तपाईको जिउमा भएको मुसा क्यान्सरको कारण पनि बन्न सक्छ

काठमाडौं — मुसा यदी गर्धनको पछाडी छ या शरीरको झट्ट सबैको नजर नपर्ने ठाउँमा छ भने कुनै चिन्ताको बिषय हुँदैन । तर, कहिले काही मुसा अनुहारमा यस्तो ठाउँमा आईदिन्छ, जहाँ सबैको नजर सोझै पर्दछ । जस्तै- गाला, आँखीभौं, आखाँको परेली, नाकको टुप्पो, निधार आदिमा । अनुहारमा मुसा हेर्दा राम्रो देखिंदैन ।

तपाईको जिउमा भएको मुसा क्यान्सरको कारण पनि बन्न सक्छ

सभा समारोहमा यसले लाजमर्दो स्थिति बनाउनुको साथै तपाईको सौन्दर्यलाई नै असर पार्दछ । साधारण देखिने मुसा कहिले काही क्यान्सरको कारण पनि बन्न सक्छ । यस्तो स्थितिमा मुसालाई उपचार गरी हाटाउनु राम्रो हुन्छ ।

किन हुन्छ मुसा ?

जन्मिए पछि देखापर्ने मुसाको मुख्य कारण ईन्फेक्सन हो । यि मुसाहरु शरीरमा आउनुको कारण एक प्रकारको ह्युमन पेपिलोमा नामक भाईरस हो । छालामा पेपिलोमा भाइरसको कारण सा-साना, खस्रो, कडा खालको दर्दरहित दाना जस्तो छालामा पलाउद छ । केहि प्रकारका मुसाहरु शारीरिक सम्पर्क को माध्यमले पनि फेलिन्छ । मुसा तोरी को दाना देखि अंगूरको को आकार जत्रो पनि हुनसक्छ । मुसा शरीरको एक ठाउँ बाट अर्को ठाउँमा सर्दै जान्छ । यो एक किसिम को छालाको रोग हो । जसलाई मुसा( वार्टस) भनिन्छ । सामन्यतया शरीरमा देखिने मुसाहरु कालो, खैरो , सेतो, रातो किसिम को देखिन्छ भने कहिले काहि छालाको रगं जस्तो पनि हुन्छ । जसले गर्दा मानिसहरु लाइ यि मुसाहरु आएको थाहा नै हुदैन । यसकारण मानिसहरु यसको बारेमा ध्यान दिदैनन ।

लक्षणहरु : धेरै जसो मुसाहरु छालाको सतह भन्दा आलिक माथि उठेको खस्रो सतह भएको हुन्छ । आकारमा यो गोलो, अण्डाकार, च्याप्टो हुन्छ भने केहि चिल्लो मुलायम र च्येप्टो सतह भएको हुन्छ । कुनै मुसा पेन्डुलम किसिमको हुन्छ यताउति हल्लिने खालको पनि हुन्छ । केहि मुसा भने छुँदा दुख्ने खालको पनि हुन्छ । कुनै अजेरु पलाएको जस्तै हुन्छ । पानीले धुँदा वा नुहाउँदा ढाडिएर फुलेर आउँछ । हेर्दा घिन लाग्दो देखिन्छ, यस्ता मुसाहरु बिषेश गरी हात र खुट्टामा देखिन्छन् ।

मुसामा प्रकारहरु : (१) साधारण देखिने मुसाहरुलाई कमन वार्टस भनिन्छ । यस्ता मुसा हात, खुट्टा, मुख वा कपडाले नढाकिने शरीरका विभिन्न स्थानहरुमा बढी देखिन्छ । यि मुसा साना/ठुला पनि हुनसक्छ । यो मुसा हेर्दा खस्रो देखिने, सारो र पानी पर्दा फुल्ने खालको हुन्छ । बच्चा र बुढा सबैलाई यस प्रकारको मुसा आउँछ । (२) च्येप्टो खालको मुसा (फ्ल्याट वार्टस) बच्चा र बयस्क व्यक्तिमा बढी देखिन्छ । बिषेश गरेर केटा-केटीहरुको अनुहार, निधार, हात र खुट्टामा यो देखिन्छ । यो अन्य मुसा जस्तो सजिलै थाहा पाउन सकिन्न । यस्ता मुसा सा-साना थोप्ला जस्ता देखिन्छन् र यसको टुप्पो पनि समथर हुन्छ । यो दाह्री जुँगा भएको ठाउँमा बढी आउँछ । यस प्रकारको मुसा बच्चाको हातमा पनि देखिन्छ । (३) जेनिटल वार्टस (कन्डिलोमा) अर्थात प्राईभेट पार्टसमा देखिने यो मुसा सामान्यतया गुप्तांग क्षेत्र वरिपरि र तिघ्राको बीचमा तथा महिलाको योनीका साथै मलद्वारमा पनि देखिन्छ । यि मुसा यौन सम्पर्कबाट सर्दछ । यि मुसाहरु आकारमा अंगुरका झुप्पा जस्ता स-साना दाना देखि ठुला-ठुला झुप्पा जस्ता पनि हुनसक्छन् । (४) हत्केला र खुट्टामा देखिने मुसालाई प्लामो प्लान्टर वार्टस भनिन्छ । हत्केला र खुट्टाको पैतालामा हुने यस प्रकारका मुसाहरु दुख्ने र सारो हुनुको साथै बीच भागमा केहि खाल्डो युक्त हुन्छ । यसले गर्दा ब्यक्तिलाई हिड्डुल गर्न पनि अप्ठ्यारो हुन्छ । नङको जरा वा वरिपरि यस्तो मुसा आउँदा अत्यन्तै दुख्छ । (५) यस्तै अर्को प्रकारको मुसा जुन प्राय (बुचर ) कसाई (मासु काटी रहने मान्छे) को हातमा देखिन्छ । यस प्रकारको मुसालाई बुचर वार्टस भनिन्छ । यो साह्रै कडा हुन्छ र हेर्दा काउली जस्तो देखिन्छ ।

क्यान्सर कारक पनि हुन्छ मुसा : यदी तपाईलाई जन्मिदा देखिने कुनै मुसा छ भने यो हानिकारक हुँदैन । तर, मुसा जन्मेपछि या ठुलो भएपछि देखिएको हो भने समय बित्दै जाँदा यसले क्यान्सरको रुप धारण पनि गर्न सक्छ । यदी कुनै ब्यक्तिमा तीस बर्षको उमेर पछि मुसा पलाएको छ भने त्यसमा क्यान्सर हुने खतरा बढि रहन्छ ।

खतरानाक अवस्थाका मुसा : यदी शरीरमा भएको कुनै मुसाबाट रगत आएमा, यसलाई नजर अन्दाज गर्नु हुँदैन । यदी मुसा भएको ठाउँ चिलाउँछ भने पनि यसलाई हलुका ढंगले लिनु हुँदैन । तुरुन्तै चिकित्सकसंग सल्लाह गर्नु पर्छ ।

उपचार : हुन त मुसा ६ महिनादेखि बर्ष दिन भित्र आफै हराएर जान थाल्छ । त्यसको लागि कुनै विषेश उपचार गरिरहनु पर्दैन । शरीरका बिभिन्न भागमा रहेका मुसाहरुको उपचार विभिन्न प्रकारको बिधिबाट गरिन्छ । जस्तै- भौतिक रुपले नष्ट गर्ने । करेन्टले डामेर वा लेजर प्रबिधिबाट मुसालाई हटाउने आदि इत्यादी । यि बिधिका आफ्नै जटिलता र धेरै साईड ईफेक्टहरु पनि छन् ।

होमियोप्याथिक औषधि : रोगीको मानसिक एवं शारीरिक लक्षणको साथै मुसा शरीरको कुन अगंमा छ, त्यसको आकार, प्रकार, रंग, साईज ईत्यादी ध्यानमा राखेर रोगीको उपचार गरिन्छ । मुसाको उपचारको लागि प्रयोग गरिने केहि औषधिहरु निम्न लिखित छन् :

खैरो( ब्राउन) किसिमको मुसाको लागि – थुजा ।
सुख्खा किसिमको मुसा भएमा - स्टेफिसिग्रिया ।
फ्ल्याट (चेप्टो) प्रकारको मुसामा – डल्कामारा ।
झुन्डिएको (पेन्डुलम) मुसाको लागि –एसिड नाईट्रिक ।
पिपयुक्त मुसाका लागि – हिपर सल्फर ।
औलाको पछाडिको मुसाका लागि - डल्कामारा, थुजा ।
मुसा खस्रो, कडा र तिखो चुच्चो निस्केको मुसाका लागि – कस्टिकम ।
हातकेलामा देखिएको मुसाका लागि – नेट्रम–म्युर, रुटा, नेट्रम–कार्व, एनाकर्डियम ।
कम्मर पछाडीको भागमा मुसा भएमा – डल्कामारा ।
पैतालामा भएको मुसाको लागि – एन्टीम क्रुड । आदी ।

सल्लाह : केहि ब्यक्तिहरु मुसालाई हटाउन त्यसलाई काट्न लगाउँछन् वा घरमा आफैले काट्ने गर्छन् । कसैले चुन र सोडाको मिश्रणको लेदो बनाएर लगाउँने गर्छन् । तर, यसो गर्नु हुँदैन । मुसालाई डाम्ने, काटने या फुटाउने गर्नाले मुसाको भाइरस शरीरको अन्य भागमा पनि जाने खतरा हुन्छ । जसले गर्दा अझ बढि मात्रामा शरीरको बिभिन्न भागहरुमा मुसा पलाएर आउँछ।
अस्तु ।

[email protected]

प्रकाशित : असार २८, २०७४ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?