कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

[विश्लेषण] इंग्ल्यान्डले आफूलाई प्रमाणित गर्‍यो

नवीन न्यौपाने

काठमाडौँ — विश्वकप २०१८ मा मंगलबारदेखि अन्तिम १६ का खेल पनि समाप्त भए । अब प्रतियोगितामा आठ टिमको चुनौती बाँकी रहेको छ । जसमध्ये पहिलो खेलमा स्विडेनले स्विट्जरल्यान्डलाई १–० ले हरायो भने इंग्ल्यान्डले टाइब्रेकरमा कोलम्बियालाई ४–३ ले पराजित गर्‍यो ।

[विश्लेषण] इंग्ल्यान्डले आफूलाई प्रमाणित गर्‍यो

अब केही दिनको विश्रामपछि क्वाटरफाइनल चरणको रौनकता सुरु हुन्छ ।

निर्धारित समयसम्म दुवै टिम १–१ को बराबरीमा थिए । अतिरिक्त समयमा पनि कुनै गोल हुन सकेन, त्यसैले पेनाल्टी सुटआउटको आवश्यकता परेको हो । यसपल्टको विश्वकपमा इंग्ल्यान्डले युवा टिम उतारेको थियो र यसले क्वाटरफाइनलसम्मको यात्रा तय गर्छ भन्ने अपेक्षा थिएन । तर यही इंग्ल्यान्ड टिमले सबै प्रकारको अनुमानलाई गलत सावित गर्दै अन्तिम आठको यात्रा तय गरेको छ ।

यसैक्रममा टिमले आफूलाई प्रमाणित पनि गर्न सकेको छ । इंग्ल्यान्डले हिजोको खेलमा तीव्र गतिमा आक्रमणको प्रयास गरेको थियो । सेट प्लेको अवसर सिर्जना गर्नका लागि प्रयास गरिरहेको थियो । कोलम्बियाले भने सुरुमा राम्रो गर्न सकेन । इंग्ल्यान्डले ५७ औं मिनेटमा एक गोल गरिसकेपछि मात्र कोलम्बियाले खेलमा आफ्नो वास्तविक लयमा देखिएको जस्तो लाग्यो, यसअघि उसले आफ्नो वास्तविक खेल प्रदर्शन गर्न सकेन ।


कोलम्बियाले निर्धारित समयको खेलको अन्त्यतिर बराबरी गोल फर्काएको थियो । यसले पनि सिद्ध भएको छ, फुटबलमा जुन सुकै बेला जस्तै स्थिति पनि तयार हुन सक्छ । जबसम्म रेफ्रीले खेल सकेको संकेत गर्दैन, सबै खाले सम्भावना कायम हुन्छ, यो तथ्य फेरि एकपल्ट सिद्ध भएको छ । टाइब्रेकरमा इंग्ल्यान्डका लागि गोलरक्षकले राम्रा बचाउ गरे । यसअघिको खेलमा स्विडेनले लामो पासमा आक्रमण गर्ने प्रयास गरिरहेको थियो ।


स्विस टिमले भने दायाँ र बायाँ बल क्रस गरेर आक्रमणका लागि रणनीति बुनेको देखियो । तर यो सफल भने हुन सकेन । खासमा स्विडेनी डिफेन्स निकै बलियो छ । स्विडेनले एक गोलको अग्रता प्राप्त भएपछि रक्षापंक्तिमा जोड दिएर काउन्टर एटायकका लागि प्रयास गरेको पनि देखियो । समग्रमा स्विडेनले धेरै अवसर गुमाएको पनि थियो, तर अन्त्यमा जित उसकै भयो र अगाडि बढ्न सफल रह्यो ।

प्रकाशित : असार २०, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?