एक हार नै पर्याप्त

काठमाडौँ — इंग्ल्यान्डलाई २–० ले पराजित गरी बेल्जियमले विश्वकपमा तेस्रो स्थान हात पारेको छ । रुसमा जारी प्रतियोगितामा बेल्जियमको यो छैटौं जित थियो ।

एक हार नै पर्याप्त

६ खेलमा पनि जित हात पारेर विश्वकप उपाधि उचाल्न नसक्ने बेल्जियम केबल चौथो टोली बन्यो । सन् १९७४ मा पोल्यान्डले विश्वकपमा सबैभन्दा पहिला यो तथ्य छोएको थियो ।

त्यसपछि १९९० मा इटाली र २०१० मा नेदरल्यान्ड्सले पनि ६ खेल जित्दा पनि विश्वकपको ट्रफी उठाउन सकेका थिएनन् । इटाली १९९० मा सेमिफाइनलमा अर्जेन्टिनासँग र नेदरल्यान्ड्स २०१० मा स्पेनसँग फाइनलमा मात्र पराजित भएका थिए ।

प्रकाशित : असार ३१, २०७५ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?