कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

होमियोप्याथी उपचारबाट खेलाडीहरुले लिन सक्ने फाइदाहरु

काठमाडौं — आधुनिक सभ्यताको दौड जसरी तिव्रगतिले बढिरहेको छ, मानिस स्वयम् आफ्नो लागि पनि समय निकाल्न सकिरहेको छैन । कसै-कसैले त खान र सुत्न पनि फुर्सद पाउँदैनन् । कसै कसैलाई समय बिताउन पनि मुश्किल पर्दछ । यि दुबै अवस्था मानिसको मानसिक तनावका कारण बन्न सक्छन् । मानसिक तनाव कम गर्ने एक मात्र उपाय हो व्यायाम तथा खेलकुद । धैरेजसो खेलाडीहरु आम मानिस सरह कुनै सरकारी या गैरसरकारी कार्यालयमा नोकरी गर्दछन् ।

होमियोप्याथी उपचारबाट खेलाडीहरुले लिन सक्ने फाइदाहरु

अफिसमा कहिलेकाही वरिष्ठअधिकारी या कार्यालय प्रमुखबाट गल्ति भएमा या बिना कसुरमा आफ्ना मातहतका कर्मचारीलाई हकारी दिन्छन। जसले गर्दा न्युटनको तेस्रो नियमका अनुसार क्रियाको प्रतिकृया हुन स्वभाविक हुन्छ। केहि खेलाडीहरु त त्यसे बेला आफ्नाअधिकारीलाई मुखभरि जवाफ तुरन्तै दिई हाल्छन अथवा जागिरबाट तुरन्तै राजिनामा गरेर हिसाव–किताब बराबर गरि हाल्छन् । कोही खेलाडीले भने सम्मान अथवा वरिष्ठताको दृष्टिले त्यसबेला हाकिमको सामुन्नै केही बोल्दैनन्, भित्रै-भित्रै कुन्ठित भईरहन्छन् ।

यस्ता खेलाडीहरुमा केही समय पश्चात मानसिक एवं शारिरीक रोगको चपेटामा पर्न जान्छन् । जस्तै;- निन्द्रान लाग्ने, पेटदुख्ने, रीस उठ्ने, झर्किने स्वभाव जस्ता रोगहरुबाट पीडित हुन थाल्छन् । यस्ता खेलाडीले – स्टेफसिग्रिया, कोलोसिन्थ, ब्रायोनिया, कस्टिकम, नामक होमियोप्याथिक औषधीहरु लक्षण अनुसार प्रयोग गरि आफ्नो मानसिक परेसानीलाई हटाई शरिरलाई अस्वस्थ हुनबाट बचाउन सक्छन् । यस्तै- केही खेलाडीहरु आफ्नो अधिकारी, टिमको कप्तान, टिम मेनेजर तथा छनौटकर्ताहरुबाट दिक्कदार भएर चिडचिड स्वभावको भइ हाल्छन र डिप्रेशनको अवस्थामा पुग्छन् । खेलाडीको खेलमा यसको नराम्रो असर पर्दछ। जसले गर्दा खेल्ने बेलामा खेलाडीले खेलमा आफ्नोध्यान केन्द्रित गर्न सक्दैनन् । यसैकारण टिममा उसको पुन:छनोट हुन गाह्रो हुन्छ । यस्तो अवस्थामा खेलाडीको मनोदशा विक्षिप्त भए जस्तो हुन जान्छ । उसले 'जीवनमा अब केही बाँकी छैन' भन्ने जस्ता बिचार आउन थाल्छन् । जसले गर्दा कहिलेकाही उसमा आत्महत्या गर्ने विचार पनि आउन सक्छ । यस्तो अवस्थामा- आर्जेन्टमनाईट्रिकम ,पल्साटिला, ईग्नेशिया, नेट्रम-म्युर, एसिडफास, सिपिया आदि जस्ता होमियोप्याथिक औषधी वहुतै उपयोगि सावित भएका छन् ।

मानवको स्वभाव अनुसार कहिले काही खेलाडीहरुमा पनि एक–अर्कादेखि ईर्ष्या, द्वेष आदि जस्ता मनोविकार उत्पन्न हुन जान्छ । जसले गर्दा उसले आफ्नो वरिष्ठ अथवा जुनियर खेलाडी साथीहरुको खेलको स्तरलाई गिराउने प्रयास गर्न थाल्छ । यसबाट खेलाडीलाई व्यक्तिगत रुपले नोक्सान त हुन्छ नै साथै मुलुकको टिमको पनि ठुलो क्षति हुन्छ। यस्तो मनोदशा भएका खेलाडीले- एपिस मेलिफिका, नेट्रम-म्युर, लेकेसिस, पल्साटिला, हायोसायमस ईत्यादि होमियोप्याथिक औषधीको लक्षण अनुसार सेवन गरेर आफ्नो मानसिक सन्तुलनलाई ठिक पारेर अरु खलाडीहरुको मनमा आफ्नो लागि सहानुभूतिको भावना उत्पन्न गराउन सक्छन् ।

आम मानिससरह मौसम, खानपान, प्रदुषण एवं संक्रामक रोगपनि खेलाडीहरुको लागि कहिलेकाही चिन्ताको कारण बन्दछ । जसले गर्दा खेलाडीहरुको नियमित खेलको अभ्यासमा असर पर्छ । यस अवस्थामा होमियोप्याथिक औषधीको चमत्कारि प्रभाव छ । जस्तै: दिउसोगर्मि तथा राति ठण्डी या अभ्यासको क्रममा खेलाडी पसिनाले निथ्रुक भिजेको हुन्छ। पसिना आएको बेला पानी पिउँछन् । यसरी गर्मी ठण्डी जुद्नले टाउको दुख्ने, रुघाखोकी लाग्ने, ज्वरो आउने इत्यादिबाट बच्नको लागि डलकामारा नामक होमियोप्याथिक औषधीले उपरोक्त कष्टहरुलाई तुरन्तै ठिक गर्दछ ।

यसरी नै बर्षातको मौसममा पानीमा भिज्नले उत्पन्न हुने शारिरीक कष्टमा -नेट्रम-सल्फ, रसटक्स, डलकामारा औषधी उपयोगी रहन्छ । कहिलेकाही खेलाडीहरुले खेल जितेको खुशीमा या अन्य कारणले पार्टी, पिकनिकमा बढिमात्रामा गरिष्ठ भोजन खानाले पेटभारी हुनजान्छ। त्यस बेला- पल्साटिला नामक होमियोप्याथिक औषधिको एक मात्राले पेटको भारीपनलाई हटाई आराम पुर्याउदछ । जब लगातार खेल चलिरहेको हुन्छ। त्यसपछि खेलाडीहरुलाई लगतै एकपछि अर्को खेल खेल्नु पर्ने हुन्छ, जसले गर्दा खेलाडी धेरै थाकेको हुन्छ। थाकेको कारणले गर्दा उसले ख्लमा चाहेर पनि आफ्नो स्तरको खेल प्रदर्शन गर्न सक्दैन । यस कारण कहिलेकाही टिमबाट खेलाडीलाई (आउट) निष्काशन गरिने अवस्था पनि आउँदछ । यस किसिमको थकानबाट बच्न एवं उपचारको लागि- आर्निका एवं बेल्लिसपेरेनिस नामक औषधीको प्रयोगले खेलाडी आफुलाई खेलका लागि पुनःताजा राख्न सक्छ।

कहिलेकाही खेलाडीहरुलाई आफु भन्दा बलियो टीमसंग खेल्ने वा ओलम्पिक आदि ठूलो प्रतियोगितामा भाग लिन जाने बेलामा खेलाडी नर्भस हुन जान्छन् । जसले गर्दा उसलाई डायरिया या तुरन्तै-तुरन्तै पिशाब लाग्ने, हातखुट्टा काम्नु जस्ता शिकायत देखापर्न थाल्छ । यस प्रकारको एन्टिसिपेटरी फेयर अर्थात प्रत्याशितपूर्ण डरको लागि- आर्जेन्टमनाईट्रिकम या जेल्सिमियम-३० शक्तिको १२ मात्राको सेवन गर्नाले पूर्वकल्पित भयको अवस्था हटन गई ऊपरोक्त शारिरीक कष्टहरु ठिक हुन जान्छ । ब्लायती महारानी एलिजावेथको निजी होमियोप्याथिक चिकित्सक डा. मारगेरि जि. ब्लेकीले आफ्नो प्रसिद्ध पुस्तक "दि पेसेन्ट नाट दि क्युअर" मा एक ठाउँमा लेखेका छन्, 'व्रिटेनमा कैयौं खेलाडी र एथलेट प्रतिस्पर्धाका लागि मैदानमा जानुभन्दा अगाडि नै आर्निका-१००० शक्तिको एक मात्रा खाने गर्दछन् । जसले गर्दा खेल खेलि सके पश्चात पनि खेलाडी शारिरीक थकानबाट हुने मान्सपेशीहरु खुम्चिने वा काडा हुने जस्ता शारिरीक कष्टबाट बच्दछन् । विविधताले भरिएका मनोरन्जनपूर्ण खेलहरु जस्तै: क्रिकेट, फुटबल, हकी, दौड, व्याडमिन्टन, भलिबल, लंग टेनिस, कब्बडी, कुश्तीआदि जस्ता खेलहरुमा खेलाडीलाई खेलमा चोटपटक लाग्नु सामान्य प्रकृया हो । जसबाट प्रत्येक खेलाडीले आफ्नो खेल जीवनमा एकपल्ट गुज्रिनै पर्दछ । चोट अनेक प्रकारको हुन्छ। जस्तै-मर्किने, हड्डी भाँचिने अथवा हड्डी आफ्नो ठाउँबाट खस्किनु, नस माथि नस चढनु आदि । यस अवस्थामा- मर्किनु (मोच) मा रुटा, वगेर घाउको चोटमा आर्निका तथा वेलिसपेरिस आधुनिक युगको एनालजेसिक औषधी भन्दा पनि छिटो असर गर्दछ। यसको प्रयोगबाट कुनै साईडईफेक्ट हुँदैन। यसै प्रकार टिटानस (धनुष्टकार) रोक्नको लागि – लिडमपाल, हाईपेरिकम नामक औषधि आधुनिक एटिएसको समान सक्षम छ ।

छाला तासिनु या घाउ हुनुमा मेरिगोल्ड (सयपत्री) को फुलबाट बनेको होमियोप्याथिक मलहम केलेन्डुला बाहिरी रुपमा लगाउनले र यसबाट बनेको औषधिको आन्तरिक सेवनले पनि जस्तोसुकै घाउलाई एन्टिबायटिक औषधीभन्दा पनि चाडै नै ठिक गर्दछ । मान्सपेशी (मसल्स) हरुको दुखाईमा- रसटक्स बेजोड औषधी हो । स्पाज्म अर्थात नस माथि नस चढ्नाले हुने शारिरीक कष्टको लागि - मेगनेशियाफास, कोलोसिन्थ एवम कुप्रम मेटालिकम जसको प्रयोगले ऐठन (स्पाज्म) ठिक हुनुको साथै प्रिवेन्सन (वचाव) पनि हुन्छ। जहाँसम्म प्रश्न छ हड्डिभाँचिएमा होमियोप्याथी मा के गर्ने? यसको लागि त भाँचिएको हड्डिलाई आफ्नो सामान्य ठाऊँमा सेटगर्ने काम प्लाष्टरबाट नै हुन्छ। तर हड्डि मात्र प्लाष्टर गरिदिनाले जोडिंदैन। जोडिने कार्य त प्राकृतिक कारणहरुबाट शरिरमा क्याल्सियम बन्नले हुन्छ । क्याल्सियम बन्नमा करिब ६-देखि १२ सप्ताह को समय लाग्दछ । तर, प्लाष्टर गराएर होमियोप्याथिक औषधी- कल्केरियाफाँस या सिम्फाइटम को उपयोगले यो काम मात्र ३-देखि ६ सप्ताहमा नै हुन जान्छ। यति मात्र होइन यि औषधीहरुले जोर्नीलाई पनि बलियो बनाउछ । हुन त खेलकुद टिम का अधिकारीहरुबाट खेलाडीहरुको स्वास्थ्य परिक्षण एवं उपचारको लागि चिकित्सक को व्यवस्था पनि गरेको हुन्छ। तर पनि जहाँसम्म औषधी उपचारको प्रश्न छ यस सम्बन्धमा कुनैपनि चिकित्सा पद्धति आफैमा पूर्ण छैन। रोगीको धैरै जसो आवश्यकतालाई आज आधुनिक चिकित्साले पनि पुरा गर्न असफल रहेको पाइन्छ । यसमा होमियोप्याथी प्रकृतिको उपचारको सिद्धान्तमा आधारित एउटा हानिरहित सरल किफायति एवं प्रभावशाली चिकित्सा प्रणालि हो । यस चिकित्सा पद्धतिबाट पनि खेलाडीहरुलाई प्राकृतिक रुपले स्वस्थ्य वनाई खेलको मैदानमा पनि तन्दुरस्त राख्न सकिन्छ । अस्तु ।
[email protected]

प्रकाशित : पुस २६, २०७३ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?