किन टाउकोमा हात राख्छन् फुटबलर ?

न्युयोर्क टाइम्स

न्युयोर्क — फुटबल खेलमा गोल निकै कम अवसरमा हुन्छ । त्यसैले पनि गोल गरेपछि खुसी मनाउँदा खेलाडीहरू निकै उत्साही देखिन्छन् । कसैले गोल गरेपछि पहेँलो कार्ड खाने पक्का नै किन नहोस् जर्सी उतारेर खुसी प्रकट गर्छन् त कसैले घुँडा टेकेर मैदानमा चिप्लिन्छन् ।

अझै गोल अन्तिम समयतिर हुनुपर्छ, आफ्नै सहकर्मी साथीहरूले ती खेलाडीलाई थिचथाच पारेर मानव पर्खाल खडा गर्छन् ।

गोल गर्नेको खुसी त रमाइलो हुने भइहाल्यो । अवसर नपाउँदा गोल गर्न चुक्नेको भावभंगी ठीक विपरीत हुन्छ । जब गोल गर्न सक्दैन त धेरैले एकै प्रकारको हाउभाउ देखाउँछन्, हात उठाउँदै टाउकोमा राख्ने । विश्वभर पाएको अवसर चुकाउँदा गरिने संकेतका रूपमा यसले स्थान बनाएको छ । लाग्छ, खेलाडीले भनेका हुन्छन्, ‘त्यो कसरी चुकाउन पुगें ?’

यसपालिको विश्वकपका क्रममा पनि यस्ता दृश्य प्रशस्त देख्न पाइयो । दर्जनौं अवसरमा हरेक देशबाट खेल्ने हरेक पोजिसनका खेलाडीले यस्तो संकेत गरे । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीदेखि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोसम्म । फाइनल पुगेका फ्रान्स र क्रोएसिया नै किन नहोस्, ती टोलीका खेलाडीले पनि अवसर चुकाउँदा यस्तै प्रतिक्रिया दिन भ्याए । जीवविज्ञ र मनोविज्ञहरूका अनुसार यस्तो ‘पोज’ दिनुमा फुटबलसँग कुनै सम्बन्ध नभएर मनोविज्ञानसँग जोडिएको छ ।

ब्रिटिस कोलम्बिया विश्वविद्यालयकी मनोवैज्ञानिक प्राध्यापक जेसिका ट्रेसीका अनुसार यो प्रतिक्रियाले ‘मैले गल्ती गरेको छु’ भन्ने संकेत दिन्छ । उनका अनुसार यस स्थितिमा छँदा अन्य मानिसले ‘मैले गल्ती स्वीकारें र मलाई माफी देऊ । मलाई यो गल्तीका कारण दोषी नठहर्‍याउ’ भन्ने बुझ्छन् ।

यस्तो प्रतिक्रिया दिनेमा प्रहार गर्ने खेलाडी स्वयं मात्र संलग्न छैनन् । अहिलेसम्म नै विश्वकपमा सबैभन्दा धेरै हेरिएको गल्तीमा सन् २०१० मा नाइजेरियाका याकुबु आइएगबेनीको गल्ती हेर्नुपर्छ । याकुबुले पोस्टभन्दा १० फिटपरबाट खाली पोस्टमा गरेको प्रहार गोलमा परिणत हुन सकेन । उक्त प्रहारपछि याकुबु डेग चलेनन् तर उनका एक सहकर्मी र प्रशिक्षकले भने एकै समयमा उक्त संकेत प्रदर्शन गरे ।

सन् १९८१ मा जीवविज्ञ डेसमन्ड मोरिसले गरेको ‘द सकर ट्राइब’ नामक अध्ययनले १२ खेलाडीले देखाएको प्रतिक्रियाको विश्लेषण सामेल थियो । उनले त्यतिबेला यो प्रतिक्रिया आफूलाई आराम दिन गरिने बताएका थिए । उनका अनुसार कुनै गल्ती गरेपछि कसैले ठीक छ भन्ने विश्वास दिलाउन सहयोग गर्दियोस् भन्ने चाहना हुन्छ तर ठीक त्यहाँ अन्य कोही उपलब्ध नहुँदा आफैंले आफैंलाई टाउको हात राखेर चित्त बुझाउने गरेका हुन्छन् । मानवबाहेकका केही पशुमा पनि यो देखिन्छ ।

सन् २००८ मा ट्रेसीले आफ्नो समकक्षी डेविड माट्सुमोटोसँग मिलेर फरक अध्ययन गरिन् । त्यसबेला पारालिम्पिकमा जन्मजात दृष्टिविहिन खेलाडीमा गरेको अध्ययनले पनि यस्तो प्रतिक्रिया विश्वव्यापी र प्राकृतिक रुपमा बाहिर आउने बताए । ‘यदि हात टाउकोमा छ भने त्यो लाज हो,’ ट्रेसीले भनिन्, ‘शरीरको हलचल र खेलाडीको हातको स्थिति हेर्दा खेलाडीले आफूलाई सानो देखाउन खोजेको भान हुन्छ । यो नै लाज देखाउने प्रचलित हाउभाउ हो ।’

सन् २०१० मा नाइजेरियाका याकुबु मिस गरेपछि

खेलाडीले गल्ती गरेको स्वयं खेलाडीबाहेक अरुले राम्ररी बुझ्न सक्दैनन् । अमेरिकाको राष्ट्रिय टोलीबाट खेलेर हाल टेलिभिजन विश्लेषकको भूमिकामा देखिएका कोबी जोन्सका अनुसार खेलाडीले गल्ती गर्दा अपत्यारिलो र निकै लज्जास्पद भावना हुन्छ । ‘हामीले हरेक दिन र हरेक समय प्रशिक्षण गर्ने भनेकै बललाई गोलपोस्ट भित्र छिराउन हो,’ उनले भने, ‘अवसर जतिबेला पनि सामान्य हुन्छ । गल्ती गर्ने भन्ने विकल्प नै हुन्न ।’

यो संकेत विपक्षी गोलरक्षकले पक्काजस्तो देखिएको गोललाई उत्कृष्ट ढंगले बचाउँदा पनि देख्न सकिन्छ । यसको राम्रो उदाहरण सन् २००६ को विश्वकप फाइनलको अतिरिक्त समयको अन्तिम मिनेटमा देखियो । फ्रान्सका जिनेदिन जिदानको हेडर गोलपोस्टतर्फ जाँदा इटालीका जियानलुइजी बुफोनले औंलाको छेउले बललाई क्रसबार कटाइदिए । उक्त गोल भएको भए फ्रान्सको जित पक्का थियो । त्यसको नतिजास्वरुप जिदानले आफ्नो कपाल नभएको टाउकोमा हातले समाते ।

बल प्रहार गर्नेको गल्तीले होस् या गोलरक्षकले गरेको उत्कृष्ट बचाउ, असफल खेलाडीको प्रतिक्रिया त्यही नै हुन्छ । ‘तथ्यांक हेर्दा पनि सत्य त्यही देखिन्छ,’ बेलायती फुटबलका इतिहासकार डेविड गोल्डब्लाटले भनेका छन्, ‘खेलाडीले अवसर गुमाउँदा होस् या गोलरक्षकले विफल तुल्याउँदा होस् । जुन प्रक्रियाले तपाई त्यो स्थितिमा पुग्नुहुन्छ, त्यो यहाँ न त्यहाँको हुन्छ । ’

सन् १९६६ मा केल्टनरले एक अध्ययनमा मानिसले अकस्मात विष्फोट हुँदा देखाउने प्रतिक्रियाको विश्लेषण गरेको थियो । उक्त अध्ययनमा देखाएको प्रतिक्रिया र फुटबल खेलाडीको सानो गल्तीले गोल नगर्दाको प्रतिक्रिया समान देखिए । प्रारम्भिक प्रतिक्रियापछि हुने केही क्षण भने फरक हुन सक्छन् । खेलाडीले आफ्नो अनुहार हात वा जर्सीले छेक्न खोज्छन् । केहीले भने आकासतिर हेरेर आफ्नो भाग्यलाई गाली गरिरहेका भेटिन्छन् ।

‘जब खेलाडी आश्चर्यमा पर्छन् तब माथि हेर्छन्,’ गोल्डेन स्टेट वारियर्सको प्रशिक्षण टोलीसँग समय बिताएका केल्टनरले भने । उनले त्यस अनुभवबाट ‘खेलाडीले समर्थकभन्दा बढी महत्त्व बुझेका हुन्छन्’ भन्ने निष्कर्ष निकाले । बेला–बेलामा समर्थकले पनि खेलाडीसँगै यस्तो प्रतिक्रिया दिएको पाइन्छ । जर्मन खेलकुद विश्वविद्यालयका खेल मनोविज्ञ फिलिप फर्लीले पेनाल्टीको समयमा गरेको अध्ययनले पनि सोही प्रतिक्रिया देखाएको बताए ।

समर्थकबारे भने फर्लीले खेलाडीको व्यवहार र हाउभाउले उनीहरूलाई असर पर्ने हुनाले यस्तो प्रतिक्रियाले समर्थकले पनि खेलाडीको अवस्था बुझ्ने निष्कर्ष निकाले । कारण जे भए पनि यो प्रतिक्रियाको सम्भावना एकदम प्रबल रहन्छ । ‘यो कमेडियनले कुनै प्रहसनमा जोक भनेजस्तै हो,’ उनले थपे, ‘मानिसहरू चुटकला पूरा नहुँदै हाँस्न थाल्छन् । धेरै कमेडी यसरी नै चलेका हुन्छन् ।’

डेविड गेन्डेलम्यान
– न्युयोर्क टाइम्स

प्रकाशित : असार ३०, २०७५ ०७:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

च्याम्पियन्स लिग फाइनल: आश्चर्य र दुई गल्ती

न्युयोर्क टाइम्स

किभ, युक्रेन — विस्तृत कुरा समयमै नीरस हुन्छ । वास्तवमै सामन्य ‘लिजेन्ड’ बाट कसरी महान् भयो भन्ने वास्तवमै रियल म्याड्रिडले सम्झने छैन । विशेषत: इतिहासमा नाम कसरी पक्का भयो र फुटबलमा उत्कृष्ट क्लबका रूपमा स्थापित हुनुले खासै अर्थ राख्दैन ।

च्याम्पियन्स लिग ट्रफीसहित रियल म्याड्रिड टोली । तस्बिर : रोयटर्स

यी सबै कुरा आयक्स आम्सटर्डमका योहान क्रयुफ, बायर्न म्युनिखका फ्रान्ज बेकनबाउर र घोडाको जोडीजस्तै रियल म्याड्रिडसँग अल्फ्रेडो डि स्टेफानोमा गणना हुन्छ । लगातार तेस्रोपल्ट युरोपियन कप जितेको यो रियल म्याड्रिडको युगमा कहिल्यै नभएका त्यस्ता केही व्यवस्था भएको छ ।

एट्लेटिको म्याड्रिडविरुद्ध सन् २०१६ मा टाइब्रेकरमा जित हात पारेको रियलले २०१७ मा युभेन्ट्सलाई पराजित गरेको थियो । त्यसपछि जिनेदिन जिदानको टिमले लिभरपुललाई आइतबार ३–१ ले हराएको हो । तीनमा तीन । पाँच वर्षयता चौथोपल्ट । र, कुल १३ पल्ट । नजिककै, रहेर चुनौती दिएका बायर्न म्युानिखभन्दा लगभग दोब्बर । यी सबै रियलसँग केन्द्रित छन्, जुन स्वर्ण र रजतको तहका अरू कुनै क्लबसँग छैन, जित, ट्रफीको सौन्दर्यसँग मापन गरिन्छ ।

व्यवहार कसरी गरिन्छ भन्ने सधैं प्रमुख होइन । रियलले यो दौड, वर्षंैपिच्छे हुने परिवर्तन, संग्रहित सम्पत्तिमा बनेका सम्झना र त्यसमा नमिल्दो पटकथालाई मेटाइदिने आफ्नै खेलको कथा भन्ने गर्छ । तीनमध्येका गारेथ बेलले ‘ओभरहेड–किक’ मा गरेको दोस्रो गोलको व्याख्या गुरुत्वाकर्षणले गर्छ । फाइनलको सर्वोत्कृष्ट गोलप्रति सधैं बहस भइरहनेछ । यसका प्रशिक्षक जिदानले अहिलेसम्म ताज लाइरहेका छन्, जुन उनले २००२ को च्याम्पियन्स लिगमा भलीमार्फत गोल गरेका थिए ।


बेल स्वच्छजस्तै शान्त रहेनन्, न त सफा विशुद्धजस्तै तर जे भए पनि सनसनीपूर्ण भयो । स्वप्निलजस्तै । त्यो आँखाको दृश्य विश्वासै नलाग्न सक्छ । यो पहिलो र दोस्रो गोलमा भएका छिद्राजस्तो हुने छैन । ती दुई गोल फाइनलमा निर्णायक बनेका थिए । त्यसले फरक पारेको लिभरपुलले ती गोललाई कहिल्यै भुल्ने छैन ।

ती कमजोरीबाट उक्सिन नसकेका जर्मन गोलकिपर लोरिस कारियसलाई बढाइचढाइ गर्नु आवश्यक छैन । पराजित भएको लिभरपुललाई रियललाई जस्तो यसका सम्झनालाई छान्ने र तान्ने सुविधा पनि हुने छैन । तीन गोल टिमसँगै रहनेछ । समर्थक र क्लबलाई कहिलेकाहीं सम्झिइनेछ । कारियस भने दुई गोलको सिकार लामो समयसम्म हुनेछन् ।

दुवै गोलमा रियलले अग्रता लिएको थियो । कारियसले घुमाएर करिम बेन्जेमाको खुट्टामा बल दिएका थिए र भयानक गल्तीलाई हेरिरहे । लाइनमा झरेका थोपाजस्तै बन्यो । त्यसलाई रोक्न सकिने उनले सोचेको हुन सक्छ । केही मिनेटपछि नै साडियो मानेले बराबरी गरे । दोस्रोबाट भने उक्सिन सकेन । बेलले लामो दूरीबाट प्रहार गरेको बलले रियललाई ३–१ को अग्रता दिलायो, जुन कारियसले आशा गरेका थिएनन् । त्यसले लिभरपुलको ब्युँतिने आशामा तुषारापात गरेको थियो ।


अन्तिम मिनेटसम्म पनि कारियस पीडित देखिएका थिए । गोलको खोजी गरिरहेका क्रिस्टियानो रोनाल्डो वरिपरि नै थिए । अन्त्यमा कारियस मैदानमा खराब दरिए । उनको टाउको निहुरियो र उठाउनै नसक्नेजस्ता देखिए । उनका लिभरपुलका सहकर्मी आफ्नै पीडामा थिए । उनलाई तत्कालै प्रतिक्रिया दिएनन् । उनलाई रियलका सब्स्टिच्युटद्वय नाचो मोन्रियल र मार्को एसेन्सियोले पहिला सान्त्वना दिएका थिए । उनी आफ्नै खुट्टामा उभिएपछि परिचितको अँगालोमा परे र कानमा साथीहरूको समर्थनका आवाज सुनेका थिए ।

त्यसको प्रभावबारे भन्नु अहिले नै चाँडो हुन्छ । कारियसमा आँसु देखिन्थ्यो । अनुहार सुन्निएजस्तो । आँखा राता । निराशपूर्वक दयालु तरिकाले माफी माग्दै उनले लिभरपुलका समर्थकप्रति हीनताबोध देखाइरहेका थिए । लिभरपुलले यो फाइनललाई सम्झिने त्यही हो–आँसु । यर्गेन क्लोप र उनका खेलाडीको समय र उनीहरूको तहगत उपलब्धिले त्यसलाई छायामा पार्ने छैन । यो यात्राको स्थगन बुझ्नुपर्छ, सडकको अन्त्य भने होइन । तर कारियसलाई पीडा र पश्चाताप हुनेछ । र, सिजनभरि चम्किएर पनि अन्त्यमा अँध्यारोमा परेका मोहमद सलाहका लागि पनि ।

रियलका मिडफिल्डर टोनी क्रुजले क्लोपको ‘अन्डरडग’ टिमलाई जनावरजस्तै भएको चेतावनी दिएका थिए र पहिलो हाफमा त्यस्तै भयो पनि । रियल प्वाल पारिएको कपडाजस्तै देखिएको थियो । त्यसपछि सलाहलाई सर्जियो रामोसले नचाइदिए । टिम सलाहको वरिपरि अघि बढेको थियो । उनलाई रामोसले पाखुराले समातेर मैदानमा ढालिदिए । त्यसमा फाउल पनि दिइएन । उनको उपचार पनि गरियो । निरन्तर खेल्ने प्रयास पनि गरे तर सकेनन् । दुई मिनेटपछि उनले मैदान छाडे । यसरी उनको खेलको अन्त्य भयो । रुँदै मैदान छाडेका उनी इजिप्टका लागि विश्वकपमा तयार हुने पनि निश्चित छैन ।


सलाह बाहिरिएसँगै खेलले अर्कै मोड लियो । लिभरपुलको आफैंमाथिको विश्वास कमजोर भयो, देखिने मात्रै । डर पैदा गर्ने एक खेलाडीको अनुपस्थितिले रियललाई बलियो बनाइदियो । क्रुज र ल्युका मोडरिच छायामै रहे पनि त्यसलाई लिभरपुलले उपयोग गर्न सकेको थिएन । सुरुका तीस मिनेटको खेल हेर्दा विपक्षीको खेलाडीले चोट बोकेपछि रियलले इतिहास बनाउँछ भनेर कसैले पनि सुझाव दिने थिएन ।

एक खेलाडीको अनुपस्थिति, त्यसपछि देखिएको गोलकिपरको जस्तै कमजोरी युरोपमा बेग्लै पहिचान नै बन्यो । रियल सही तरिकाले उपलब्धिप्रति केन्द्रित मात्र थिएन, उसले तीन ट्रफी मात्र जितेन, समय र युगको परिभाषा पनि गरिदियो । अहिले मैदानमै रहे पनि खुसियाली मनाउँदा बीचमा रहेका बेल र रोनाल्डोको सुखद अन्त्य पनि हुन सक्छ । उनीहरूले ‘समर ट्रान्सफर’ मा अर्कै भूमि चाहन सक्छन् । तर त्यसले अर्थ फरक पार्दैन किनभने खेलाडी आउने–जाने हुन्छ । परिपक्व रोनाल्डो पनि त्यसमा एक तत्त्व हुन् । आँसु सुक्खा भएजस्तै त्यो फिक्का पनि हुन्छ । जित, ट्रफी, सौन्दर्य, इतिहासमा स्थानमात्र सहने गरिन्छ, जुन रियलसँग छ । रियलले सधैं चाहने पनि यही हो ।

रोरी स्मिथ

–न्युयोर्क टाइम्स

प्रकाशित : जेष्ठ १४, २०७५ ०७:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT