३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्राप्तांक कम आए पोषक खाना

काठमाडौ — जतिसुकै मिहिनेत गर्दा पनि सन्तानले गणितमा राम्रो अंक ल्याउन सकेका छैनन्? त्यसो भए तिनको खानपानमा विचार पुर्‍याउनुस्।

प्राप्तांक कम आए पोषक खाना

'क्लिनिकल पेडियाटि्रक्स' जर्नलमा प्रकाशित एउटा अनुसन्धानमा दाबी गरिए अनुसार, बालबालिकाहरू फास्टफुड बढी खान्छन् भने उनीहरू पढाइमा कमजोर हुन्छन्। यस्ता बालबालिका मुख्य रूपमा विज्ञान र गणित जस्ता विषयमा निकै कमजोर हुने गरेका छन्। यो अध्ययन १० वर्षभन्दा मुनिका ८ हजार पाँच सय बालबालिकामाथि तीन वर्षसम्म गरिएको थियो।
अध्ययन अनुसार, बालबालिकाको खानपान शैलीले उनीहरूको मानसिक क्षमता प्रभावित हुन्छ। बढी फास्टफुड खाने बालबालिकाहरू मोटोपनको सिकार हुन्छन्। अनि उनीहरूको मानसिक क्षमतासमेत प्रभावित हुन्छ।

प्रकाशित : पुस १२, २०७१ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?