ब्राजिलको कठिन प्रतिद्वन्द्वी मेक्सिको

रोयटर्स

सामरा — पाँचपल्टको विश्वकप विजेता ब्राजिलविरुद्ध सफलताको राम्रो आँकडा बोकेका टिम बिरलै पाइन्छ । पछिल्ला केही वर्षको तथ्यांक आधार मान्ने हो भने मेक्सिको एउटा त्यस्तै भाग्यमानी टिम हो, ब्राजिललाई दबाबमा राख्नसक्ने ।

ब्राजिलले सोमबार अन्तिम १६ को खेलमा यही टिमको सामना गर्दै छ, डरलाग्दो प्रतिद्वन्द्वीका रूपमा ।

सन् २००० यता नकआउट चरणमा सात टिमले ब्राजिललाई हराउन सकेको छैन । यसै समयमा मेक्सिकोले ब्राजिलविरुद्धका १४ मध्ये ६ खेलमा जित हात पारेको छ । मेक्सिकोलाई छाडेर फ्रान्समात्र त्यस्तो टिम हो, जससँग ब्राजिलविरुद्ध राम्रो प्रदर्शनको उदाहरण छ । अझ मेक्सिकोले ब्राजिलविरुद्धका पछिल्ला ९ मध्ये ६ खेलमा जित निकालेको छ ।

Yamaha

यसबीच मेक्सिको दुईपल्ट मात्र पराजित रह्यो । त्यसैले ब्राजिलको सामना गर्दा मेक्सिको आत्मविश्वासी रहने छ । सन् २०१२ को लन्डन ओलम्पिकमा स्वर्ण पदक जित्दा पनि मेक्सिकोले ब्राजिललाई नै हराएको थियो । मेक्सिकोले चार वर्षअगाडिको विश्वकप समूह चरणमा ब्राजिललाई गोलरहित बराबरीमा रोकेको थियो । तर मेक्सिकोलाई पार लगाउन सक्यो भने ब्राजिल भाग्यमानी साबित भएको घटना पनि छ ।

मेक्सिकोका प्रशिक्षक हुँवा कार्लोस

पछिल्ला केही वर्षमा मेक्सिकोले व्यक्तिगत रूपमा लगातार उत्कृष्ट खेलाडीको उत्पादन पनि गरिरहेको छ । तर जतिबेला निर्णायक खेल हुन्छ, ठीक त्यही बेला टिमको प्रदर्शन कमजोर हुने गर्छ । विश्वकप नकआउट चरणमा सबैभन्दा खराब प्रदर्शनको कीर्तिमान मेक्सिकोकै नाममा छ । यसअघिका ६ विश्वकपमा मेक्सिको लगातार अन्तिम १६ मै आएर रोकिएको छ ।

सन् १९८६ मा मेक्सिको अन्तिमपल्ट क्वाटरफाइनल पुगेको थियो । मेक्सिकोले यस्तै उपलब्धि दोहोर्‍याउने हो भने यसपल्ट ब्राजिलले पेस गरेको चुनौती पार गर्नुपर्नेछ । इतिहासले जस्तै भने पनि यो खेल निकै रोमाञ्चक हुनेछ । केही हदसम्म तनावपूर्ण पनि ।

मेक्सिकोले यो खेलमा जित निकाल्न सके यो उसको फुटबल इतिहासकै सबैभन्दा ठूलो सफलता हुनसक्छ ।

प्रकाशित : असार १८, २०७५ ०८:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

काभानीको कला

उरुग्वेले फ्रान्ससँग खेल्ने
एएफपी

सोची — इडिन्सन काभानीको दुई गोलमा उरुग्वेले क्रिस्टियानो रोनाल्डोको विश्वकप आशालाई समाप्त पार्दै शनिबार सोचीमा पोर्चुगलमाथि २–१ को नतिजासाथ क्वाटलफाइनल यात्रा गरेको छ । पेरिस सेन्ट जर्मेनका स्ट्राइकर काभानीले ६२ औं मिनेटमा गरेको गोलले निकै रोचक बनेको खेलको टुंगो लगाएको थियो ।

पोर्चुगलविरुद्ध दोस्रो गोल गरेपछि उरुग्वेका इडिन्सन काभानी । तस्बिर : रोयटर्स

उरुग्वेले शुक्रबार हुने क्वाटरफाइनलमा फ्रान्ससँग खेल्नेछ । फ्रान्सले केलियन एमबाप्पेको दुई गोलमै दिनको पहिलो खेलमा अर्जेन्टिनालाई ४–३ ले हराएको थियो । विश्वका दुई सुपरस्टार अन्तिम १६ को पहिलो दिनकै खेलबाट घर फर्कने भएका हुन् । लियोनल मेसीले पनि आफ्नो राष्ट्र अर्जेन्टिनालाई क्वाटरफाइनल पुर्‍याउन सकेनन् ।

काभानीले सुरुआतमै उरुग्वेलाई अग्रता दिलाएका थिए । पेपेले कर्नरबाट आएको बलमा हेडबाट गोल गरेपछि खेलको रोमाञ्च बढयो । किनभने उरुग्वेले प्रतियोगितामा खर्चेको यो पहिलो गोल थियो । त्यसपछि पनि उरुग्वेका जब्बर रक्षापंक्तिको अगाडि पोर्चुगलको केही लागेन र दक्षिण अमेरिकी राष्ट्रले रुस विश्वकपमा आफ्नो बलियो दाबेदारिता देखायो ।

घाइते काभानीलाई मैदानबाट निस्कने क्रममा साथ दिँदै क्रिस्टियानो रोनाल्डो ।तस्बिर : रोयटर्स

ओस्कार टाबारेजको टोलीका लागि चिन्ता भनेको काभानीलाई लिएर मात्र रहेको छ । खेलका क्रममा चोट लागेर निस्किएका काभानीले फ्रान्ससँगको खेल खेल्नसक्ने हो वा होइन अनिश्चित छ । ‘हामी धेरै खुसी छौं र गर्व पनि छ । यो विशेष दिन हो,’ विजयी प्रदर्शन गरेपछि काभानीले भने । उनले आगामी खेल्ने सम्भावनाबारे भने, ‘मैले पनि खेल्ने आस लिएको छु । त्यसका लागि म सक्दो प्रयास गर्नेछु ।’

उरुग्वेलाई पनि अगाडि बढ्न काभानीको आवश्यकता छ । लुइस स्वारेजसँग काभानीको स्ट्राइकिङ जोडीले अन्तर्राष्ट्रिय फुटबलमा विपक्षी हल्लाउने गरेको छ । स्वारेजको पासमा आठौं मिनेटमा हेडबाट पहिलो गोल गरेका काभानीले उनकै पासमा ६२ औं मिनेटमा सुन्दर गोल गरेका थिए ।

यता पराजयका बाबजुत रोनाल्डोले अन्तर्राष्ट्रिय खेलयात्रा कायम राख्ने आशा पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसको छ । ‘यो दुखद विषय हो, हामी अगाडि बढ्न सकेनौं । हामीले दोस्रो हाफमा राम्रो खेल्यौं, सम्भव भएसम्म सबै गर्‍यौं । तर उरुग्वेलाई बधाई दिनैपर्छ,’ सान्तोसले भने, ‘मैले रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबल खेलिरहने आशा लिएको छु । उनले फुटबललाई अझै धेरै दिन बाँकी छ ।’

खेलको अन्तिममा फ्रिकिक नदिएकामा रोनाल्डो रेफ्रीमाथि खनिएका थिए । जसका कारण उनी पहेँलो कार्डको भागिदार बनेका थिए । प्रतियोगितामा यो उनले पाएको यो दोस्रो पहेँलो कार्ड थियो । उरुग्वेलाई पराजित गर्दै अगाडि बढेको भए रोनाल्डोले पोर्चुगलले खेल्ने क्वाटरफाइनल दुई पहेँलो कार्डका कारण निलम्बनमा गुमाउन सक्थे ।

प्रकाशित : असार १८, २०७५ ०८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT