कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘यो विश्वकप उत्कृष्ट’

रोयटर्स

मस्को — फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रुसमा जारी विश्वकप हालसम्मकै सबैभन्दा उत्कृष्ट विश्वकप भएको बताएका छन् । उनले यस प्रतियोगिताले विश्वको नजरमा रुसप्रतिको धारणा पनि परिवर्तन गरेको उनले बताए ।

‘यो विश्वकप उत्कृष्ट’

शुक्रबार स्वयंसेवकको रातो पोसाकमा देखिएका इन्फान्टिनोले प्रतियोगिताको इतिहासमै पहिलोपल्ट प्रयोग गरिएको भिडियो असिस्टेन्ट रेफ्री (भार) को प्रशंसा गरे । उनले अफसाइड गोललाई लिएर हुने विवाद नयाँ प्रविधिको प्रवेशले अन्त्य गरेको बताए ।

‘दुई वर्षदेखि मैले यो उत्कृष्ट विश्वकप हुन्छ भन्दै आएको थिएँ । अब म दाबी गरेर यो
उत्कृष्ट थियो भन्न सक्छु,’ उनले भने, ‘यस प्रतियोगिताले रुसलाई पनि बदलेको छ । रुस अब फुटबलको देश भएको छ । प्रतियोगिता अवधिभर ९८ प्रतिशत रंगशाला भरिएको थियो । लाखौंको संख्यामा विदेशी पाहुना यहाँ आएर गए ।

रुसलाई हेर्ने नजर पक्कै परिवर्तन भएको छ ।’इन्फान्टिनो कतारमा हुने विश्वकपबारे गरेको प्रश्नलाई लिएर भने केही बोल्न चाहेनन् । केही दिनयता कतारमा हुने विश्वकपमा पनि ४८ टोली समावेश हुने हल्ला चलेको छ । ‘हामी पहिला कतार अनि फिफा काउन्सिल र सम्बन्धित पक्षसँग छलफल गर्नेछौं । यस विषयमा संयमित भएर निर्णय लिनु आवश्यक छ,’ उनले थपे, ‘हाललाई विश्वकपमा ३२ टोलीकै सहभागिता रहनेछ ।’

प्रकाशित : असार ३१, २०७५ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?