२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

त्रिदोष हटाउने केसर

काठमाडौं — खाद्य पदार्थ, आयुर्वेद र पूजाअर्चनामा शताब्दियौँदेखि केसरको उपयोग हुँदै आएको छ ।

त्रिदोष हटाउने केसर

केसर एक प्रकारको सुगन्धित मसला हो । आयुर्वेदअनुसार, केसर रंगलाई निखार्ने र शिरसम्बन्धी रोग, घाउ, जुका, वान्ता, तथा वात, पित्त र कफसम्बन्धी त्रिदोष हटाउने मानिन्छ । 
यो उत्तेजक, बाजीकारक, यौनशक्ति कायम राख्ने पदार्थ हो । यस्तै रक्तशोधक, कफनाशक, गर्भाशयलाई स्वाभाविक आकारमा ल्याउन उपयोगी, निम्न रक्तचाप निको पार्न समेत उपयोगी मानिन्छ । यो दुग्धवर्धक, वातशूल हटाउने, पाचक पदार्थ हो । 

१५ लाख फूलबाट एक मिलोग्राम सुकेको केसर प्राप्त हुन्छ । तातो पानीमा हाल्दा केसरले पहेंलो रंग छोड्छ । यो रंग क्यारेटिनाइडका कारण हुन्छ । यस्तै केसरमा क्यारोटिन, लाइकोपिन, जियाज्याथिन, क्रोसिन, पिकेक्रोसिन आदि पाइन्छ । 

यसमा इस्टर किटोन एवं सुगन्धित तेलसमेत केही मात्रामा पाइन्छ । यसमा १.३७ प्रतिशत उडनशील र स्थिर तेल १३.४ प्रतिशत पाइन्छ । अन्य रसायनहरूमा तारपिन, एल्डिहाइड एवं तारपिन अल्कोहल पाईन्छ । यसमा पोटेसियम र फस्फोरससमेत पाईन्छ । यी रासायनिक एवं कार्बनिक यौगिकहरूकै कारण केसर अनमोल औषधि भएको हो । 

अपच, पेट दर्द, वायुविकारजस्ता पेटसम्बन्धी रोगमा केसर उपयोगी छ । चोट लागेको वा आगोले पोलेको ठाउँमा केसरको लेप लगाउँदा राहत अनुभव हुन्छ । 

महिलाहरूको अनियमित मासिकस्राव एवं यो समय हुने दुखाइलाई केसरले निको पार्छ । महिलाहरूमा मानसिक अवसाद एवं उदासीनता हुँदा पनि केसर दिने गरिन्छ ।

प्रकाशित : माघ २९, २०७३ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?