२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
फिफा विश्वकप २०१८

Fifa-worldcup-2018

सुमधुर यात्रामा बेल्जियमलाई डर

बेल्जियमले सोमबार विश्वकप २०१८ को अन्तिम १६ मा जापानको सामना गर्दा टिम पूरा आत्मविश्वासी रहनेछ । किनकि अहिलेसम्मको सुमधुर यात्राले गर्दा । तर यस्तै स्थितिमा प्रतिद्वन्द्वी टिमले उसलाई माथ खुवाएको इतिहासको पृष्ठभूमिमा बेल्जियमका लागि आत्मविश्वास पनि घातक हुनसक्ने डर हुनेछ ।

सुमधुर यात्रामा बेल्जियमलाई डर

अाजका खेलाडी : पाउलिन्हो, ब्राजिल

मेक्सिकोको पूरा डिफेन्स नेयमर र फिलिपो कोउटिन्होजस्ता खेलाडी रोक्नमा व्यस्त हुनसक्छ, तर तिनीहरूले पाउलिन्होको खेललाई पनि आँखा चिम्लिन भने सक्ने छैनन् ।

अाजका खेलाडी : पाउलिन्हो, ब्राजिल

रोचक तथ्य: विगत दोहोर्‍याउँदै उरुग्वे

विश्वकप २०१८ मा अहिलेसम्म लगातार राम्रो खेलिरहेको टिममा पर्छ उरुग्वे । दक्षिण अमेरिकी टिमले लिग चरणका सबै तीन खेल जितेको थियो । अन्तिम १६ मा पोर्चुगललाई हराएयता लगातार चौथो खेल पनि जितेको छ ।

रोचक तथ्य: विगत दोहोर्‍याउँदै उरुग्वे

अाजका खेलाडी : ताकासी इनुई, जापान

स्पेनी ला लिगमा एल्बरका लागि खेल्ने ३० वर्षीय ताकासी इनुईसँग सिन्जी कागावा र केइसुके होन्डाको जस्तो स्टारडम छैन होला । तर यसपल्टको विश्वकपमा जापानका लागि सबैभन्दा राम्रो खेल्ने खेलाडीमा उनी अगाडि पर्छन् ।

अाजका खेलाडी : ताकासी इनुई, जापान

ब्राजिलको कठिन प्रतिद्वन्द्वी मेक्सिको

पाँचपल्टको विश्वकप विजेता ब्राजिलविरुद्ध सफलताको राम्रो आँकडा बोकेका टिम बिरलै पाइन्छ । पछिल्ला केही वर्षको तथ्यांक आधार मान्ने हो भने मेक्सिको एउटा त्यस्तै भाग्यमानी टिम हो, ब्राजिललाई दबाबमा राख्नसक्ने ।

ब्राजिलको कठिन प्रतिद्वन्द्वी मेक्सिको

काभानीको कला

इडिन्सन काभानीको दुई गोलमा उरुग्वेले क्रिस्टियानो रोनाल्डोको विश्वकप आशालाई समाप्त पार्दै शनिबार सोचीमा पोर्चुगलमाथि २–१ को नतिजासाथ क्वाटलफाइनल यात्रा गरेको छ । पेरिस सेन्ट जर्मेनका स्ट्राइकर काभानीले ६२ औं मिनेटमा गरेको गोलले निकै रोचक बनेको खेलको टुंगो लगाएको थियो ।

काभानीको कला

मास्केरानोको संन्यास

अर्जेन्टिनी मिडफिल्डर हाभियर मास्केरानोले आफ्नो राष्ट्र विश्वकपबाट बाहिरिएपछि अन्तराष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । अर्जेन्टिना शनिबार अन्तिम १६ भिडन्तमा फ्रान्ससँग ४–३ ले पराजित भएको थियो ।

मास्केरानोको संन्यास

[विश्वकप विश्लेषण] रुसी रणनीति सफल

विश्वकप २०१८ मा अाइतबार राति अन्तिम १६ का दुई खेल भए, दुवैको नतिजा टाइब्रेकरमा निस्क्यो । पेनाल्टी सुटआउट आयोजक रुस र क्रोएसियाका लागि भाग्यमानी सावित भयो र दुवैले क्वाटरफाइनलको यात्रा तय गरे । रुसले पहिलो खेलमा पूर्व विश्वकप विजेता स्पेनलाई हराएको हो र यससँगै एउटा शक्तिशाली टिम प्रतियोगिताबाट बाहिरियो । 

[विश्वकप विश्लेषण] रुसी रणनीति सफल
असार १७, २०७५

अफ्रिकी टिम किन असफल ?

विश्वकप २०१८ का नकआउट चरणका खेल पनि सुरु भइसकेको छ । लिग र नकआउट चरणको रोचकता नै बेग्लै हुन्छ । तर यो रोमाञ्चमा यसपल्ट अफ्रिकी टिम हुने छैन अन्तिम १६ को चरणसम्म आइपुग्दा ।

अफ्रिकी टिम किन असफल ?

३६ वर्षयताकै खराब

सेनेगल ‘फेयर प्ले’ को नियममा बाहिरिएपछि विश्वकप इतिहासमै अफ्रिकी टिम सन् १९८२ यता पहिलोपल्ट दोस्रो चरणमा पुग्न असफल रह्यो । अफ्रिकी टिमले ३६ वर्षयताकै कमजोर खेल प्रदर्शन गर्दै स्तब्ध बनायो ।

३६ वर्षयताकै खराब

स्पेनसँग लय समात्ने रुसी प्रयास

एक महिनाअगाडि विश्वकप २०१८ को अन्तिम १६ मा स्पेन र रुस भिड्ने छन् भन्दा त्यसमा एकपक्षीय खेल हुने डर हुन्थ्यो । तर जब आइतबार यिनै दुई टिम मुखामुख हुन्छन्, त्यतिबेला सन् २०१० को विश्वकप विजेताका लागि पक्कै सजिलो हुने छैन । यता रुस भने प्रतियोगितामा पाएको उत्कृष्ट सुरुआतको लय समात्ने प्रयासमा हुनेछ ।

स्पेनसँग लय समात्ने रुसी प्रयास

क्रोएसिया रोक्ने डेनिस योजना

क्रोएसियाले आइतबार अन्तिम १६ मा डेनमार्कको सामना गर्दा उसको पृष्ठभूमिमा शतप्रतिशत जितको प्रदर्शन रहनेछ । तर यही लयमा रहेको टिमलाई रोक्ने प्रयासमा डेनमार्क हुनेछ आश्चर्यजनक नतिजासँगै ।

क्रोएसिया रोक्ने डेनिस योजना

[विश्लेषण] अब नयाँ पुस्ताको पालो

विश्वकप २०१८ मा हिजो राति दुई ठूला नामले अन्तिम पटक खेले, अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो । लामो समयदेखि यिनै दुई खेलाडी विश्व फुटबलमा छाइरहेका थिए, संयोगले एकै दिन उनीहरूको टिमको चुनौती रुसमा समाप्त भयो । सम्भवत: दुवै खेलाडीका लागि यो विश्वकप अन्तिम हुन सक्छ । 

[विश्लेषण] अब नयाँ पुस्ताको पालो