३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

एस्प्रिनले स्तन क्यान्सरको जोखिम घटाउँछ

सामान्य दुखाइनाशक औषधि ‘एस्प्रिन’ को न्यून मात्रा लिएपछि महिलाहरूमा हुने स्तन क्यान्सरको जोखिम कम गर्न सकिन्छ । पछिल्लो अध्ययनमा यस्तै दाबी गरिएको छ ।

एस्प्रिनले स्तन क्यान्सरको जोखिम घटाउँछ

५७ हजार महिलामा गरिएको यो अध्ययन ‘ब्रेस्ट क्यान्सर रिसर्च जर्नल’ मा प्रकाशित छ । त्यसअनुसार, सातामा तीनपटक कम मात्रामा एस्प्रिनको सेवन गर्ने महिलामा समग्रको दाँजोमा स्तन क्यान्सरको १६ प्रतिशत कम जोखिम देखियो ।

यो अध्ययनमा स्तन क्यान्सर र एस्प्रिनबीच सम्बन्ध देखियो । तर ‘आइबोब्रुफिन’ ‘एसिटामिनोफेन’ जस्ता अन्य दुखाइनाशकको स्तन क्यान्सरसँग कुनै सम्बन्ध देखिएन । टाउको दुखाइ र अन्य पीडाका लागि दिनहुँ एस्प्रिन लिनुको कुनै फाइदा छ कि छैन भन्ने पनि अनुसन्धानबाट स्पष्ट भएन, न त मुटुसम्बन्धी रोगबाट बचाउकै संकेत देखियो ।

यो अध्ययनमा स्तन क्यान्सर र एस्प्रिनको खतरामा ध्यान दिइएको जनाइएको छ । एस्प्रिनको नियमित कम मात्राको उपयोग नै स्तन क्यान्सरबाट बचाउ गर्न सक्षम हुने पनि देखियो ।

एस्प्रिनको कम मात्रामा केन्द्रित रहेको यो अनुसन्धानले एस्प्रिनले ‘एस्ट्रोजेन’ हार्मोनको स्तर समेत कम गर्छ । अनुसन्धान परिणामअनुसार, एस्प्रिनको कम मात्रा स्तन क्यान्सरको जोखिम घटाउँछ, तर धेरैजसो व्यक्ति मुटु रोग र कोलोन क्यान्सरबाट जोगिन यसको नियमित सेवन गर्ने गर्छन् ।

प्रकाशित : वैशाख ३०, २०७४ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?