२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

शल्यक्रियापछि रगत कम चढाउनु राम्रो

काठमाडौ — शल्यक्रियापछि कम मात्रामा रगत चढाउनु बिरामीका लागि राम्रो हुन्छ। एउटा पछिल्लो अध्ययनमा यस्तै दाबी गरिएको छ, जुन 'लान्सेट' जर्नलमा प्रकाशित छ।


यो तथ्य पत्ता लगाउन अनुसन्धाताहरूले चार वर्षको अवधिमा २ हजार १६ बिरामी माथि अध्ययन गरेका थिए। रगटर्स विश्वविद्यालयका विज्ञहरूले गरेको यो अध्ययन अनुसार, मुटु रोगले पीडित बिरामीलाई कम मात्रामा रगत चढाउँदा त्यसको परिणाम राम्रो आएको थियो। त्यस्ता बिरामीमध्ये जसलाई बढी रगत चढाइएको थियो, उनीहरूको दाँजोमा कम मात्रामा रगत चढाइएको समूहका बिरामीहरू बढी स्वस्थ थिए। कम रगत चढाइएका बिरामीहरूमा पछि न कुनै दुष्प्रभाव देखियो न त तिनलाई कुनै समस्या नै आयो।

प्रकाशित : पुस १२, २०७१ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?