१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

वायु प्रदूषणले कतिसम्म असर गरिरहेको छ ?

मानव जीवनलाई वायु प्रदूषणले कतिसम्म असर गरिरहेको छ भने, एन्टिबायोटिक औषधिले काम गर्न छोड्दै छ । एउटा पछिल्लो अनुसन्धानमा दाबी गरिएअनुसार, वायु प्रदूषणका कारण जीवाणुको क्षमतामा वृद्घि भइरहेको छ र साससम्बन्धी संक्रमणको उपचारमा दिइने एन्टिवायोटिक औषधिको प्रभाव दिन(प्रतिदिन घटिरहेको छ ।

वायु प्रदूषणले कतिसम्म असर गरिरहेको छ ?

एन्टिबायोटिक औषधिले काम गर्न छोड्दै छ


वायु प्रदुषणले मानव जीवनलाइ कसरी प्रभावित गर्दै छ भन्ने बुझ्नमा सघाउ पुर्‍याउने यो अनुसन्धान ‘इन्भायरन्मेन्टल माइक्रोबायोलजी’ मा प्रकाशित छ । उक्त अध्ययनमा वायु प्रदुषणले मानव शरिरको श्वास(प्रश्वास प्रणाली अर्थात् नाक, घाँटी र फोक्सोलाइ कसरी नोक्सान पुर्‍याइरहेको छ भन्ने स्पष्ट गरेको छ ।
अध्ययन अनुसार, संक्रमण उत्पन्न गर्ने जीवाणुमा वायु प्रदुषणको निकै प्रभाव पर्ने गर्छ । अनि वायु प्रदुषणले संक्रमणलाई निम्त्याउँछ ।
वायु प्रदुषणको प्रमुख घटक कार्बन हो । यो बायोमास, डिजल, जैविक इन्धन डढ्नाले उत्पन्न हुन्छ । अनुसन्धान अनुसार, यो प्रदुषकले जीवाणु उत्पन्न हुने र यसको समुह वनाउने प्रकृयालाइ परिवर्तित गर्छ । यसले जीवाणुहरूलाई मानव शरीरको स्वास प्रस्वासको वाटो बढाउन,, लुक्न र मानिसको रोग प्रतिरोधी प्रणालीसँग जुध्न सक्षम बनाउँछ ।
यो अनुसन्धान स्टेफाइलोकोकस अयुरियस र स्ट्रेप्टोकोकस निमोनिया रोगाणुमा गरिएको हो । यी दुइटै जीवाणु श्वासप्रश्वास सम्बन्धी प्रमुख रोगका कारक हुन्, जसले एन्टिबायोटिकप्रति उच्च स्तरको प्रतिरोध देखाउँछन् ।
अनुसन्धानअनुसार, कार्बन स्टेफाइलोकोकस अयुरियसको एन्टिबायोटिकको प्रभाव सहने क्षमता बदलिदिन्छ । यो स्टेफाइलोकोकसले निमोनिया समुदायको पेनिसिलिनप्रति पनि प्रतिरोधी क्षमतासमेत बढाउँछ ।
कार्बन स्ट्रेप्टोकोकस निमोनिया नाकभन्दा तल्लो श्वासप्रश्वास प्रणालीमा फैलिन्छ, जसबाट रोगको खतरा बढ्छ ।

धुवाँधुलोमा धेरै बेर बस्दा मुटु रोगको जोखिम

हालैको अर्को अध्ययन अनुसार, वायु प्रदूषणमा निकै बेरसम्म बस्ने गर्दा मुटु रोगको खतरामा वृद्घि हुन्छ ।
अमेरिकाका ६ हजार ६ सय ५४ जना युवा र प्रौढहरूमा गरिएको यो अध्ययन ‘आर्टिरियोस्के लोरोसिस, थ्रोम्बोसिस एन्ड भास्कुलर बायोलजी’ मा प्रकाशित भएको छ ।
अध्ययनमा सहभागी भएकाहरू सवारीसाधन अति गुड्नाले बढेको वायु प्रदूषण भएको क्षेत्रमा बसोबास गर्थे । उनीहरूमा एचडीएलको स्तर कम पाइयो ।
मुटु रोगको जोखिम बढ्नुका कारण हो : उच्च घनत्व भएको लिपोप्रोटिन (एचडीएल) को स्तरमा कमी आउनु हो । एचडीएललाई सामान्य रूपमा राम्रो कोलेस्ट्रोल मानिन्छ । यातायातले गर्दा हुने प्रदूषणले राम्रो कोलेस्ट्रोलमा कमी ल्याउँछ ।
अध्ययनको दाबीअनुसार, उच्च वायु प्रदूषण भएका क्षेत्रमा एचडीएलको कम स्तर देखियो र यसलाइ मुटुको रोग बढ्ने खतराका रूपमा पहिचान गरियो ।
बढी पार्टिकुलेट म्याटर भएका ठाउँमा तीन महिनासम्म बस्नेहरूमा एचडीएलको स्तर कम पाइएयो उक्त अध्ययनमा उल्लेख छ ।
तर अध्ययनमा के पनि भनिएको छ भने, पुरुष र महिलामा वायु प्रदूषणको असर फरक–फरक हुन्छ । धेरै बढी प्रदूषण भएको क्षेत्रमा महिला र पुरुष दुवैका लागि एचडीएलको स्तर कम थियो, तर यसको असर महिलामा बढी देखियो ।

प्रकाशित : वैशाख १६, २०७४ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?