कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

पोर्चुगलविरुद्ध इरान आशावादी

समूह बी: पोर्चुगलविरुद्ध इरान, स्पेनविरुद्ध मोरक्को
रोयटर्स

सारान्स्क — क्रिस्टियानो रोनाल्डोले जारी विश्वकपमा पोर्चुगलबाट भएको चारै गोल आफैं गरेका छन् । युरोपेली च्याम्पियन पोर्चुगल सोमबार समूहको अन्तिम खेलमा इरानको सामना गर्दा उनै रोनाल्डोको भर हुनेछ ।

पोर्चुगलविरुद्ध इरान आशावादी

पहिलो खेलमा स्पेनविरुद्ध ३–३ को बराबरी खेल्दै महत्त्वपूर्ण अंक जोडेका रोनाल्डो दोस्रो खेलमा मोरक्कोविरुद्ध गोल गरेर अन्तर्राष्ट्रियस्तरमै युरोपका सर्वाधिक गोलकर्ता बनिसकेका छन् ।

समूहको अन्तिम खेलमा पोर्चुगलले छनोटको आशा बोकेको इरानको सामना गर्दै छ । पोर्चुगल र स्पेन ४–४ अंकमा छन् । बराबरी नतिजा हासिल गरे अर्को चरणमा पुग्नेछन् । इरान ३ अंक बोकेर तेस्रो स्थानमा छ भने अंकविहीन मोरक्को प्रतियोगिताबाट बाहिरिइसकेको छ । पोर्चुगललाई पराजित गरेमा इरान अगाडि बढ्नेछ ।

युरोपका दुवै टोली एकअर्काको नतिजालाई उछिन्ने प्रयासमा हुनेछन् । अन्तिम खेल अगाडि समान अंक र गोलअन्तर भएका कारण सोमबार हुने खेलको गोलले पनि महत्त्व बोकेको छ । रोनाल्डोको एकल प्रदर्शनले बचिरहेको पोर्चुगलले राम्रो नतिजा ल्याउन सुधार गर्नुपर्ने धेरै पक्ष छन् ।

सन् २०१४ यता प्रशिक्षक सान्तोसले २६ खेल खेलाउँदै २० जित र २ हार बेहोरेका छन् । २० जितमध्ये १० जितमा एक गोलमात्र अन्तर छ । सन् २०१७ को कन्फेडेरेसन कपमा पेनाल्टीमा हारेको पोर्चुगलले धेरैजसो खेल आफूभन्दा कमजोर टोलीसँग खेलेको छ ।

मोरक्कोविरुद्ध लगातार बल पोसेसन गुमाएपछि प्रशिक्षक सान्तोस केही निराश देखिए । ‘हामीले यसलाई गम्भीरसँग हेर्नुपर्छ । खेलमा पकड गुमाएपछि हाम्रो आत्मविश्वास पनि घट्छ,’ उनले भने, ‘मोरक्को जस्तो शारीरिक रूपमा खेल्ने टोलीसँग बल पोसेसन राख्न सकिएन भने हामी चाँडै थाक्छौँ र समस्या पर्न सक्छ ।’

सोमबार पोर्चुगलले पूर्व प्रशिक्षक कार्लोस क्वेरेजको इरानको सामना गर्न लागेको हो । सन् २००८ देखि २०१० को विश्वकपसम्म टोली सम्हालेका उनले इरानमा भने सात वर्ष बिताइसकेका छन् । इरानलाई एसियाकै उत्कृष्ट टोलीमा स्थापित गराउँदै उनले विश्वकपपछि बिदा लिने सोच बनाइसकेका छन् । इरानले पहिलो खेलमा आत्मघाती गोल मदतले मोरक्कोलाई १–० ले हराएको थियो । निकै प्रतिस्पर्धात्मक दोस्रो खेलमा भने इरान स्पेनसँग १–० ले पराजित भयो । इरानको प्रारम्भिक लक्ष्य रोनाल्डोलाई रोक्नुहुनेछ । पहिलोपल्ट समूह चरण पार गर्ने लक्ष्य बोकेको इरानको आक्रमणको सम्पूर्ण जिम्मेवारी युवा फरवार्ड सरदार अजमौनको काँधमा छ ।

प्रकाशित : असार ११, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?