अाजका खेलाडी : एनगोलो कान्टे, फ्रान्स

कान्तिपुर संवाददाता

काठमाडौँ — फ्रान्सको मिडफिल्ड चलायमान बनाउन मुख्य भूमिका खेलिरहेका कान्टे शारीरिक रूपमा बलिया देखिँदैनन् । तर खेलका क्रममा उनीबाट बल खोस्न त परे जाओस् विपक्षीहरूले आफूसँग भएको बल बचाउन पनि निकै मिहिनेत गर्नुपर्छ ।

सानो कदका बाबजुत तीव्र गतिमा चलायमान हुने उनले मिडफिल्डमा हरेक समय सक्रिय हुन्छन् । अर्जेन्टिनाविरुद्ध राउन्ड अफ १६ मा म्यान अफ द म्याच भएका उनी लगातारको उच्च प्रदर्शन फाइनलमा पनि निरन्तरता दिने प्रयासमा हुनेछन् ।

Yamaha

प्रकाशित : असार २८, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अाजका खेलाडी : एक्सेल विट्सल, बेल्जियम

कान्तिपुर संवाददाता

काठमाडौँ — युरोपका ठूला क्लबले भित्र्याउन खोजे पनि चीनतर्फ लागेका विट्सल बेल्जियमको टोलीमा पर्दा धेरैले आश्चर्य मानेका थिए ।

उनले अनेक आलोचनाबीच रोबर्टो मार्टिनेजको टोलीमा पहिलो रोजाइमा खेल्दै राम्रो प्रदर्शन गरिरहेका छन् । मिडफिल्डमा बल खोस्न र रक्षात्मक रूपमा बलियो ढालका रूपमा उभिएका उनलाई शारीरिक बनोटले पनि साथ दिएको छ ।

फ्रान्सविरुद्ध केही कमजोर प्रदर्शन गरेका उनले तेस्रो स्थानको खेलमा समर्थकको मन जित्ने प्रयास गर्नेछन् ।

प्रकाशित : असार २८, २०७५ ०८:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT