कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

स्पेनको लक्ष्य समूहविजेता

रोयटर्स

कालिनिन्ग्राड — पूर्व विश्वकप विजेता स्पेन सोमबार प्रतियोगिताबाट बाहिरिसकेको मोरक्कोलाई फराकिलो अन्तरमा हराउँदै समूह ‘बी’ को शीर्षस्थान कब्जा गर्ने सुरमा हुनेछ । बराबरी भए पनि दोस्रो चरण पुग्न पर्याप्त हुने स्पेनका लागि समूह विजेता बन्न अन्तिम खेलमा पोर्चुगलभन्दा बढी गोलअन्तरले जित्नुपर्ने समीकरण बनेको छ ।

स्पेनको लक्ष्य समूहविजेता

यदि दुवै टोलीको गोलअन्तर समान भएको खण्डमा टोलीको अनुशासन तथ्यांकले विजेता निर्धारण हुनेछ । अहिलेसम्म स्पेनले एक र पोर्चुगलले दुई रातो कार्ड पाएको अवस्था छ । स्पेनका फरवार्ड डिएगो कोस्टाले स्पेनले गरेका चारमध्ये तीन गोल गरेका छन् । सन् २०१४ को विश्वकपमा खराब प्रदर्शन गरेका कोस्टा सन् २०१६ को युरोमा टोलीमा पर्न सकेका थिएनन् ।

पोर्चुगलविरुद्ध ३–३ को बराबरीमा दुई गोल गरेका कोस्टाले विशेषत: त्यस खेलको दोस्रो खेलमा आफ्नो शक्ति र प्रतिभाको बेजोड समिश्रण देखाएका थिए । शारीरिक रूपले निपुण र रक्षात्मक रणनीतिमा खेलेको इरानविरुद्ध उनकै गोल निर्णायक साबित भएको थियो । मोरक्कोविरुद्ध पनि गोल गर्ने जिम्मेवारी उनकै पोल्टामा हुनेछ ।

प्रकाशित : असार ११, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?