३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नमोटाऊन् भन्न समयमै सुताऔँ

हालै गरिएको अनुसन्धानअनुसार नियमित रूपले समयमै सुत्ने, समयमै खाने र निश्चित समयमा मनोरञ्जन गर्ने प्रि–स्कुलका बालबालिकाको स्वास्थ्य राम्रो हुन्छ । उनीहरूमा मोटोपनाको सम्भावनासमेत कम हुन्छ ।

तीन वर्ष उमेर समूहका ३ हजार बालबालिकामा गरिएको यो अनुसन्धान ‘ओबिसिटी’ मा प्रकाशित छ । त्यसअन्तर्गत सहभागी बालबालिकाको दिनचर्याको मूल्यांकन गरियो । उनीहरूको सुत्न जाने, खाने र टीभी हेर्ने समयको समेत विश्लेषण गरियो ।

अनुसन्धानअनुसार, प्रि–स्कुलका बालबालिकाको दिनचर्या उनीहरूको राम्रो स्वास्थ्य विकाससँग जोडिएको हुन्छ । यसले बालबालिका मोटो हुने सम्भावनासमेत घटाउँछ ।

प्रकाशित : वैशाख ३०, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?