केटा-केटीहरुमा टाउको दुख्ने समस्या

काठमाडौं — शायद कुनै व्यक्ति नहोला, जसको जीवनमा कहिल्यै टाउको नदुखेको होस् । प्रत्येक व्यक्ति आफ्नो जीवनमा एक न एक पटक टाउको दुखेको समस्याबाट अवश्यपनि गुज्रिनु परेको हुन्छ । वास्तवमा टाउको अरु कुनै रोगको कारणले दुख्ने गर्दछ । जसलाई अग्रेजीमा 'हेडएक' भनिन्छ । यो आफैमा कुनै छुट्टै रोग होइन । अत्याधिक व्यस्त दिनचर्या, तनावयुक्त जीवन, भाग दौड, गलत आहार-विहारका कारण अचेल टाउको दुख्नु साधारण भएको छ ।

केटा-केटीहरुमा टाउको दुख्ने समस्या

उहिले वयस्यकहरुमा टाउको दुख्ने समस्या देखिन्थ्यो भने अहिले युवा पिंढीमा पनि यो समस्या विकराल बनेर देखिन थालेको छ । अब यसको उमेरसँग कुनै संबन्ध नै रहेन । टाउको दुख्ने समस्या जहाँ पनि, जहिले पनि र जोसुकैलाई पनि हुन सक्छ । प्रायजसो अचेल ९ वर्ष देखि १३ वर्ष उमेरका स्कुले केटा-केटीहरुमा पनि टाउको दुख्ने समस्या देखिन थालेको छ । आमाबुबालाई टाउको दुख्यो भन्दा अभिभावकहरुलाई पढन अल्छि लागेर या स्कुल जान मन नलागेर बहाना गरेको होला भन्ने लागि रहेको हुन्छ । उनीहरुको कुरा अभिभावकले गंभिरतापूर्वक लिंदैनन् । केटा-केटीहरुको सम्बन्धमा यस किसिमको सोचाई राख्नु ठिक होईन । उनीहरुको कुरा अभिभावकले बुझ्नु पर्दछ ।

टाउको दुख्ने कारण :
विभिन्न कारणले गर्दा टाउको दुख्ने गर्दछ । यही नै कारण हो भनेर ठोकुवा गर्न सकिंदैन ।

भौतिक (शारीरिक) कारणहरु: दृष्ट्रीदोषको समस्या । जस्तै, (मायोपिया) टाडाको वस्तु देख्न नसक्नु । यो समस्या धेरैजसो केटा-केटीहरुमा पाईन्छ । चहकिलो प्रकाश या तेजिलो सुर्यको प्रकाश, ठुलोआवाज, होहल्ला आदिप्रति संवेदनशिलता । साईनोसाईटिस (पिनास), कानमा संक्रमण। हेमोग्लोबिनको स्तर सामन्यभन्दा कम हुनु या कमजोरी हुनु । अनियमित निन्द्रा, अनियमित जीवनशैली (जस्तै, समयमा खाना न खानु या भोकै बस्नु) । परीक्षा या साथीहरुको दवाव अथवा कक्षशिक्षकसँगको डिस्कसनको कारण तनाव उत्पन्न हुनु । अपच, कब्जियत वा पेटमा जुकापर्नु । लु-लाग्नु (सनस्ट्रोक) । रातिधेरै बेरसम्म जगरण बस्नु । मानसिक एवं भावनात्मक तनाव र कुन्ठ हुनु ।
शोक गर्नु र धैरै रुँदा पनि टाउको दुख्ने गर्दछ ।

माथि उल्लेखित कारणहरु सामान्य अवस्थामा टाउको दुख्ने कारणहरु हुन् । केही गंम्भिर प्रकृतिका रोगहरु पनि टाउको दुख्नेकारण हुन सक्छन् । जस्तै, हाइड्रोकेफलस (मस्तिष्क) मा पानि भरिनु, मस्तिष्कमा संक्रमण हुनु (मेनिन्जाईटीस, ईन्सेफ्लाईटीस, ब्रेन टीयुमर) हुनु । टाउकोमा गंम्भिर चोट पटक लाग्नु , नाथ्रिफुटनु (नाकबाट) रगत आउनु, दाँत दुख्नु आदि ।

लक्षण : पुरै टाउको दुख्नु, टाउको भारी हुनु, मन्दगतिले दुखि रहनु , कन पट्टिमा दुख्नु , टाऊँको निहुँराउदा दुखाई बढ्नु , हो-हल्लाले दखाई बढनु, सेक्दा, रुमालले टाउको बान्दा वा मालिस गर्दा दुखाइ कम भएको जस्तो लाग्नु चिसोपानीले टाउको धुँदा आराम हुनु, शान्त कोठामा सुत्दा आराम मिल्नु । आदि लक्षणहरु देखिन्छन् ।

रोग निवारणका उपायहरु : रोगको मुलकारक तत्वलाई पहिचान गरी, उपचार गर्ने होभने टाउको दुख्ने समस्याबाट पूर्णरुपले छुटकारा पाउन सकिन्छ । यदि टाउको दुख्ने समस्या बाह्य रहेछभने, केटा-केटीहरुको अनियमित निन्द्रा, समयमा खानाखाने वा उसको जीवनशैलीमा सामान्य सुधार गरिदिनुका साथै अभिभावकले अलिक समय दिने होभने यस समस्याबाट सहज रुपले नै छुटकारा पाउन सकिन्छ । कुनै औषधि उपचार को आवश्यकता पनि पर्दैन ।

यदि टाउको दुख्ने समस्याको कारण आन्तरिक रहेछभने माथि उल्लेख गरिएको रोगहरुको कारणले समस्या देखिएको हो भने तत्काल चिकित्सा कहाँ जाँच गराउनु पर्द५ । यस अवस्थामा अभिभावकहरुले तुरन्त ध्यानदिनु पर्ने हुन्छ । केटा-केटीहरुको कमजोर दृष्ट्रीको लागि एक योग्य आखाँरोग बिशेषज्ञ द्वारा परिक्षण गराई सुधारात्मक चश्माको प्रयोग गर्नाले ठिक हुन सक्छ । यस्तै, हेमोग्लोबिनको स्तर कम छ या कमजोरी छ भने कुनै बालरोग बिशेषज्ञको सल्लाह अनुसार निर्धारित टोनिकको सेवनले शरीरमा कम रहेको रातो रक्तकण लाई लेबलमा ल्याउन सकिन्छ । कसै-कसैको शरीर आन्तरिकरुपले भित्रैबाट कमजोर हुन्छ । यसकारण यिनीहरु चमकिलो प्रकाश, ठुलो आवाज, हो-हल्ला, तेजगंन्ध, तनाव आदिप्रति अतिसंवेदनशील हुन्छन् । जसको कारण यिनीहरुको शरीरले यि बाहरी कारकतत्वहरुको सामना गर्न असमर्थ हुन्छन । यसैगरी कानको संक्रमण- वाहृय र भित्रि कानको प्वालमा किटाणुबृद्धी हुने अवस्था जसलाई ओटाईटिस-एक्सटर्ना भनिन्छ, यि सब कमजोर ईम्युनिटीको कारण हुन्छन् । यस किसिमको समस्याहरुमा होमियोप्याथिक औषधिहरु निकै प्रभावशाली हुन्छ र व्यक्ति बिशेषको शरीरको प्रतिरक्षात्मक शक्तिको स्तरलाई बढाई यथाशिघ्र बिरामीलाई प्राकृतिक रुपले स्वस्थ्य लाभ गराउनमा सहयोग गर्छ । होमियोप्याथिकको विषेशता के हो भने यसको कुनै दुषप्रभाव (साईड-ईफेक्ट) हुँदैन ।

औषधि: केटा-केटीहरुमा टाउको दुख्ने समस्याको लागि लक्षणअनुसार प्रयोग हुने केहि औषधिहरु निम्नलिखित छन् । (१) नेट्रमा-म्युर : घामको कारणले टाउको निधारको देब्रे पट्टी दुख्नु, आखाँमा स्ट्रेस हुनु या मानसिक तनाव हुनु । यस किसिमको लक्षण भएमा यसको प्रयोग लाभदायक मानिन्छ । (२) बेलाडोना: टाउको निधारको दाहिने पट्टी दुख्नु , अनुहार रातो हुनु, घामको कारणले टाउको दुख्नु, तेजप्रकाश सहन नसक्नु आदि । यसकिसिमको अबस्थामा यस औषधिको प्रयोग गर्नसकिन्छ । (३) ग्लोनाइन : प्रचन्ड घाम वा लु-लाग्नुको कारणले टाउको दुखेको र बिरामीले पछाडि पट्टी टाउको लादा आराम महशुश हुनु आदि जस्ता लक्षण देखिएमा यस औषधिको उपयोग गरिन्छ । (४) सिड्रन: अत्याधिक टाउको दुख्नु, जुन प्राय, ठिक एउटै समयमा दुख्ने गर्छ । यस अवस्थामा यसको प्रयोग हितकर हुन्छ । (५) आर्जेन्टम नाईट्रिकम- आखाँमा बढी दवाव परेको कारणले यदि टाउको दुख्छ भने यसको प्रयोग गर्नुपर्छ । (६) पेटमा जुकाँ पर्नाले टाउको दुखेको हो भने – टियुक्रियम, नेट्रमफोस, सिना आदि औषधिको प्रयोग लाभदायक मानिन्छ । यसबाहेक कल्केरियाफाँस, कालिफाँस, ब्रायोनिया, जेल्सिमियम औषधिहरुको प्रयोग रोग तथा रोगीको अवस्था हेरिकन लक्षणअनुसार गर्न सकिन्छ । प्रत्येक व्यक्ति (बिरामी) एक अर्काबाट भिन्न हुन्छन् र उसको रोग लाग्ने कारण पनि भिन्नै हुनुको साथै उसको पीडा पनि बेग्ले किसिमको हुन्छ। यसकारण समष्टिगतरुपले (पूर्ण उपचार) उपचारको लागि कुनै योग्य तथा अनुभवि होमियोप्याथिक चिकित्सकसँग परामर्श लिइ निर्धारित औषधिको सेवन गर्नु उपयुक्त हुन्छ ।
अस्तु ।
[email protected]

प्रकाशित : माघ २६, २०७३ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?