हाड, जोर्नी विशेषज्ञ सम्मेलन सुरु

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाल अर्थोपेडिक एसोसिएसनको आयोजनामा राजधानीमा बुधबारदेखि हाडजोर्नी रोग विशेषज्ञहरूको तीनदिने सम्मेलन ‘अर्थोकोन २०१७’ सुरु भएको छ ।

सम्मेलनमा नेपाल, जापान, बंगलादेश, जर्मनी, भारत, थाइल्यान्ड, ताइवानलगायत मुलुकबाट करिब ३ सय हाडजोर्नी चिकित्सकको सहभागिता छ । एसोसिएसनका अध्यक्ष डा. दीपकप्रकाश महराले अंग प्रत्यारोपणलाई सरकारले स्वीकृति दिइसकेको परिस्थितिमा मुलुकमा बोन बैंक स्थापनाको माग गरेको बताए । कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले सरकारका तर्फबाट बोन बैंक स्थापना गर्न सघाउने आश्वासन दिए ।

प्रकाशित : फाल्गुन ५, २०७३ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?