३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

वीरमा नि:शुल्क मृगौला प्रत्यारोपण सुरु

काठमाडौं — वीर अस्पतालले नि:शुल्क मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । सरकारको पूर्वघोषित निर्णयअनुसार नि:शुल्क प्रत्यारोपण सेवा सुरु गरिएको अस्पतालका निर्देशक डा. भूपेन्त बस्नेतले बताए ।

सिन्धुपाल्चोककी रस्मिला श्रेष्ठलाई उनकै दिदी लक्ष्मी श्रेष्ठले मृगौला दिएपछि अस्पतालमा नि:शुल्क मृगौला प्रत्यारोपण आरम्भ भएको उनले जानकारी दिए ।

मृगौला प्रत्यारोपणसम्बन्धी निर्देशिका– २०७४ अनुसार नै अस्पतालले नि:शुल्क कार्यक्रम सुरु गरेको बस्नेतको भनाइ छ । निर्देशिकामा एउटा बिरामीको मृगौला प्रत्यारोपण गर्दा स्वास्थ्य मन्त्रालयले अस्पताललाई ४ लाख रुपैयाँ र बिरामीलाई डेढ लाख रुपैयाँ दिने भनिएको छ । बिरामीले शल्यक्रियाअघि ५० हजार रुपैयाँ र प्रत्यारोपणपछि एक वर्षसम्मको औषधिका लागि एक लाख रुपैयाँ पाउनेछन् । मृगौलाको नि:शुल्क प्रत्यारोपणका लागि ३ सदस्यीय समिति गठन गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशित : वैशाख २७, २०७४ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?