३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

रोचक तथ्य: विगत दोहोर्‍याउँदै उरुग्वे

काठमाडौँ — विश्वकप २०१८ मा अहिलेसम्म लगातार राम्रो खेलिरहेको टिममा पर्छ उरुग्वे । दक्षिण अमेरिकी टिमले लिग चरणका सबै तीन खेल जितेको थियो । अन्तिम १६ मा पोर्चुगललाई हराएयता लगातार चौथो खेल पनि जितेको छ ।

रोचक तथ्य: विगत दोहोर्‍याउँदै उरुग्वे

संयोग कस्तो रह्यो भने सन् १९३० यता उरुग्वेले यसरी लगातार ४ खेल जितेको यो पहिलोपल्ट हो । त्यतिबेलाको विश्वकपमा उरुग्वेले कुल ४ खेलमात्र खेलेको थियो । चौथो जितका लागि फाइनलमा अर्जेन्टिनालाई ४–२ ले पराजित गरेर उपाधि आफ्नो नाममा लेखाएको थियो । दुईपल्टको उपाधि विजेता उरुग्वे यसपल्ट फेरि पुरानै लयमा फर्केको छ । यो प्रदर्शनको संयोगले टिम पक्कै खुसी होला ।

प्रकाशित : असार १८, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?