कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

‘यस्तो खेल, जो कोही खेल्न चाहँदैन’

रोयटर्स

सेन्ट पिटर्सबर्ग — बेल्जियम र इंग्ल्यान्डले यसअघि नै जारी विश्वकपमा प्रतिस्पर्धा गरिसकेका छन् । शनिबारको खेल उनीहरूले चाहेको भिडन्त होइन । तर दुवै टोली यो खेल जितेर विश्वकपबाट सम्मानजक बिदाइ हुन चाहन्छन् ।

‘यस्तो खेल, जो कोही खेल्न चाहँदैन’

सेमिफाइनलमा निराशाजनक पराजयपछि यी दुवै टोली हतोत्साहित छन् । त्यो पराजयबाट उठ्ने प्रयासमा यी दुई टोली एउटा यस्तो खेल खेल्दै छन् जसको खासै महत्त्व छैन । धेरैले तेस्रो स्थानको यस खेललाई औचित्यहीन खेल भनेर आलोचना गरिरहेका छन् ।

‘कुनै पनि टोलीले यस्तो खेल खेल्न चाहँदैनन्,’ इंग्ल्यान्डका व्यवस्थापक गारेथ साउथगेटले बुधबार सेमिफाइनलमा क्रोएसियासँग आफ्नो टोली अतिरिक्त समयमा २–१ ले पराजित भएपछि भनेका थिए । ‘निश्चय पनि हामी जित्न चाहन्छौं, तर त्यसका लागि हामी जाँदै पनि छौं । अहिलेसम्म हाम्रो टिमले जुन प्रदर्शन देखाएको छ, त्यसमा गर्व गर्छ । मात्र यति हो सेमिफाइनलमा हार्नेबित्तिकै हामीले यो खेलबारे खासै सोच्न भ्याएका थिएनौं,’ उनले भने ।

उनका बेल्जियन समकक्षी रोबर्टो मार्टिनेजको पनि मंगलबार फ्रान्ससँग सेमिफाइनलमा १–० ले पराजय भोगेपछि खासै फरक धारणा छैन । ‘यो खेल अगाडि भावनालाई सम्हाल्न गाह्रो हुन्छ । सेमिफाइनल जस्तो महत्त्व भएको खेलमा पराजय भोगेपछि फेरि अर्को खेलमा सकारात्मक लक्ष्यसाथ खेल्न निकै अप्ठयारो हुन्छ,’ त्यसका बाबजुद उनले आफ्नो टोलीको मनोबल बढाउने जनाउदै मार्टिनेजले भने, ‘हामी एकृकित भएर सम्हालिँदै अवसर हेर्नुपर्छ । विश्वकप तेस्रो हुने अवसर धेरै आउँदैन । यस्तो अवसर बेल्जियमलाई एकपल्ट १९८६ मा मात्र आएको थियो, त्यतिखेर बेल्जियम चौथो भएको थियो ।’

बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेज।तस्बिर : रोयटर्स

यी दुई टोली यसअघि समूह चरणको अन्तिम खेलमा भिडेका थिए । त्यसअघि नै बेल्जियम र इंग्ल्यान्ड नकआउट चरणलाई छनोट भइसकेका थिए । समूहमा दोस्रो हुनेले सजिलो प्रतिद्वन्द्वी पाउने थिए । दुवै टोलीले त्यहीअनुरुपको टोली उतारे । मार्टिनेजले ९ र साउथगेटले महत्त्वहीन खेल र प्रमुख खेलाडीलाई ‘आराम’ भन्दै ८ खेलाडी परिवर्तन गरे । बेल्जियमले खेल १–० ले जित्यो । टोलीले अन्तिम १६ मा जापानको सामना गर्‍यो । तर त्यसपछि टोलीले ब्राजिल र फ्रान्सको सामना गर्नुपर्ने थियो ।

इंग्ल्यान्डले प्रिक्वाटरफाइनलमा कोलम्बियाको सामना गर्‍यो । त्यसपछि स्वीडेन हुँदै टोलीले क्रोएसियाको भेट पक्का गरेको थियो । अन्तिम इंग्ल्यान्ड र बेल्जियम दुवै सेमिफाइनलबाटै बाहिरिए । ‘कहिलेकाहीं ठूलो स्वरुपमा हेर्नुपर्छ जसले आलोचना निम्त्याउन पनि सक्छ,’ साउथगेटले भनेका थिए ।

तेस्रो स्थानको प्लेअफ खेल युरोपियन प्रतियोगिताबाट यूईएफएले १९८० बाटै हटाइसकेको छ । तर केही गुनासाका बाबजुद विश्वकपमा भने यथावत् छ । फिफाले गुनासोप्रति तत्कालै प्रतिक्रिया जनाइहालेको छैन ।

प्रकाशित : असार ३०, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?