कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

के पुरुषमा पनि हुन्छ रजोनिवृति?

डा. लालित कुमार मिश्र

काठमाडौं — अचेल पुरुषहरुमा पनि "एन्ड्रोपाज" फैलिंदै गईरहेकोछ । यसले व्यक्तिको पारिवारिक जीवनलाई नै तहस नहस पारिदिन्छ। पुरुषहरुमा हुने रजोनिवृति जसलाई "एन्ड्रोपाज" या "हाईपोगोनाडिज्म"को नामले चिनिन्छ । प्राय चालिस वर्ष उमेर पार गरेका पुरुषहरुको झुकाव यौन सम्बन्धतिर अझबढि हुन जान्छ । शोधकर्ताहरुको भनाईनुसार- तीस बर्षको उमेर पछि पुरुषहरुमा एन्ड्रोपाजको सुरुवात हुनथाल्छ ।

के पुरुषमा पनि हुन्छ रजोनिवृति?

महिलाहरुमा हुने रजोनिवृति (मेनोपाज) लाई सधै उमेरको साथ हारमोन्स् सम्बन्धी वदलावसँग जोडेर हेर्ने गरिन्छ । यस्तो पुरुषहरुमा पनि हुन सक्छ । केहि विषेशज्ञहरुले पत्ता लगाएका छनकि एन्ड्रोपाज ४० बर्ष उमेर पछि पुरुषहरुमा पनि हुन्छ । मेडिकल साईन्समा यसलाई "हाईपोगोडानिज्म" भनिन्छ। यस अवस्थामा पुरुषहरुको व्यवहारमा परिवर्तन हुन्छ । पुरुषको शारीरिक विकासमा टेस्टोस्टेरोन(हार्मोन्स) को धैरै ठुलो योगदान हुन्छ ।

पुरुषमा देखिने रजोनिवृतिका लक्षणहरु
१) हमेशा थकान महशुस हुनु 
२) हरसमय सुत्ने ईच्छा हुनु 
३) व्यवहारमा परिवर्तन आउनु 
४) कपाल झर्नु 
५) कुनै विषयमा ध्यानकेन्द्रित नहुनु 
६) सेक्स गर्ने ईच्छामा कमि आउनु 
७) शरीरको तौल बढ्नु आदि। 

विषेशज्ञहरुका अनुसार हार्मोन्सको स्तर जब कम हुन्छ, त्यसबेला पुरुषहरुमा मानसिक एवं शारीरिक परिवर्तनआउँछ । तर, सयमा पन्चनब्बे प्रतिशत मानिसहरुलाई थाहा नै हुँदैन । यो रोगले जोसुकैको जीवनलाई गम्भिर रुपले प्रभावित गर्न सक्छ । उमेर बढेसंगै हार्मोन्समा पनि परिवर्तन आउँछ । वास्तवमा बुढोपनलाई पुरुषले सजिलैसित बिर्सिन सक्दैन । यसैकारण आज विश्वभरी कै शोधकर्ताहरु एन्टि-एजिगं औषधिहरु बनाउनमा जुटेका छन् । ताकि मानिसको बढ्दो उमेरलाई बेलामै रोक्न सकियोस् । यस कुरालाई मेडिकल साईन्समा हार्मोन्स चेन्ज पनि भनिन्छ । उमेर जसरी बढ्दै जान्छ, मानिसको रुचि धार्मिक तथा अध्यात्मिकतातर्फ आकर्षित हुँदै जान्छ । प्राय योवन अवस्थामा मानिसलाई चर्को आवाजमा संगीत सुन्न, तेज गतिमा कार वा बाईक चलाउने, साथीभाईहरुसंग मोजमस्ति गर्न मन पराउँछन् । तर, उमेर बढेसंगै पुरुषहरु यि कुराबाट टाढा हुन थाल्छन् । उसको रुचि यि सबै चिजबाट हट्न थाल्छ । उनीहरुलाई महशुस हुनथाल्छ कि बढ्दो उमेरसँगै स्मरणशक्ति पनि कम हुन थाल्छ, स्वभावमा परिवर्तन आउन थाल्छ । योवन अवस्थामा रिसाउने, घुर्की लगाउने, झर्किने जस्ता व्यवहार गर्छन्भने पाको उमेर हुँदै जाँदा यि सबै बानी छोड्न थाल्छन् र नम्रतापूर्वक व्यवहार गर्न थाल्छन् । भावुक भएर खतराबाट सावधान रहन्छन । सुरक्षालाई बढि महत्व दिन थाल्छन् । यि लक्षण पुरुषहरुमा व्यवहारिकरुपले बढि स्पष्ट र पूर्णरुपले देखिन्छ । उपरोक्त व्यवहार महिलाहरुमा पहिले देखिने मौजुद रहन्छ तथा महिलाहरु सानै उमेरदेखि कोमल तथा भावुक हृदय भएका हुन्छन् । पुरुषहरुमा हुने यस प्रकारको मनोवैज्ञानिक, व्यवहारिक र शारीरिक परिवर्तनलाई एन्ड्रोपाज भनिन्छ । यस बिषयमा मेडिकल साईन्स तथा अनेक शोधकर्ताहरु- अनुसन्धान कार्यमा लागि रहेका छन् । तर यस महत्वपूर्ण बिषयमा हाम्रो समाज तथा घरपरिवारमा कमै मात्र चर्चा गरिन्छ । स्वभाविक नै हो, पुरुषहरुको लागि उसको पुरुषत्व महत्वपूर्ण हुन्छ। उसको मनमा आउने कोमलता र भावनात्मक परिवर्तनलाई आफ्नो कमजोरीको मान्दछ ।

के एन्ड्रोपाज ? 
पुरुषहरुमा ऊमेर बढ्नुको साथै भावनात्मक एवं शारीरिक परिवर्तन हुनुलाई एन्ड्रोपाज भनिन्छ। यसको सम्बन्ध केहि बिशिष्ट किसिमको हार्मोन्सको परिवर्तनसंग छ । शोधकर्ताहरुको भनाईअनुसार एन्ड्रोपाज वास्तवमा पुरुषहरुमा हुने मेनोपाज (रजोनोवृति) को एकरुप हो । यो उमेर बढनुको साथै कयौ पुरुषहरुमा हुने एक प्रकारको सामान्य शारीरिक प्रकृया हो र यो उमेरस‌ँगै बढ्दै जान्छ ।                    

यो प्रकृया कुन उमेरदेखि शुरु हुन्छ? 
४० देखि ४९ बर्षको अवस्थामा ५% को गतिले बढ्दछ । ५० देखि ६० को विचमा १०% र ७०/७१ को उमेरमा २५% देखि ५०% सम्म बढ्दछ। यसैगरी ८० देखि माथिको उमेरमा हाईपोगोनोडिजम घट्ने दर ९१%सम्म हुन्छ । उक्त उमेरका पुरुषहरुमा टेस्टोस्टेरान तथा डिहाईड्रोपनम ड्रोस्टेरान (हारमोन्स) बन्ने प्रकृयामा बिस्तारै कमि हुन थाल्छ। जसको परिणामस्वरुप लिडि‌ग सेल बन्नमा पनि कमि हुन थाल्छ ।

यस प्रकृयामा के हुन्छ ? 
यस अवस्थाको दौरान टेस्टोस्टेरान (हार्मोन्स) बन्ने गति मन्द हुन थाल्छ । यस किसिमको हार्मोन्स् परिवर्तनले पुरुषहरुमा शारीरिक तथा भावनात्मक परिवर्तन पनि ल्याउछ। यस्तो अवस्थामा अधिकतम् पुरुषहरु आफ्नो परिवारसंग समय बिताउन मन पराउछन्। जुन किसिमले पहिले आफ्नो युवाअवस्थामा करियर, पैसा र शक्तिलाई आफ्नो कब्जामा राख्न चाहन्छन्, एन्ड्रोपाजको दौरान यिनीहरुको सर्कलमा परिवार, ईष्टमित्र तथा नातेदारहरु पर्दछन् । आफ्नो केटा-केटीहरुप्रति व्यवहारिक हुन थाल्छन् । घरको काम-काज गर्न राम्रो लाग्छ । जस्तै, सरसफाई गर्नु, खाना पाकाउनु, बाल-बच्चाहरुको हेरबिचार गर्नु आदि इत्यादि । धार्मिक तथा अध्यात्मिक कार्यहरुमा पनि रुची बढ्न थाल्दछ । व्यर्थमा समय खेर फाल्दैनन । चुनौतिपूर्ण काम गर्न पछि हट्दैनन । आफ्नो जीवनकालको दौरान आर्जित गरेका अनुभवलाई सह्राना गर्न मन पराउछन् । यस बेला यदी कसैले उसको शारीरिक बदलाव तथा ढल्दो उमेर लाई लिएर उसलाई कातर, डरपोक भन्यो या परिआएमा हाँकदिन न सक्ने सम्झियो भने उसलाई रीस उठछ। यिनीहरु टेलिभिजनमा एड्भेञ्चर खेलहरु हेर्न बढि मन पराउछन् । मनोचिकित्सकको भनाईअनुसार- पुरुषहरुको लागि उसको पुरुषत्व सामाजिक स्तरमा नै स्थापित छ । यहीकारण पुरुष यसलाई घट्दै गएको देख्दा निराश र अलिक चिडचिडापन हुनथाल्छ । हुन त कमजोरी कुनैपनि पुरुषको लागि राम्रो मानिंदैन । 

तर, यस्तो अवस्थामा समाजमा उसको यस व्यवहारलाई लिएर उपेक्षा हुन थाल्छ । यसले गर्दा उसलाई अरुले रुखो व्यवहार गर्न थाल्छन् । यदि पत्नीले छाडेर घरबाट भागेर गइभने, यस अवस्थामा पुरुषले कारण बिना नै बेला-बेलामा घरका अन्य सदस्यहरुसँग मारपिट गर्न पछि पर्दैनन् । हल्लाखल्ला गर्न पछि पर्दैनन् । यस्तो अवस्था भए सम्झनु पर्छ की यो एन्ड्रोपाजको असर हो । यस्तो स्थितिमा सम्बन्धित चिकित्सकसँग अवश्य भेट्नुस् । यस रोगलाई निको पार्नको लागि होमियोप्याथी चिकित्सा पद्धतिमा अत्यन्त प्रभावकारी औषधिहरु छन् । यि औषधीहरुको कुनै प्रकारको साईड इफेक्टसमेत  हुँदैन । यस रोगबाट डराउनु पर्दैन ।  होमियोप्याथिक औषधिले एन्ड्रोपाजमको समस्यालाई सहज रुपले निर्मुल पार्दछ ।

होमियोप्याथिक औषधिहरु
टेस्टोरोन, स्टेफसिग्रिया, लाईकोपोडियम, डेमियाना, एसिडफोस, एन्ड्रोपाज, सोपागोडियम आदि औषधिहरु मध्ये लक्षण अनुसार को कुनै एउटा औषधिको प्रयोग अलिक लामो समय सम्म गर्नले यो रोग निको भएको देखिएको छ । उपरोक्त औषधिहरु कुनै योग्य तथा अनुभवि चिकित्सकको रेख-देखमा प्रयोग गर्नु राम्रो हुन्छ । चिकित्सकले तपाईको मानसिक एवं शारीरिक लक्षणअनुसार औषधिमा फेरबदल गर्नुको साथै खानपिन र जिवनशैली परिवर्तन गर्न उचित सल्लाह पनि दिन सक्छ । 
अस्तु
[email protected]

प्रकाशित : फाल्गुन ११, २०७३ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?