तेस्रो स्थान प्लेअफ

काठमाडौँ — बेल्जियम दोस्रोपल्ट तेस्रो स्थानको प्लेअफ खेल्न गइरहेको छ । पछिल्लोपल्ट मेक्सिकोमा भएको सन् १९८६ को विश्वकपमा बेल्जियम फ्रान्ससँग अतिरिक्त समयमा ४–२ ले पराजित भएको थियो । इंग्ल्यान्ड पनि दोस्रोपल्ट रजत पदकको खेलमा खेलिरहेको छ । सन् १९९० मा आयोजक इटालीसँग २–१ ले पराजित हुँदै इंग्ल्यान्ड चौथो स्थानमा समेटिएको थियो ।

तेस्रो स्थान प्लेअफ

बेल्जियमले मंगलबार फ्रान्ससँग सेमिफाइनलमा पराजित हुँदा प्रतियोगितामा पहिलोपल्ट गोल गर्न सकेन । यसका बाबजुद कुल १४ गोलसहित बेल्जियम सर्वाधिक गोल गर्ने टोली हो । इंग्ल्यान्डका कप्तान ह्यारी केन धेरै गोल गर्ने खेलाडीको सूचीमा ६ गोलसहित शीर्षस्थानमा छन् । उनी विश्वकपको एकै संस्करणमा धेरै गोल गर्ने इंग्लिस खेलाडीको सूचीमा ग्यारी लिनेकरसँग बराबरीमा छन् ।

बेल्जियमले सुरुआती ५ खेलमा लगातार जित दर्ता गर्दै बेल्जियन इतिहासमा नयाँ कीर्तिमान कायम गर्‍यो । यसक्रममा बेल्जियमले इंग्ल्यान्डलाई पनि आफ्नो सिकार बनाएको थियो । विश्वकपमा बेल्जियमका लागि ९ फरक खेलाडीले गोल गरेका छन् । सन् १९८२ मा फ्रान्स र सन् २००६ मा इटालीका लागि १० फरक खेलाडीले गोल गरेका थिए ।

इंग्ल्यान्डले जारी प्रतियोगितामा गरेका १२ गोलमध्ये ९ गोल पेनाल्टीसहित सेटपिसबाट सम्भव भएको छ । विश्वकपमा इंग्ल्यान्डले सर्वाधिक गोल गर्ने नयाँ कीर्तिमान पनि कायम गर्‍यो । सन् १९६६ मा उपाधि जित्दा इंग्ल्यान्डले ११ गोल गरेको थियो ।

पछिल्ला भिडन्त
बेल्जियम र इंग्ल्यान्डले एकापसमा २२ पटक खेलेका छन् । दुई टोलीबीच पहिलो खेल ९७ वर्षअघि ब्रसेल्समा भएको थियो । उक्त खेलमा पाहुना टोली २–० ले विजयी रहयो ।

त्यसयता इंग्ल्यान्डले १४ खेल जितेको छ भने बेल्जियमले दोब्बर जित दर्ता गरेको छ । विश्वकपमा भने दुई टोलीबीच तीन पटक खेल भएको छ । सन् १९५४ मा भएको खेल ४–४ को बराबरीमा सकिएको थियो । सन् १९९० मा भने डेविड प्लाटले अतिरिक्त समयमा गरेको गोलसँगै इंग्ल्यान्ड २–१ ले विजयी रहेको थियो ।

बेल्जियमविरुद्ध इंग्ल्यान्ड
स्थान : सेन्ट पिटर्सबर्ग रंगशाला
क्षमता : ६८,१३४
कहिले : जुलाई १४, स्थानीय समय साँझ ५ बजे (नेपाली, १९:४५ बजे)

प्रकाशित : असार ३०, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?