कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मोड्रिचलाई गोल्डेन बल, कोर्टुवा र एम्बाप्पे पनि उत्कृष्ट 

एजेन्सी

मस्को — क्रोएसियाका कप्तान लुका मोड्रिचले विश्वकपको गोल्डेन बल जित्दा बेल्जियमका गोलरक्षक थिबाउ कोर्टुवा गोल्डेन ग्लोभ्स र फ्रान्सका किलियन एम्बाप्पे उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

मोड्रिचलाई गोल्डेन बल, कोर्टुवा र एम्बाप्पे पनि उत्कृष्ट 

मोड्रिचले फाइनल खेलमा पराजित हुनुका बाबजुद पनि विश्वकपको उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल उपाधि जितेका हुन् । क्रोएसियाले खेलेका ७ मध्ये तीन खेलमा म्यान अफ द म्याच घोषित भएका मोड्रिचले फ्रान्सविरुद्ध भने टोलीलाई जित दिलाउन सकेनन् । बेल्जियमका कप्तान इडेन हाजार्ड उत्कृष्ट खेलाडीको सुचीमा दोस्रो स्थान हासिल गर्दै सिल्भर बल प्राप्त गरे । तेस्रो स्थान भने फ्रान्सका एन्टोइन ग्रिज्मनले ओगटे ।



यसैगरी बेल्जियमलाई तेस्रो स्थान दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका गोलरक्षक कोर्टुवाले गोल्डेन ग्लोभ्सको उपाधि जिते । विशेषत: उनले क्वाटरफाइनलमा ब्राजिलविरुद्ध गरेको प्रदर्शन जारी विश्वकपकै उत्कृष्टमध्ये एक थियो ।


विश्वकप अवधिमा ४ गोल गर्दै एम्बाप्पेले युवा खेलाडीको उपाधि जिते । फ्रान्सलाई उपाधि दिलाउने क्रममा फाइनल खेलमा पनि गोल गरेका उनले आफ्नो तीव्र गतिको फाइदा उठाउँदै विपक्षी डिफेन्सलाई कठिन समय दिएका थिए ।



प्रतियोगिताको फेयर प्ले टिमको उपाधि स्पेनले पायो । स्पेन रुससँग अन्तिम १६ मा टाइब्रेकरमा पराजित हुँदै घर फर्केको थियो ।

प्रकाशित : असार ३२, २०७५ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?