कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बेल्जियमको उत्कृष्ट नतिजा

रोयटर्स

सेन्ट पिटर्सबर्ग — बेल्जियमले शनिबार इंग्ल्यान्डलाई २–० ले पराजित गरी विश्वकपमा तेस्रो स्थान हात पारेको छ । विश्व फुटबलमा बेल्जियमको यो अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गारेथ साउथगेटको इंग्लिस टोली लगातार दोस्रो पराजय बेहोर्दै घर फर्किन लागेको हो ।

बेल्जियमको उत्कृष्ट नतिजा

गारेथ साउथगेटको इंग्लिस टोली लगातार दोस्रो पराजय बेहोर्दै घर फर्किन लागेको हो ।

चौथो मिनेटमा थोमस मुनियर र ८२ औं मिनेटमा इडेन हाजार्डले गरेको गोलमा बेल्जियमले तेस्रो स्थानको प्लेअफ खेलमा विजय हात पारेको हो । सन् १९८६ मा यसअघि एकपल्ट मात्र विश्वकपमा सेमिफाइनल पुग्दा बेल्जियम चौथो भएको थियो ।

इंग्ल्यान्ड दोस्रो हाफमा लयमा देखिए पनि कप्तान ह्यारी केन थकित देखिन्थे । खेलको
अन्त्यतिर बेल्जियमको चुस्तता अझ महत्त्वपूर्ण रह्यो । मुनियरको गोल रोमेलु लकाकुले देव्रे छेउमा दिएको बलमा नासेर चाड्लीले गरेको क्रसपछि सम्भव भयो, जसलाई इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफर्डले बचाउने कमै मौका थियो । उक्त गोल बेल्जियमका १० फरक खेलाडीले यस विश्वकपमा गरेको गोल थियो । १९८२ मा फ्रान्स र २००६ मा इटालीका १०–१० खेलाडीले विश्वकपमा गोल गरेका थिए ।

सेमिफाइनलमा पराजित भएपछि इंग्ल्यान्डले ५ र क्रोएसियाले २ खेलाडीले परिवर्तन गरेका थिए । निलम्बन कटाएका मुनियर र युरी टिलेमान्सलाई बेल्जियमले पहिलो रोजाइमा राखेको थियो । मारोउने फेलानीलाई मिडफिल्डमा नराखे पनि बेल्जियमले अगाडि केभिन डी ब्रुयन, लुकाकु र हाजार्डलाई खेलाएका थियो ।

प्रतियोगितामा सर्वाधिक ६ गोल गरेका केनले पनि इंग्ल्यान्डलाई बराबरीमा ल्याउने अवसर पाएका थिए । तर २४ औं मिनेटमा रहिम स्टर्लिङले दिएको पासमा केनको प्रहार बाहिर गएको थियो । साउथगेटले दोस्रो हाफमा स्टर्लिङको सथानमा मार्कस रसफोर्ड र डेनी रोसको स्थानमा जेसी लिङगार्ड ल्याएपछि इंग्ल्यान्डको खेलमा केही सुधार आयो ।

इरिक डायरले बेल्जियमको किपर थिबाउट कोर्टियसलाई बिट गर्दै गरेको चिपलाई टोबी एल्डरवेरल्डले गोललाइनबाट बचाएपछि इंग्ल्यान्डले खेल बराबरीमा ल्याउन सकेन । अन्तमा हाजार्डले काउन्टर एटयाकमा दोस्रो गोल गरेर बेल्जियमको जित निश्चित गरे ।

प्रकाशित : असार ३१, २०७५ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?