१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

महिलाको अनुहारमा किन पलाउँछ अनावश्यक रौं ?

काठमाडौं — अनिच्छित रौं (अनवान्टेड हेयर) पलाउने समस्या महिला वा युवतीमा मात्रै हुँदैन । यसबाट युवकहरु पनि पीडित भएको पाइन्छ । कतिपय महिला तथा किशोरीको अनुहारमा जुगाँको रेखा प्रष्टै देखिन्छ । यी रौं पुरुषको दाह्रि-जुगाँ जस्तो लामो नभएपनि महिलाको अनुहारमा यसरी अनावश्यक रौं पलाउनु अप्राक्रृतिक तथा अस्वभाविक देखिन्छ ।

महिलाको अनुहारमा किन पलाउँछ अनावश्यक रौं ?

अनिच्छित रौं (अनवान्टेड हेयर) पलाउने समस्या महिला वा युवतीमा मात्रै हुँदैन । यसबाट युवकहरु पनि पीडित भएको पाइन्छ ।

कतिपय महिला तथा किशोरीको अनुहारमा जुगाँको रेखा प्रष्टै देखिन्छ । यी रौं पुरुषको दाह्रि-जुगाँ जस्तो लामो नभएपनि महिलाको अनुहारमा यसरी अनावश्यक रौं पलाउनु अप्राक्रृतिक तथा अस्वभाविक देखिन्छ ।

धैरैजसो महिलाको शरीरमा असामान्य ठाँउहरुमा जस्तै अनुहारमा दाह्रि-जुँगा देखिनु, स्थनको निप्पल वरिपरी रौं पलाउनु, हातखुट्टामा अनावश्यक भुत्ला देखिनु । यस समस्याबाट पीडित महिला, युवतीहरु शारीरिक एवं मानसिक तथा सामाजिक रुपले पनि पीडित भइरहेका हुन्छन् ।

यसरी महिलाको अनुहारमा पुरुषको जस्तो दाह्रि-जुँगा (रौं) पलाउनुलाई चिकित्सकीय भाषामा (हर्सुटिज्म) भनिन्छ । यस किसिमको समस्याबाट प्राय: एसियाली र अफ्रिकी मुलुकका महिला एवं युवतीहरु बढी पीडित भएको देखिन्छन् ।

कारण-
१. महिलाको शरीरमा पुरुष हार्मोन्स– एन्ड्रजन बढी भयो भने यस्तो समस्या देखिन्छ । यो हार्मोनले ओठ लगायत महिलाको शरीर भरी नै असमान्य ठाऊँहरुमा अनावश्यक रौं पलाउँछ ।

२. वंशानुगत कारणले पनि अनावश्यक रुपमा रौं पलाउन गर्छ । यदि कसैको परिवारकमा यस किसिमको समस्या देखिएको थियो वा देखीन्छ भने त्यस परिवारका महिलामा बढिमात्रामा रौं पलाउने समस्या बढि नै दैखिन्छ ।

३. कुनै निश्चित औषधि (उपचार) लामोसमयसम्म प्रयोगको असरले पनि यो समस्या देखिन सक्छ ।

४. यस्तै महिलाहरुमा देखिने पोलिसाईटीक ओभरी सिन्ड्रोम (पिओएस) रोगको कारणले गर्दा पनि अनुहारमा रौं पलाउने गर्दछ ।

५. प्रसुति एवं स्त्रीरोगका कारण लामो समय अत्यधिक मात्रामा हार्मोन युक्त औषधि सेवन गरेपनि यो समस्या देखिन्छ । किनभने अचेल अधिकांश महिला तथा युवतीहरुमा अनियमित मासिक धर्मको समस्या देखिन थालेको छ ।

अनावश्यक रौं हटाउने घरेलु उपायहरु-
एक चिया चम्चा दूधमा एक चम्चा बेसारलाई मिसाएर पेस्ट बनाउने र त्यसलाई रौं आएको ठाउँमा बिस्तारै-बिस्तारै दलेर आधी घन्टा जति छोड्दिने । त्यसपछि चिसो पानीले पखाल्ने । यसो गर्नाले लामो समय त्यस ठाउँमा रौं पलाउँदैन ।

यस्तै दुई चम्चा पानी र दुई चम्चा बेसार मिसाएर बनाएको पेस्टलाई बिस्तारै दल्नुपर्छ । करीब आधा घन्टा पछि बिस्तारै चिसो पानीले पखाल्नुपर्छ । यसबाट पनि राम्रो परिणाम देखिन्छ ।

अन्डाको सेतो भाग पनि दलेर अनावश्क रौंलाई हटाउन सकिन्छ । यसको लागि एक चम्चा अन्डाको सेतो भाग, एक चम्चा चिनी र एक चम्चा शुध्द गहूँको पिठो मिसाएर बनाएको पेस्टलाई लगाएर करीब आधा घन्टा छोड्दिने । त्यसपछि उक्काउने । यसो गर्नाले पनि लामो समयसम्म उक्त ठाउँमा रौं आउँदैन ।

होमियोप्याथिक उपचार-
होमियोप्याथिक चिकित्सामा कुनैपनि बिरामीको उपचार उसको मानसिक एवं शारीरिक लक्षणका साथै पारिवारिक इतिहास, रोगको कारण तथा रोगीको प्रकृतिलाई समेत ध्यानमा राखेर सबै लक्षणको आधारमा रोगीको उपचार गर्ने प्रावधान छ ।

अनिच्छित रौं पलाउने (हर्सुटिज्म) समस्याको उपचारको लागी सफलता पूर्वक प्रयोग हुने केहि होमियोप्याथिक औषधिहरु यसप्रकार छन् । औषधिहरु : थूजा अक्सिडेन्टल, ओलियम जेक, ईगनेशिया, पल्साटीला, सिपिया, स्ट्रामोनियम आदि । यसबाहेक पनि रोगिको अवस्था हेरिकन अन्य होमियोप्याथिक औषधिहरु पनि लक्षण अनुसार दिन सकिन्छ ।

उपरोक्त औषधिहरुको प्रयोग आफ्नो नजिकको कुनै योग्य तथा अनुभवी चिकित्सकसँग सल्लाह गरी प्रयोग गर्नु उचित हुन्छ ।

प्रकाशित : पुस १२, २०७३ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?