हैजा उपचारमा चामल

काठमाडौ — हैजाको पुनर्जलीय उपचार अन्तर्गत पानीको सट्टा चामलको धुलो उपयोग गरे जीवाणुको विषाक्तता ७५ प्रतिशतसम्म कम गर्न सकिन्छ। यो अनुसन्धान 'प्लोस नेग्लेक्टेड ट्रपिकल डिजिज' मा प्रकाशित भएको हो।


उसो त, हालसम्म हैजाका रोगीको उपचार मुख्य रूपले मौखिक पुनर्जलीय चिकित्साद्वारा गरिन्छ। यस अन्तर्गत रोगीलाई पानीमा ग्लुकोज र नुन मिलाएर खुवाइन्छ। तर यो चिकित्साले रोगको लागि जिम्मेवार जीवाणुको विषाक्तता बढाउन सक्छ।
अनुसन्धान अनुसार, संक्रमण उत्पन्न गर्ने जीवाणुहरूले समेत ग्लुकोजको उपयोग गर्छन्, जसले गर्दा तिनमा विषाक्तता बढ्दै जान्छ। ग्लुकोज प्राप्त भएपछि जीवाणुको विकास अझ तीव्र गतिले हुन्छ।
यसको सट्टा बिरामीलाई भातको माड खुवाउने गरे जीवाणुको वृद्धि हुन पाउँदैन र हैजा चाँडै नियन्त्रणमा आउँछ।

प्रकाशित : पुस १२, २०७१ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?