भर्‍याङ चढ्दा थुप्रै फाइदा

एउटा अनुसन्धानअनुसार, दिनहुँ १० मिनेट भर्‍याङ उक्लिने–ओर्लिने गरे आफूभित्र ताजापन अनुभव गर्न सकिन्छ । यो अभ्यासबाट ५० मिलिग्राम क्याफिन वा एक क्यान सोडा बराबर ऊर्जा प्राप्त हुन्छ ।

भर्‍याङ चढ्दा थुप्रै फाइदा


यो अनुसन्धान ‘साइकोलजी एन्ड बिहेभियर’ मा प्रकाशित छ । अनुसन्धानअन्तर्गत सहभागीहरूलाई भिन्नाभिन्नै दिन क्याफिनको क्याप्सुल वा १० मिनेट भर्‍याङमा हिँड्ने मौका दिइएको थियो ।

अनुसन्धानअनुसार, क्याफिनको सेवन र भर्‍याङ चढ्दा दुवै स्थितिमा बढी अन्तर हुँदैन । यसले व्यायामसँगै बढी ऊर्जावान्, फूर्तिलो अनुभव हुन्छ । भर्‍याङ चढ्ने व्यायामलाई कार्यालयमा समेत सजिलै गरेर फिटनेस कायम राख्न सकिन्छ ।

प्रकाशित : वैशाख ३०, २०७४ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?