रोचक तथ्य: पेनाल्टी परिश्रम

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वकपको एकै संस्करणमा दुईपल्ट टाइब्रेकर जित्ने क्रोएसिया दोस्रो राष्ट्र भएको छ । क्रोएसियाले जारी विश्वकपको राउन्ड अफ १६ मा डेनमार्क र क्वाटरफाइनलमा आयोजक रुसलाई टाइब्रेकरमा पाखा लगाएको हो ।

यसअघि सन् १९९० मा अर्जेन्टिनाले युगोस्लाभिया र इटालीलाई टाइब्रेकरमा पराजित गरेको थियो ।

Yamaha

Esewa Pasal

प्रकाशित : असार २७, २०७५ ०८:०३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

युगोस्लाभियादेखि क्रोएसियासम्म

रोयटर्स

मस्को — युगोस्लाभियाबाट १९९० को दशकको सुरुआतमा स्वतन्त्र भएको क्रोएसियाले १९९८ मा पहिलोपल्ट विश्वकपमा खेलेको थियो र पहिलो प्रयासमै सेमिफाइनल पुगेको थियो ।

हालका वर्तमान क्रोएसियाली फुटबल संघका अध्यक्ष डाभोर सुकरको नेतृत्वमा एलेन बोक्सिच, ज्भोनिमिर बोबान, रोबर्ट प्रोसिनेस्की जस्ता खेलाडी युगोस्लोभियाली फुटबल संस्कारमा हुर्किए । उनीहरूले नै क्रोएसियालाई सेमिफाइनलमा डोर्‍याए ।


क्रोएसिया पहिलोपल्ट विश्वकप खेल्ने क्रममा आफ्नो समूहमा अर्जेन्टिनापछि दोस्रो
भएको थियो । टोलीले अन्तिम १६ मा सुकरको पेनाल्टी गोलमा रोमानियालाई पराजित गरेको हो । क्वाटरफाइनलमा जर्मनीलाई क्रोएसियाले ३–० ले स्तब्ध पार्दा गोल गर्नेमध्ये सुकर पनि थिए ।


‘स्वर्णिम पुस्ता’ मानिएको क्रोएसियाले आयोजक फ्रान्ससँग पेरिसको स्टाडे डे फ्रान्स रंगशालामा दोस्रो हाफमा सुकरको गोलमा अग्रता लियो । प्रतियोगितामा सुकरको त्यो पाँचौं गोल थियो । तर लिलियन थुरामले अनौठो पारामा दुई गोल गरेपछि फ्रान्सले सानदार पुनरागमन गर्दै फाइनलमा स्थान बनायो । अचम्मको संयोग के भने थुरामले फ्रान्सबाट १ सय ४२ खेलमा सहभागिता जनाए पनि त्यो दुईबाहेक अरु गोल गर्न सकेनन् । फ्रान्सले ब्राजिललाई पराजित गर्दै विश्वकप उपाधि उचाल्यो । सुकर र प्रोसिनेस्कीको गोलमा क्रोएसियाले नेदरल्यान्ड्समाथि २–१ को विजय हात पार्दै तेस्रो स्थान कब्जा गर्‍यो ।

१९९८ मा तेस्रो स्थान हासिल गरेपछि डाभोर सुकर ।

क्रोएसिया स्वतन्त्र हुनुअघि युगोस्लाभियाको हिस्सा थियो । एकीकृत रहँदा युगोस्लाभियाले दुईपल्ट विश्वकप सेमिफाइनल खेलेको थियो । ‘युरोपको ब्राजिल’ भनिने युगोस्लाभिया १९३० को पहिलो विश्वकपको सेमिफाइनलमा उरुग्वेसँग ६–१ ले पराजित भएको थियो । १९६२ मा पनि टोली अन्तिम चारमा पुगेको थियो, जहाँ टोली चेकोस्लोभाकियासँग पराजित भएको थियो ।


क्रोएसियामा जन्मेका ड्राजेन जेर्कोभिच त्यो प्रतियोगिताको संयुक्त सर्वाधिक गोलकर्ता थिए । विश्व फुटबल महासंघ र युरोपेली फुटबल महासंघले मान्यता नदिएको १९९० को क्रोएसियाली टोलीको कार्यबाहक प्रशिक्षकमा उनै जेर्कोभिच थिए ।


प्रकाशित : असार २७, २०७५ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT