलाई कसरी हराउने भनेर खेलमा अगाडि बढ्ने हेरिहेका छौं ।’

प्रकाशित : असार १०, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?