सामान्य प्रसव गराउन होमियोप्याथी उपचार

डा. लालित कुमार मिश्र

काठमाडौं — सरकारी तथा गैरसरकारी (निजी) अस्पताल तथा नर्सिंगहोमहरुमा दिन प्रतिदिन बढि रहेको सिजेरियन डिलेभरीको संख्यात्मक बृध्दिदरले अधिकांश महिलालाई अप्ठयारोमा पारिदिएको छ । विवाहित सवै महिलाहरु गर्भवती भएको अवस्थामा यही चाहन्छन कि मेरो प्रसव प्रकृतिक रुपमा स्वभाविक किसिमले होस् । अपरेसन गर्न नपरोस । तर, यो कुरा आधुनिक चिकित्सामा सधै र सबै गर्भवती महिलाका लागी सामान्य प्रसव गराउन संभव हुँदैन र छैन पनि ।

सामान्य रुपले हेर्ने हो भने १०% प्रतिशत महिलाहरुमा स्वभाविक रुपले प्रसव भएको पाईएतापनि ९०% प्रतिशत डिलेभरी केसेज्मा सिजेरियन सक्सन वा यान्त्रिक (औजारहरु) को प्रयोग गरी डिलेभरी गराईएको पाईन्छ । प्रसव र डिलेभरीमा के फरक छ ? यी दुवै को अर्थ एउटै हो त ? यसो झट्ट हेर्दा एउटै जस्तो लाग्दछ । तर, होइन यि दुवैमा धैरे फरक छ । फरक यस्ताछन्, १. महिला प्रजनन प्रणालीका विभिन्न चरणका श्रृंखलाबद्ध घटनाहरुलाई पार गर्दै गर्भास्था मा रहेका भ्रुण महिलाको योनीमार्गबाट प्रकृतिक रुपले तथा स्वभाविक ढंगबाट बाहिरी संसारमा आउनु अर्थात निस्किनुलाई प्रसव भन्दछन् । यसैगरी ठिक समयमा जीवित जन्मिएको र बाँच्न सक्ने भ्रुण निस्किनुलाई सुतकेरी हुनु भनिन्छ । डिलिभरी भनेको त गर्भमा भएको बच्चालाई जुनसुकै तरिका अपनाएर भएपनि बच्चालाई बाहिर निकाल्नु हो । यो काम सिजिरियन-सेक्सन (पेटचिरेर) वा महिलाको योनीमार्ग मा यन्त्र (औजारहरु) को प्रयोग गरेर पनि बच्चा निकालन सकिन्छ । यही फरक छ सामान्य प्रसव हुनु र डिलेभरि हुनुमा । तर, गाउँ-घरको बोलचालको भाषामा प्रसव हुनुलाई पनि डिलेभरी हुनु भनिन्छ । यही कारणले हो कि अचेल हाम्रो समाजमा प्रसव हुनु/सुतकेरी हुनुको ठाऊँ- डिलेभरी हुनु भन्ने शब्दले लिएको छ। सामान्य प्रसव: १. समय पुगेर आफै प्रसवपीडा (व्यथा) लागेको । २. भर्टेक्सप्रेजेन्टेशन अर्थात बच्चाको टाउँको ठिकसंग योनीको मुखमा बस्नु । ३. प्रसवको अवधि अनावश्यक लामो न भएको । ४. धैरे सहयोग गर्न नपरिकन आफै प्रकृतिको माध्यमबाट नै सुत्केरी भएको । ५. आमा र बच्चाको स्वास्थ्यमा धैरे प्रतिकुल असर नपरेको ।

Yamaha

असमान्य प्रसव: माथि उल्लेखित सर्तहरु पुरा नगरेको कुनै पनि प्रसवलाई असमान्य प्रसव भनिन्छ । भर्टेक्सप्रेजेन्टेशन बाहेक अरु किसिमको प्रेजेन्टेशन वा अन्य कुनै प्रकारको जटिलता भएमा, जस्तै: बच्चा उल्टो हुनु वा बच्चाको हात बाहिर निस्किनु आदि । यि कुराहरु असामान्य प्रसवको परिभाषा भित्र नै पर्दछ । महिलाको सुत्केरी हुने वा व्यथा लाग्ने कुरा व्यक्ति-व्यक्तिमा फरक पर्दछ । तैपनि अन्तिम महिनावारी भएको दिनमा ३ महिना घटाएर ७ दिन जोडेमा मोटा-मोटी समयको अन्दाज गर्न सकिन्छ । बदलिदो जीवनशैली खानपान रहन–सहनको कारण सामान्य प्रसव हुनु आजको समयमा असंभव जस्तो लाग्दछ । तर, तपाई गर्भावस्था-प्लानिङ गर्ने बेला केही कुराको ध्यान राख्ने होभने असंभव पनि संभव हुन सक्छ । यसको लागि जरुरी छ पोष्टिक खान-पान तथा गर्भावती महिलाको हेर विचार । गर्भधारण गर्नुपूर्व आफ्नो स्वास्थ्य परिक्षण गराउनु जरुरी छ । यदि तपाईलाई कुनै प्रकारको रोग छ भने- त्यसको असर हुनेवाला बच्चामा पनि पर्न सक्छ । डिलेभरी हुने समयमा जब नर्मलडेलिभरी हुँदैन जटिलअवस्था छभने त्यसबेला अपरेशन गरिन्छ । यस सर्जरीको माध्यमले महिलाको पेटचिरेर बच्चालाई बाहिर निकालिन्छ। यदि पहिले पनि सिजिरियनबाट नै बच्चा डिलिभरी भएको होभने यसपालि पनि अपरेसन गर्ने नै सल्लाह दिईन्छ। यस्ता महिलाहरु जो सामान्य डिलेभरी होस् भन्ने चाहन्छन् ।

उनीहरुको लागि होमियोप्याथी चिकित्सा संजीवनी सावित हुन्छ । गर्भवति महिलाले कुनै योग्य होमियोप्याथिक चिकित्सकसंग समय मै भेटेर सल्लाह अनुसार नियमित रुपमा होमियोप्याथिक औषधिको सेवन गरेमा ९०% प्रतिशत महिलाहरुमा सामान्य प्रसव हुन्छ । उहिले गाउँहरुमा स्वास्थ्य सेवा विभागको पहुँच हुँदैन थियो । स्वास्थ्य चौकी र औषधिको अभाव रहन्थ्यो । त्यसबेला धैरे जसो प्रसव गाउँ घरमा नै गराईन्थ्यो। यसका लागि गाउँघरका बृद्ध महिला (सुडेनी) को सहायता लिईन्थ्यो । यस किसिमको प्रसवमा आमा र बच्चा दुबैको ज्यानको खतरा हुने संभावना बढि हुन्थ्यो र कयौंको ज्यान समेत जान्थ्यो। यस किसिमको अनभिज्ञ सुडेनीबाट असुरक्षित प्रसव गराउदा ज्यान जानेको संख्यात्मक बृद्धि देखिएको हुँदा यस कार्य माथि रोक लगाउन सरकारले गाउँ-गाउँमा हेल्थपोस्ट खोल्यो । जिल्लास्तरका अस्पतालहरुमा प्रसुती महिलाहरुलाई बिषेश सुबिधा दिईन थाल्यो । यसबाट बच्चाको मृत्युदरमा कमि हुन थाल्यो । तर, अर्कोतर्फ यसको साईड ईफेक्ट के देखियो भने दिनोदिन सामान्य डिलेभरी हुने ठाउँमा अपरेशन गर्ने महिलाहरुको संख्या बढ्न थाल्यो ।

के हो सिजिरियन डिलिभरी ?

सिजिरियन सेक्सन-शल्यक्रियाको माध्यमबाट महिलाको पेटचिरेर बच्चालाई बाहिर निकाल्ने कार्यलाई सिजेरियन-सेक्शन भन्दछन् । सामान्य डिलेभरी हुनुपर्ने ठाउँमा सिजेरियन अपरेसन गर्नु पर्नका कयौं कारणहरु छन् । जस्तै: महिलाको गर्भमा बच्चा उल्टो बसेको छ या बच्चा माथितिर सरेको छ अथवा महिला को नितम्ब (पेलिभिकबोन) साँगुरो छ । बच्चा ज्यादै स्वस्थ्य तथा टाउको ठुलो छभने यस्तो अवस्थामा सुरक्षित प्रसव गराउन तथा आमा र बच्चा दुबैलाई बचाउनको लागि अपरेशनको आवश्यकता पर्छ । उपरोक्त अवस्था मा यदि सामान्य प्रसव गराउने कोशिस गरेको खण्डमा बच्चाको शरिर आधी बाहिर-निस्किन्छभने आधी भित्रै फस्छ । यसबाट बच्चालाई साँस फेर्न अपठ्यारो हुन्छ । यस अवस्थामा बच्चाको मृत्यु हुने गर्दछ। यस किसिमको खतरनाक परिस्थितिबाट बच्नको लागि सिजेरियन सेक्सन अर्थात अपरेसन गरेर बच्चा निकाल्नु पर्ने हुन्छ ।

होमियोप्याथिक औषधिको प्रयोग कसरी गर्ने ?

गर्भ जव तीन महिनाको हुन्छ । महिलाले कुनै योग्य तथा अनुभवि होमियोप्याथिक चिकित्सकसंग परामर्श गर्ने । चिकित्सकद्वारा दिएको औषधिको नियमितरुपले सेवन गर्नका साथै निर्देशनको पालना गर्ने । समय पुरा भएपछि सामान्य डिलेभरि हुन्छ। यस्ता कयौं केसेज् पनि छन् जसको पहिलो बच्चा अपरेशन गरेर भएको थियो । उही महिलाको दोश्रो बच्चा होमियोप्यथिक औषधिको प्रयोग ले सामान्य (नर्मल) डिलेभरी भयो । प्रसवबेदना- कुनैपनि महिलाको लागि एउटा ठुलो अपरेसन गरे समान नै हुन्छ । यस कार्यको लागि होमियोप्याथिक औषधि – कोलोफाईलम- ३० शक्ति डिलेभरी हुनु भन्दा महिना दिन अगाडीबाट खान शुरु गर्नाले प्रसव सरलतरीका ले स्वभाबिकरुपमा हुन्छ । यसै प्रकार पल्साटिला-१००० शक्ति चार घन्टा को अन्तरालमा तीन मात्रा सेवन गरेमा सामान्य र सुरक्षित डिलेभरी हुन्छ । यसको साथै यदि बच्चाको पोजिशन उल्टो छभने पनि यस औषधिले बच्चालाई उचित पोजिशनमा ल्याएर राखिदिन्छ । यस औषधिको प्रयोग (मेम्ब्रान्स) झिल्लि फुटनु भन्दा पहिले नै प्रर्योग गर्नु पर्दछ। यदि गर्भाशयमा बच्चाको विकाश हुने क्रम बन्द भएकोछभने यस अवस्थामा- सिकेलिकार्टुनम-१००० शक्तिको एक मात्राको प्रयोगले भ्रुणको विकाश पुन: शुरु हुन थाल्छ। शल्यक्रिया गरेपछि सिलाइ गरेको भाग (पेट) मा स्थायी रुपले दर्द हुन्छ। यसको लागि स्टेफसिग्रिया-१००० शक्तिको एक मात्राको सेवनले २४ घन्टा भित्र पोस्ट अपरेटिभ समस्याबाट राहत दिलाउछ। यसप्रकार होमियोप्याथिक उपचार गर्भावस्था, प्रसुतिवस्था र प्रसुतिपछि हुने समस्यामा पनि प्रभावकारी छ। अस्तु ।

Mishradr.lk@gmail.com

Esewa Pasal

प्रकाशित : माघ ११, २०७३ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

होमियोप्याथी उपचारबाट खेलाडीहरुले लिन सक्ने फाइदाहरु

डा. लालित कुमार मिश्र

काठमाडौं — आधुनिक सभ्यताको दौड जसरी तिव्रगतिले बढिरहेको छ, मानिस स्वयम् आफ्नो लागि पनि समय निकाल्न सकिरहेको छैन । कसै-कसैले त खान र सुत्न पनि फुर्सद पाउँदैनन् । कसै कसैलाई समय बिताउन पनि मुश्किल पर्दछ । यि दुबै अवस्था मानिसको मानसिक तनावका कारण बन्न सक्छन् । मानसिक तनाव कम गर्ने एक मात्र उपाय हो व्यायाम तथा खेलकुद । धैरेजसो खेलाडीहरु आम मानिस सरह कुनै सरकारी या गैरसरकारी कार्यालयमा नोकरी गर्दछन् ।

अफिसमा कहिलेकाही वरिष्ठअधिकारी या कार्यालय प्रमुखबाट गल्ति भएमा या बिना कसुरमा आफ्ना मातहतका कर्मचारीलाई हकारी दिन्छन। जसले गर्दा न्युटनको तेस्रो नियमका अनुसार क्रियाको प्रतिकृया हुन स्वभाविक हुन्छ। केहि खेलाडीहरु त त्यसे बेला आफ्नाअधिकारीलाई मुखभरि जवाफ तुरन्तै दिई हाल्छन अथवा जागिरबाट तुरन्तै राजिनामा गरेर हिसाव–किताब बराबर गरि हाल्छन् । कोही खेलाडीले भने सम्मान अथवा वरिष्ठताको दृष्टिले त्यसबेला हाकिमको सामुन्नै केही बोल्दैनन्, भित्रै-भित्रै कुन्ठित भईरहन्छन् ।

यस्ता खेलाडीहरुमा केही समय पश्चात मानसिक एवं शारिरीक रोगको चपेटामा पर्न जान्छन् । जस्तै;- निन्द्रान लाग्ने, पेटदुख्ने, रीस उठ्ने, झर्किने स्वभाव जस्ता रोगहरुबाट पीडित हुन थाल्छन् । यस्ता खेलाडीले – स्टेफसिग्रिया, कोलोसिन्थ, ब्रायोनिया, कस्टिकम, नामक होमियोप्याथिक औषधीहरु लक्षण अनुसार प्रयोग गरि आफ्नो मानसिक परेसानीलाई हटाई शरिरलाई अस्वस्थ हुनबाट बचाउन सक्छन् । यस्तै- केही खेलाडीहरु आफ्नो अधिकारी, टिमको कप्तान, टिम मेनेजर तथा छनौटकर्ताहरुबाट दिक्कदार भएर चिडचिड स्वभावको भइ हाल्छन र डिप्रेशनको अवस्थामा पुग्छन् । खेलाडीको खेलमा यसको नराम्रो असर पर्दछ। जसले गर्दा खेल्ने बेलामा खेलाडीले खेलमा आफ्नोध्यान केन्द्रित गर्न सक्दैनन् । यसैकारण टिममा उसको पुन:छनोट हुन गाह्रो हुन्छ । यस्तो अवस्थामा खेलाडीको मनोदशा विक्षिप्त भए जस्तो हुन जान्छ । उसले 'जीवनमा अब केही बाँकी छैन' भन्ने जस्ता बिचार आउन थाल्छन् । जसले गर्दा कहिलेकाही उसमा आत्महत्या गर्ने विचार पनि आउन सक्छ । यस्तो अवस्थामा- आर्जेन्टमनाईट्रिकम ,पल्साटिला, ईग्नेशिया, नेट्रम-म्युर, एसिडफास, सिपिया आदि जस्ता होमियोप्याथिक औषधी वहुतै उपयोगि सावित भएका छन् ।

मानवको स्वभाव अनुसार कहिले काही खेलाडीहरुमा पनि एक–अर्कादेखि ईर्ष्या, द्वेष आदि जस्ता मनोविकार उत्पन्न हुन जान्छ । जसले गर्दा उसले आफ्नो वरिष्ठ अथवा जुनियर खेलाडी साथीहरुको खेलको स्तरलाई गिराउने प्रयास गर्न थाल्छ । यसबाट खेलाडीलाई व्यक्तिगत रुपले नोक्सान त हुन्छ नै साथै मुलुकको टिमको पनि ठुलो क्षति हुन्छ। यस्तो मनोदशा भएका खेलाडीले- एपिस मेलिफिका, नेट्रम-म्युर, लेकेसिस, पल्साटिला, हायोसायमस ईत्यादि होमियोप्याथिक औषधीको लक्षण अनुसार सेवन गरेर आफ्नो मानसिक सन्तुलनलाई ठिक पारेर अरु खलाडीहरुको मनमा आफ्नो लागि सहानुभूतिको भावना उत्पन्न गराउन सक्छन् ।

आम मानिससरह मौसम, खानपान, प्रदुषण एवं संक्रामक रोगपनि खेलाडीहरुको लागि कहिलेकाही चिन्ताको कारण बन्दछ । जसले गर्दा खेलाडीहरुको नियमित खेलको अभ्यासमा असर पर्छ । यस अवस्थामा होमियोप्याथिक औषधीको चमत्कारि प्रभाव छ । जस्तै: दिउसोगर्मि तथा राति ठण्डी या अभ्यासको क्रममा खेलाडी पसिनाले निथ्रुक भिजेको हुन्छ। पसिना आएको बेला पानी पिउँछन् । यसरी गर्मी ठण्डी जुद्नले टाउको दुख्ने, रुघाखोकी लाग्ने, ज्वरो आउने इत्यादिबाट बच्नको लागि डलकामारा नामक होमियोप्याथिक औषधीले उपरोक्त कष्टहरुलाई तुरन्तै ठिक गर्दछ ।

यसरी नै बर्षातको मौसममा पानीमा भिज्नले उत्पन्न हुने शारिरीक कष्टमा -नेट्रम-सल्फ, रसटक्स, डलकामारा औषधी उपयोगी रहन्छ । कहिलेकाही खेलाडीहरुले खेल जितेको खुशीमा या अन्य कारणले पार्टी, पिकनिकमा बढिमात्रामा गरिष्ठ भोजन खानाले पेटभारी हुनजान्छ। त्यस बेला- पल्साटिला नामक होमियोप्याथिक औषधिको एक मात्राले पेटको भारीपनलाई हटाई आराम पुर्याउदछ । जब लगातार खेल चलिरहेको हुन्छ। त्यसपछि खेलाडीहरुलाई लगतै एकपछि अर्को खेल खेल्नु पर्ने हुन्छ, जसले गर्दा खेलाडी धेरै थाकेको हुन्छ। थाकेको कारणले गर्दा उसले ख्लमा चाहेर पनि आफ्नो स्तरको खेल प्रदर्शन गर्न सक्दैन । यस कारण कहिलेकाही टिमबाट खेलाडीलाई (आउट) निष्काशन गरिने अवस्था पनि आउँदछ । यस किसिमको थकानबाट बच्न एवं उपचारको लागि- आर्निका एवं बेल्लिसपेरेनिस नामक औषधीको प्रयोगले खेलाडी आफुलाई खेलका लागि पुनःताजा राख्न सक्छ।

कहिलेकाही खेलाडीहरुलाई आफु भन्दा बलियो टीमसंग खेल्ने वा ओलम्पिक आदि ठूलो प्रतियोगितामा भाग लिन जाने बेलामा खेलाडी नर्भस हुन जान्छन् । जसले गर्दा उसलाई डायरिया या तुरन्तै-तुरन्तै पिशाब लाग्ने, हातखुट्टा काम्नु जस्ता शिकायत देखापर्न थाल्छ । यस प्रकारको एन्टिसिपेटरी फेयर अर्थात प्रत्याशितपूर्ण डरको लागि- आर्जेन्टमनाईट्रिकम या जेल्सिमियम-३० शक्तिको १२ मात्राको सेवन गर्नाले पूर्वकल्पित भयको अवस्था हटन गई ऊपरोक्त शारिरीक कष्टहरु ठिक हुन जान्छ । ब्लायती महारानी एलिजावेथको निजी होमियोप्याथिक चिकित्सक डा. मारगेरि जि. ब्लेकीले आफ्नो प्रसिद्ध पुस्तक "दि पेसेन्ट नाट दि क्युअर" मा एक ठाउँमा लेखेका छन्, 'व्रिटेनमा कैयौं खेलाडी र एथलेट प्रतिस्पर्धाका लागि मैदानमा जानुभन्दा अगाडि नै आर्निका-१००० शक्तिको एक मात्रा खाने गर्दछन् । जसले गर्दा खेल खेलि सके पश्चात पनि खेलाडी शारिरीक थकानबाट हुने मान्सपेशीहरु खुम्चिने वा काडा हुने जस्ता शारिरीक कष्टबाट बच्दछन् । विविधताले भरिएका मनोरन्जनपूर्ण खेलहरु जस्तै: क्रिकेट, फुटबल, हकी, दौड, व्याडमिन्टन, भलिबल, लंग टेनिस, कब्बडी, कुश्तीआदि जस्ता खेलहरुमा खेलाडीलाई खेलमा चोटपटक लाग्नु सामान्य प्रकृया हो । जसबाट प्रत्येक खेलाडीले आफ्नो खेल जीवनमा एकपल्ट गुज्रिनै पर्दछ । चोट अनेक प्रकारको हुन्छ। जस्तै-मर्किने, हड्डी भाँचिने अथवा हड्डी आफ्नो ठाउँबाट खस्किनु, नस माथि नस चढनु आदि । यस अवस्थामा- मर्किनु (मोच) मा रुटा, वगेर घाउको चोटमा आर्निका तथा वेलिसपेरिस आधुनिक युगको एनालजेसिक औषधी भन्दा पनि छिटो असर गर्दछ। यसको प्रयोगबाट कुनै साईडईफेक्ट हुँदैन। यसै प्रकार टिटानस (धनुष्टकार) रोक्नको लागि – लिडमपाल, हाईपेरिकम नामक औषधि आधुनिक एटिएसको समान सक्षम छ ।

छाला तासिनु या घाउ हुनुमा मेरिगोल्ड (सयपत्री) को फुलबाट बनेको होमियोप्याथिक मलहम केलेन्डुला बाहिरी रुपमा लगाउनले र यसबाट बनेको औषधिको आन्तरिक सेवनले पनि जस्तोसुकै घाउलाई एन्टिबायटिक औषधीभन्दा पनि चाडै नै ठिक गर्दछ । मान्सपेशी (मसल्स) हरुको दुखाईमा- रसटक्स बेजोड औषधी हो । स्पाज्म अर्थात नस माथि नस चढ्नाले हुने शारिरीक कष्टको लागि - मेगनेशियाफास, कोलोसिन्थ एवम कुप्रम मेटालिकम जसको प्रयोगले ऐठन (स्पाज्म) ठिक हुनुको साथै प्रिवेन्सन (वचाव) पनि हुन्छ। जहाँसम्म प्रश्न छ हड्डिभाँचिएमा होमियोप्याथी मा के गर्ने? यसको लागि त भाँचिएको हड्डिलाई आफ्नो सामान्य ठाऊँमा सेटगर्ने काम प्लाष्टरबाट नै हुन्छ। तर हड्डि मात्र प्लाष्टर गरिदिनाले जोडिंदैन। जोडिने कार्य त प्राकृतिक कारणहरुबाट शरिरमा क्याल्सियम बन्नले हुन्छ । क्याल्सियम बन्नमा करिब ६-देखि १२ सप्ताह को समय लाग्दछ । तर, प्लाष्टर गराएर होमियोप्याथिक औषधी- कल्केरियाफाँस या सिम्फाइटम को उपयोगले यो काम मात्र ३-देखि ६ सप्ताहमा नै हुन जान्छ। यति मात्र होइन यि औषधीहरुले जोर्नीलाई पनि बलियो बनाउछ । हुन त खेलकुद टिम का अधिकारीहरुबाट खेलाडीहरुको स्वास्थ्य परिक्षण एवं उपचारको लागि चिकित्सक को व्यवस्था पनि गरेको हुन्छ। तर पनि जहाँसम्म औषधी उपचारको प्रश्न छ यस सम्बन्धमा कुनैपनि चिकित्सा पद्धति आफैमा पूर्ण छैन। रोगीको धैरै जसो आवश्यकतालाई आज आधुनिक चिकित्साले पनि पुरा गर्न असफल रहेको पाइन्छ । यसमा होमियोप्याथी प्रकृतिको उपचारको सिद्धान्तमा आधारित एउटा हानिरहित सरल किफायति एवं प्रभावशाली चिकित्सा प्रणालि हो । यस चिकित्सा पद्धतिबाट पनि खेलाडीहरुलाई प्राकृतिक रुपले स्वस्थ्य वनाई खेलको मैदानमा पनि तन्दुरस्त राख्न सकिन्छ । अस्तु ।
Mishradr.lk@gmail.com

प्रकाशित : पुस २६, २०७३ १२:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT