रिसको ब्यवस्थापन यसरी गर्न सकिन्छ

डा. लालित कुमार मिश्र

काठमाडौं — रिस एक नकारात्मक मनोभावना हो । रिसको बाहरी तथा व्यवहारिकरुप भनेको कसैमाथि हमला वा आक्रमण गर्नु हो । रिसलाई सोझै देख्न सकिंदैन । तर, रिसाएको छभने थाहा हुन्छ । कुनै मानिस रिसाएको छ भन्ने कुरा उसको आक्रामक व्यवहारबाट थाहा हुन्छ । रिस मुलतः एउटै भए पनि यसका अनेकौ रुप छन् । दुख, द्वेष ईत्यादि रिसका बिभिन्न रुप छन् । रिसको प्रदर्शन तुरुन्त हुन न सकेमा यो दुख, द्वेषको रुपमा रहिरहन्छ र व्यक्ति मानसिक एवं शारीरिक रुपले रोगि हुन जान्छ ।

अधिकाँश मानिसलाई धेर थोर रिस उठने गर्दछ । तर, रिस उठेको बेलामा कमैले यसलाई ब्यवस्थापन गर्न सक्छन् । डर, त्रास, चिन्ता जस्तै रिस पनि एक प्रकारको भावना हो । मानिसका मनमा अनेक थरिका भावनाहरु आउँछन् । समय परिस्थिति अनुसार मनमा उठेका भावनाहरु स्वत आफै हराएर जान्छ । यसले मानिसको दैनिक जीवनमा खासै नराम्रोअसर पार्दैन । त्यस्तै, रिस सामान्य रुपमा जोसुकैलाई पनि उठ्न सक्छ । धैरै जसोले आफनो रिसलाई नियन्त्रणमा राख्न सक्छन्, जसले गर्दा खासै हानि नोक्सानी हुँदैन । तर, रिस नियन्त्रणबाट बाहिर जान थाल्यो भने समस्या उत्पन्न हुन्छ । धैरै रिसाउने बानीले मानिस शारीरिक एवं मानिसिक रोगबाट पीडित त हुन्छ नै यसको अलावा पारिवारिक समस्यामा पर्नुका साथै उसको करियरमा पनि असर पार्दछ । बढि रिसाउने मानिसलाई कसैले पनि मन पराउदैन र पछि गएर उ एक्लै हुन जान्छ ।

रिसका प्रकारहरु
१. बाणिमा रिस: यसमा रिसाएको व्यक्तिको मुखबाट निस्किने शब्दहरु गालि-गलोज गर्ने, चोट पुर्याउने खालका हुन्छन् ।
२. निस्कृय रिस: यसमा रिसाएको मान्छे निस्कृय भएर आफ्नो रिस प्रकट गर्दछन् । उ केहि बोल्दैन, केहि गर्दैन उठेर एकातिर हिड्छ ।
३. पानीको फोका जस्तो रिस: यस प्रकारको रिस तुरन्तै आउने, तुरुन्तै जाने खालको हुन्छ । सहजै हराउछ र बिर्सिन्छ ।
४. दीर्घकालिन रिस: यस्तो रिस जो कहिले नहराउने, रिस उठाउनेलाई कहिले माफी नगर्ने खालको हुन्छ ।
५. बाढी रिस: यसमा एकै पटक रिसाएर चिच्याउने, कराउने, सामान फ्याक्ने, रिसको झोंकमा आखाँ नदेखने, सानो ठुलोको बिचारै नगर्ने किसिमको हुन्छ ।
६. स्वघाति रिस: यसमा व्यक्ति रिसाएको बेला आफैलाई हानि नोक्सानी हुने किसिमको व्यवहार गर्दछ । जस्तै, भित्तामा टाउको ठोकाउने, खाना नखाइकन सुतिदिने, ब्लेडले शरिरको कुनै भाग काटने प्रयास गर्नु ।
७. पागल रिस: अरुप्रतिको दुख, रिस, डाहाको रिसले गर्दा अव्यवहारिक कुरा गर्ने, दोष दिने, धम्मकाउने, गर्न नहुने कुरा गर्ने आदि ।

रिसाउने व्यक्तिमा देखिने लक्षणहरु
१. सा-साना कुरालाई पनि ठुलो रुप दिने ।
२. आश्यक कुरालाई बढाई-चढाईकन भन्ने र झर्किने ।
३. आफ्नो सहकर्मीका काम बारे टिका टिप्पणी गर्ने ।
४. कामको जिम्मेबारी लिन नमान्ने ।
५. काम बिग्रियो भने त्यसको दोष अरुको टाउकोमा थोपार्ने, आफु पन्छिन खोज्ने ।

रिसका असरहरु
१. रिसले मानसिक तनाव दिंदा कसै कसैलाई बढि खानु पर्ने हुन्छ भने कसैलाई खानै मन नलाग्ने हुन्छ ।
२. आफुलाई बढि नै व्यस्त भएको देखाउने, अफिसमा अबेरसम्म बस्ने र काम बढि गर्ने प्रयास गर्दछन् ।
३. रिसलाई नियन्त्रण गर्न सकेन भने अरुलाई गालि–गलोज, झगडा र मारपिटमा पनि लाग्न सक्छ ।
४. केहि रिसाहा प्रवृतिका व्यक्तिहरु रिस शान्त पार्न या असन्तुष्टिलाई एक छिन भएपनि बिर्सन रक्सी वा गाँजा, भाँग पिउनतिर लाग्छन् ।
५. रिस किन उठने गर्छ, त्यसको मुलकारण पत्ता लगाउनुको सट्टा रिसलाई दबाउने प्रयास गरियो भने रिस आफैतिर फर्किन्छ ।

रिसले निम्त्याउन सक्ने शारीरिक समस्याहरु
१. रिसको कारण पेट पोल्ने समस्या हुन्छ र बढि रिसाउने व्यक्तिलाई ग्यास्ट्रिक, अल्सर समेत हुन सक्छ ।
२. रिसाएको बेलामा शरिरबाट एक किसिमको रसायनतत्व (हार्मोन्स) हरु निस्किन्छन । यि रसायन तत्वले मुटुको गतिलाई अनियमित पार्नुको साथै ब्लडप्रेसरलाई पनि बढाउँछ ।
३. अत्याधिक रिसाएको बेला मुटुमा रक्तसञ्चार गर्ने नलीहरु खुम्चने हुँदा हृदयघात पनि हुन सक्छ ।
४. बिभिन्न अनसुन्धानले के देखाएको छभने धैरे रिस गर्ने व्यक्तिलाई छाला सम्बन्धी रोगहरु हुने संभावना हुन्छ।
५. रिसलाई दवाउन खोजेमा टाउको दुख्ने, जिउ काम्ने तथा दुख्ने पनि हुन सक्छ ।

रिसलाई कसरी ब्यवस्थापन गर्ने ?
१. रिस उठेको बेला म रिसाई रहेको छु भन्नेकुरा मान्न तयार हुने हो भने रिस स्वतः घट्छ ।
२. रिसको झोंकमा आँखा देखिन्न भन्ने गरिएतापनि रिस उठेको बेला आँखा देख्नु नै स्वीकार गर्नु आँखा देख्नु हो ।
३. रिस उठेको बेला उल्टा गिन्ति गनेर (जस्तै, दस, नव, आठ, सात, छ, पाँच,) पनि रिस घटाउन सकिन्छ । यसो गर्दा सोचाईबाट ध्यानअन्यत्र जान्छ र रिसको आवेग कम हुँदै जान्छ ।
४. बिस्तारै लामो स्वास तान्नले पनि रिस कम गर्न सकिन्छ । करिव दस पटक जति लामो स्वास तान्ने र छोड्ने गर्नाले पनि मानसिक तनाव कम हुन्छ ।
५. रिस कम भएपछि आफ्नो सबैभन्दा मिल्ने साथीलाई रिस उठेको कारण बारे भन्नु राम्रो हुन्छ । यसरी साथी–भाईलाई बताउदा मन हल्का हुन्छ ।
६. रिस उठेको बेला आबेगमा आएर कुनैपनि निर्णय लिनु हुँदैन। रिस उठेको बेलामा गरेको निर्णय प्रायजसो गलत हुने गर्दछ । रिस उठ्ने कारण के हो पत्ता लगाउनतिर लाग्नु पर्छ ।

रिसलाई रोक्ने उपाय
१. नियमित रुपमा कमसेकम ३० मिनट ध्यान गर्ने होभने चाँडै रिसाउने मानिसको पनि रिस घट्दै जान्छ । ध्यानगर्नाले मन, मस्तिष्क शान्त हुन्छ ।
२. यसरी नै प्रणायम, प्रार्थना, पुजा, पाठ पनि मन लगाएर गर्यो भने मानसिक तनाव घट्दछ । तर, यस काममा पूर्णरुपले मन गएनभने यसले फाईदा गर्दैन ।
३. माफ गर्ने, प्राय: पारिवारिक कलह, मनमुटाव र झगडा हुँदा परिवारका सदस्यहरुले एकअर्काको मन दुखाएका हुन्छन् । गहिरो चोट पुर्याएका हुन सक्छन् । एकले अर्कालाई माफ गर्न सकिएन भने मन दुखाएका कुरालाई सधै सम्झिने भित्रभित्रै रिसाउने हुन्छन् । माफ गरिदियो भने मन हल्का भएको अनुभव हुन्छ ।

रिसमा होमियोप्याथिक एप्रोच
यस चिकित्सा पद्दतिमा व्यक्ति (रोगी) को मानसिक अवस्थालाई उपचारको क्रममा बढि ध्यान दिइनुका साथै रोगको कारण पत्ता लागाएर उपचार गरिन्छ । रिस उठने कारणको खोजि गरि उपचार गर्ने भएकोले रिसको ब्यवस्थापनमा पनि यसबाट मद्दत मिल्छ ।
१. आफ्नै सुरमा काम गरिरहेको अवस्थामा कसैले अबरोध गर्यो भने रिस उठदा, नक्सवोमिका, पल्साटिलाले फाइद पुर्याउछ ।
२. रिस उठेको बेला सामानहरु फ्याक्ने तथा तोडफोड गर्ने अवस्थामा छभने स्टेफसिग्रिया, बेलाडोना, केमोमिला आदि उपयोगी हुन्छ ।
३. रिस उठेको बेला शरिर काम्ने, बोलि बन्द हुने, रिसलाई भित्रै दबाउने अवस्थामा कोलोसिन्थ, स्टेफसिग्रिया, ब्रायोनिया आदि औषधिहरु प्रयोग गर्न सकिन्छ ।
४. रिस उठेको बेला आफैलाई हानि पुर्याउने (जस्तै, टाउको भित्तामा ठोकाउनु, ब्लेडले हातको नशा काट्नु आदि )अवस्थामा, टेरेन्टलाहिस्पानिया, टिबरकुलिनमको प्रयोग गर्न सकिन्छ । यसबाट रिसको कारण हुने मानसिक एवं शारीरिक समस्याहरु आउँदैन र व्यक्ति स्वभाविक रुपले रिस को दुष्प्रभावबाट हुने शारिरिक समस्याबाट बच्नुका साथै सहज रुपले नै आफ्नो रिसलाई पनि ब्यवस्थापन गर्न सक्छन् । उपरोक्त होमियोप्याथिक औषधिहरु कुनै योग्य तथा अनुभवि स्थानीय चिकित्सकको सल्लाह लिएर सेवन गर्दा उचित हुनेछ।
अस्तु
Email: Mishrahomoeopath@yahoo.com

प्रकाशित : फाल्गुन ४, २०७३ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्

केटा-केटीहरुमा टाउको दुख्ने समस्या

डा. लालित कुमार मिश्र

काठमाडौं — शायद कुनै व्यक्ति नहोला, जसको जीवनमा कहिल्यै टाउको नदुखेको होस् । प्रत्येक व्यक्ति आफ्नो जीवनमा एक न एक पटक टाउको दुखेको समस्याबाट अवश्यपनि गुज्रिनु परेको हुन्छ । वास्तवमा टाउको अरु कुनै रोगको कारणले दुख्ने गर्दछ । जसलाई अग्रेजीमा 'हेडएक' भनिन्छ । यो आफैमा कुनै छुट्टै रोग होइन । अत्याधिक व्यस्त दिनचर्या, तनावयुक्त जीवन, भाग दौड, गलत आहार-विहारका कारण अचेल टाउको दुख्नु साधारण भएको छ ।

उहिले वयस्यकहरुमा टाउको दुख्ने समस्या देखिन्थ्यो भने अहिले युवा पिंढीमा पनि यो समस्या विकराल बनेर देखिन थालेको छ । अब यसको उमेरसँग कुनै संबन्ध नै रहेन । टाउको दुख्ने समस्या जहाँ पनि, जहिले पनि र जोसुकैलाई पनि हुन सक्छ । प्रायजसो अचेल ९ वर्ष देखि १३ वर्ष उमेरका स्कुले केटा-केटीहरुमा पनि टाउको दुख्ने समस्या देखिन थालेको छ । आमाबुबालाई टाउको दुख्यो भन्दा अभिभावकहरुलाई पढन अल्छि लागेर या स्कुल जान मन नलागेर बहाना गरेको होला भन्ने लागि रहेको हुन्छ । उनीहरुको कुरा अभिभावकले गंभिरतापूर्वक लिंदैनन् । केटा-केटीहरुको सम्बन्धमा यस किसिमको सोचाई राख्नु ठिक होईन । उनीहरुको कुरा अभिभावकले बुझ्नु पर्दछ ।

टाउको दुख्ने कारण :
विभिन्न कारणले गर्दा टाउको दुख्ने गर्दछ । यही नै कारण हो भनेर ठोकुवा गर्न सकिंदैन ।

भौतिक (शारीरिक) कारणहरु: दृष्ट्रीदोषको समस्या । जस्तै, (मायोपिया) टाडाको वस्तु देख्न नसक्नु । यो समस्या धेरैजसो केटा-केटीहरुमा पाईन्छ । चहकिलो प्रकाश या तेजिलो सुर्यको प्रकाश, ठुलोआवाज, होहल्ला आदिप्रति संवेदनशिलता । साईनोसाईटिस (पिनास), कानमा संक्रमण। हेमोग्लोबिनको स्तर सामन्यभन्दा कम हुनु या कमजोरी हुनु । अनियमित निन्द्रा, अनियमित जीवनशैली (जस्तै, समयमा खाना न खानु या भोकै बस्नु) । परीक्षा या साथीहरुको दवाव अथवा कक्षशिक्षकसँगको डिस्कसनको कारण तनाव उत्पन्न हुनु । अपच, कब्जियत वा पेटमा जुकापर्नु । लु-लाग्नु (सनस्ट्रोक) । रातिधेरै बेरसम्म जगरण बस्नु । मानसिक एवं भावनात्मक तनाव र कुन्ठ हुनु ।
शोक गर्नु र धैरै रुँदा पनि टाउको दुख्ने गर्दछ ।

माथि उल्लेखित कारणहरु सामान्य अवस्थामा टाउको दुख्ने कारणहरु हुन् । केही गंम्भिर प्रकृतिका रोगहरु पनि टाउको दुख्नेकारण हुन सक्छन् । जस्तै, हाइड्रोकेफलस (मस्तिष्क) मा पानि भरिनु, मस्तिष्कमा संक्रमण हुनु (मेनिन्जाईटीस, ईन्सेफ्लाईटीस, ब्रेन टीयुमर) हुनु । टाउकोमा गंम्भिर चोट पटक लाग्नु , नाथ्रिफुटनु (नाकबाट) रगत आउनु, दाँत दुख्नु आदि ।

लक्षण : पुरै टाउको दुख्नु, टाउको भारी हुनु, मन्दगतिले दुखि रहनु , कन पट्टिमा दुख्नु , टाऊँको निहुँराउदा दुखाई बढ्नु , हो-हल्लाले दखाई बढनु, सेक्दा, रुमालले टाउको बान्दा वा मालिस गर्दा दुखाइ कम भएको जस्तो लाग्नु चिसोपानीले टाउको धुँदा आराम हुनु, शान्त कोठामा सुत्दा आराम मिल्नु । आदि लक्षणहरु देखिन्छन् ।

रोग निवारणका उपायहरु : रोगको मुलकारक तत्वलाई पहिचान गरी, उपचार गर्ने होभने टाउको दुख्ने समस्याबाट पूर्णरुपले छुटकारा पाउन सकिन्छ । यदि टाउको दुख्ने समस्या बाह्य रहेछभने, केटा-केटीहरुको अनियमित निन्द्रा, समयमा खानाखाने वा उसको जीवनशैलीमा सामान्य सुधार गरिदिनुका साथै अभिभावकले अलिक समय दिने होभने यस समस्याबाट सहज रुपले नै छुटकारा पाउन सकिन्छ । कुनै औषधि उपचार को आवश्यकता पनि पर्दैन ।

यदि टाउको दुख्ने समस्याको कारण आन्तरिक रहेछभने माथि उल्लेख गरिएको रोगहरुको कारणले समस्या देखिएको हो भने तत्काल चिकित्सा कहाँ जाँच गराउनु पर्द५ । यस अवस्थामा अभिभावकहरुले तुरन्त ध्यानदिनु पर्ने हुन्छ । केटा-केटीहरुको कमजोर दृष्ट्रीको लागि एक योग्य आखाँरोग बिशेषज्ञ द्वारा परिक्षण गराई सुधारात्मक चश्माको प्रयोग गर्नाले ठिक हुन सक्छ । यस्तै, हेमोग्लोबिनको स्तर कम छ या कमजोरी छ भने कुनै बालरोग बिशेषज्ञको सल्लाह अनुसार निर्धारित टोनिकको सेवनले शरीरमा कम रहेको रातो रक्तकण लाई लेबलमा ल्याउन सकिन्छ । कसै-कसैको शरीर आन्तरिकरुपले भित्रैबाट कमजोर हुन्छ । यसकारण यिनीहरु चमकिलो प्रकाश, ठुलो आवाज, हो-हल्ला, तेजगंन्ध, तनाव आदिप्रति अतिसंवेदनशील हुन्छन् । जसको कारण यिनीहरुको शरीरले यि बाहरी कारकतत्वहरुको सामना गर्न असमर्थ हुन्छन । यसैगरी कानको संक्रमण- वाहृय र भित्रि कानको प्वालमा किटाणुबृद्धी हुने अवस्था जसलाई ओटाईटिस-एक्सटर्ना भनिन्छ, यि सब कमजोर ईम्युनिटीको कारण हुन्छन् । यस किसिमको समस्याहरुमा होमियोप्याथिक औषधिहरु निकै प्रभावशाली हुन्छ र व्यक्ति बिशेषको शरीरको प्रतिरक्षात्मक शक्तिको स्तरलाई बढाई यथाशिघ्र बिरामीलाई प्राकृतिक रुपले स्वस्थ्य लाभ गराउनमा सहयोग गर्छ । होमियोप्याथिकको विषेशता के हो भने यसको कुनै दुषप्रभाव (साईड-ईफेक्ट) हुँदैन ।

औषधि: केटा-केटीहरुमा टाउको दुख्ने समस्याको लागि लक्षणअनुसार प्रयोग हुने केहि औषधिहरु निम्नलिखित छन् । (१) नेट्रमा-म्युर : घामको कारणले टाउको निधारको देब्रे पट्टी दुख्नु, आखाँमा स्ट्रेस हुनु या मानसिक तनाव हुनु । यस किसिमको लक्षण भएमा यसको प्रयोग लाभदायक मानिन्छ । (२) बेलाडोना: टाउको निधारको दाहिने पट्टी दुख्नु , अनुहार रातो हुनु, घामको कारणले टाउको दुख्नु, तेजप्रकाश सहन नसक्नु आदि । यसकिसिमको अबस्थामा यस औषधिको प्रयोग गर्नसकिन्छ । (३) ग्लोनाइन : प्रचन्ड घाम वा लु-लाग्नुको कारणले टाउको दुखेको र बिरामीले पछाडि पट्टी टाउको लादा आराम महशुश हुनु आदि जस्ता लक्षण देखिएमा यस औषधिको उपयोग गरिन्छ । (४) सिड्रन: अत्याधिक टाउको दुख्नु, जुन प्राय, ठिक एउटै समयमा दुख्ने गर्छ । यस अवस्थामा यसको प्रयोग हितकर हुन्छ । (५) आर्जेन्टम नाईट्रिकम- आखाँमा बढी दवाव परेको कारणले यदि टाउको दुख्छ भने यसको प्रयोग गर्नुपर्छ । (६) पेटमा जुकाँ पर्नाले टाउको दुखेको हो भने – टियुक्रियम, नेट्रमफोस, सिना आदि औषधिको प्रयोग लाभदायक मानिन्छ । यसबाहेक कल्केरियाफाँस, कालिफाँस, ब्रायोनिया, जेल्सिमियम औषधिहरुको प्रयोग रोग तथा रोगीको अवस्था हेरिकन लक्षणअनुसार गर्न सकिन्छ । प्रत्येक व्यक्ति (बिरामी) एक अर्काबाट भिन्न हुन्छन् र उसको रोग लाग्ने कारण पनि भिन्नै हुनुको साथै उसको पीडा पनि बेग्ले किसिमको हुन्छ। यसकारण समष्टिगतरुपले (पूर्ण उपचार) उपचारको लागि कुनै योग्य तथा अनुभवि होमियोप्याथिक चिकित्सकसँग परामर्श लिइ निर्धारित औषधिको सेवन गर्नु उपयुक्त हुन्छ ।
अस्तु ।
Mishradr.lk@gmail.com

प्रकाशित : माघ २६, २०७३ १४:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्