१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

असहनीय पीडायुक्त दिने 'सायटिका'

काठमाडौं — सायटिका कुनै रोग होईन, हाम्रो शरीर को एउटा लामो नाडीको नाम हो । जुन कम्मरको पाँचौ हड्डी तथा सेक्रम भटेब्राको बीचबाट हुँदै चाकदेखि खुट्टासम्म गएको हुन्छ ।

यस नाडीका तन्तु जब कुनै कारणवश च्यापिन्छ । त्यसबेला व्यक्तिलाई असहनीय दर्द महशुस हुन्छ । यस रोगमा दुखाई कम्मरबाट शुरु भएर तिघ्रा र पिडौंला हुँदै खुट्टाको औंलासम्म पुग्छ ।

असहनीय पीडायुक्त दिने 'सायटिका'

सायटिका कुनै रोग होईन, हाम्रो शरीर को एउटा लामो नाडीको नाम हो । जुन कम्मरको पाँचौ हड्डी तथा सेक्रम भटेब्राको बीचबाट हुँदै चाकदेखि खुट्टासम्म गएको हुन्छ ।

यस नाडीका तन्तु जब कुनै कारणवश च्यापिन्छ । त्यसबेला व्यक्तिलाई असहनीय दर्द महशुस हुन्छ । यस रोगमा दुखाई कम्मरबाट शुरु भएर तिघ्रा र पिडौंला हुँदै खुट्टाको औंलासम्म पुग्छ । यदी समयमै यसको उपचार गरिएन भने ब्यक्तिलाई यसले पंगु बनाई दिन्छ अर्थात हिडडुल गर्न, उठ्न, बस्न समेत नसक्ने बनाई दिन्छ ।

अलिकति पनि शरीर हल्लियो भने प्रभावित भागमा करेन्ट लागेको जस्तो झट्टका लागेर असनीय दर्द शुरु भईहाल्छ । यसरी हिपदेखि पैतालासम्मको नशामा दर्द सम्बन्धि समस्या भएमा यसलाई मेडिकल भाषामा सायटिका पेन भनिन्छ ।

कारण: सायटिका हुनुको कयौं कारण हुन सक्छन् । जस्तै, चिसो लाग्नु, कब्जियत हुनु, कहिले काहि यो नसा सुन्निनु (न्युराईटिस) ले पनि हुन्छ । मुल कारण भने ब्यक्तिको अनियमित जीवन शैली तथा हिड्ने, उठ्ने, बस्ने गलत तरिका हो । रिढको हड्डिको भागको नशा तनाव उत्पन्न भएमा दुई किसिमको स्थिति पैदा हुन्छ । पहिलो, डिस्क हर्निएशनलाई सामान्य बोलचालको भाषामा यसलाई स्लिपडिस्क पनि भनिन्छ । सायटिका दर्दको यो ठुलो कारण हो । दोस्रो, स्पाईनल स्टेनोसिस यो समस्या अधिकांश ब्यक्तिहरुमा चोट पटक लाग्नु या पिठ्युमा बढी भारी बोक्नाले उतपन्न हुन्छ । यस बाहेक लामो बाटोको पैदल हिडाई, धेरै साईकल चलाउनु, मोटर साईकल अथवा स्कुटर चलाउनले सायटिक नर्वमा दबाव पर्दछ । निकै लामो समयसम्म उभिनु वा कुर्सीमा बसिरहनुले नशामा असर पारेपछि यो समस्या देखा पर्छ । हड्डिको बाथको कारणले पनि यो समस्या देखिन सक्छ । बढ्दो उमेरको कारणले पनि यो मस्या हुन सक्छ ।

लक्षण: सायटिकाको शुरुवात अचानक र तिब्र पीडाका साथ हुन्छ । हुन त रोग जुनसुकै बेला र कुनैपनि उमेरमा हुनसक्छ । तर, ४०/५० बर्ष उमेर पुगेका मानिसहरुमा यो समस्या बढि देखिन्छ । सायटिकाको दर्द एक समयमा एउटै खुट्टामा मात्र हुन्छ । बर्खामा र जाडोको सिजनमा यसले धेरै दु:ख दिन्छ । यसको दुखाई झन बढेर जान्छ । सुत्दा बस्दा बिरामीको खुट्टाको नशामा खिचाव हुन्छ । जसले गर्दा बिरामीलाई धेरै तक्लिफ हुन्छ । सायटिकामा दुखाई हिपज्वान्टको पछाडीबाट शरु भएर बिस्तारै-बिस्तारै नर्व मार्गबाट खुट्टाको बुढी औलासम्म जान्छ । घुँडा र पिडौलाको पछाडिपट्टी बहुतै पीडा हुन्छ । दुखाईको साथसाथै प्रभावित खुट्टा सुन्निन्छ ।

रोग पुरानो (क्रोनिक) भएको अवस्थामा सायटिकाबाट प्रभावित खुट्टा अर्को खुट्टाबाट अलिक छोटो देखिन्छ । पिडौंलाको मांशपेशी ज्यादै कमजोर हुन्छ । उभिनु र हिड्डुल गर्न असहज हुन्छ । आराम गरे दुखाइ कम हुने र फेरि काम गर्ने बितिकै दुख्ने आदि लक्षणहरु देखिन्छ ।

रोग निदान: सायटिकाको निदानको लागि आवश्यक फिजिकल परिक्षणको साथै एम.आर.आई पनि सम्बन्धित चिकित्सकबाट गराइन्छ । यि परिक्षणबाट रोग बारे स्पष्ट हुन्छ । यसै अनुसार चिकित्सक र बिरामीको सल्लाह अनुसार उपचारको व्यवस्था मिलाईन्छ ।

सायटिकाबाट बच्ने उपाय : एकै स्थानमा लामो समयसम्म न बस्ने । प्रत्येक एक घन्टामा केहि बेर उभिने, हिड्डुल गर्ने, हात खुट्टा तन्काउने गर्नु पर्छ । निहुँरेर भारि बजनदार वस्तु नउठाने किनभने यसले रिढको हड्डिको जोर्निमा बढि दबाब पर्दछ । कुर्सिमा सिधा भएर बस्ने तथा कम्मर पछाडि सानो सिरानी पनि राख्न सकिन्छ । कम्मर तथा रिढको हड्डिको कसरत नियमित रुपले गर्ने । तर, आफ्नो चिकित्सकको सल्लाह लिएर केहि एक्सरसाईजहरु जस्तै, क्वाड्रिसेप स्ट्रेच, कैट एवं केमल एक्सरसाईज, एबडोमिनल क्रेंचेज, आईसो मेट्रिक्स, हेमस्टिंग स्ट्रेच, पिरी फांर्मिस स्ट्रेच आदि गर्न सकिन्छ ।

सल्लाह: हल्का सुपाच्य भोजन गर्ने, शरीरको तोल बढ्न नदिने । शरीरलाई न्यानो राख्ने, मन तातो पानीले नुहाउने । सनबाथ पनि राम्रै हुन्छ । नरम गद्दादार औछ्यानमा नसुत्ने । हट ब्यागले सेक्ने । अगाडी पट्टी निहुँरेर काम नगर्ने । बेस्ट्रन टायलेटको प्रयोग गर्ने ।

आहार: हल्का सुपाच्य भोजन गर्ने । आफ्नो आहारमा त्यस्ता खाद्य पदार्थहरुको प्रयोग गर्ने जस्म पोटासियमको मात्रा बढी होस् जस्तै, केरा, आलु, सुन्तला । खानामा चिसो प्रकृति भएका खानेकुराहरु खानु हुँदैन । जस्तै, दही, मुला, अरवी, गोलभेडा, कागती आदिको सेवन गर्नु हुँदैन ।

सायटिकको उपचार : शुरुको अवस्थामा आराम गर्ने, यदी दुखाई कम छ सहन सकिन्छ भने दुखाई कम गर्ने पेन किलर औषधि सकेसम्म नखाने । बिरामीलाई काठको खाटमा पातलो डस्ना राखेर कडा खालको औछ्यानमा दुई-तीन साता सिधा सुत्ने । बालुवा अथवा अलिक नुन तताएर रुमाल वा तौलियामा पोको पारी रिढको हड्डिलाइ सेक्ने । खुट्टाको पैतालामा मालिस गर्नु हुँदैन । पेट सफा राख्ने, कब्जियत हुन नदिने । यदी कब्जियत भएमा राति सुत्ने बेलामा एक गिलास दुधमा एक चम्चा कास्टर आयल हालेर सेवन गर्ने । यसबाट पेट सफा हुनमा सहयोग पुग्छ ।

व्यायाम: औषधिको सेवनको साथसाथै फिजियोथिरापि वा योगासन यि दुवै मध्ये कुनै एउटा बिधि अपनाएर एक्सरसाईज गर्दा सायटिक रोगलाई निर्मुल पार्नमा धेरै मद्दत मिल्दछ । लाभदायक आसनहरु जस्तै, मकरासन, बज्रासान, भुजागांसन, मत्स्यासन आदि । यसको अभ्यास कुनै योगाचार्यको रेखदेखमा नै गर्नु उचित हुन्छ । यि आसनहरुको नियमित अभ्यासले पनि सायटिकाको रोगीलाई निकै फाईदा मिल्दछ ।

होमियोप्याथिक औषधोपचार: होमियोप्याथिकमा रोगीको मानसिक एवं शारीरिक लक्षणका साथै रोगकोअवस्था तथा रोग हुने कारणसमेतलाई ध्यानमा राखेर उपचार गर्ने गरिन्छ । सायटिक रोगोपचारमा सफलता पूर्वक प्रयोग गरिने केहि औषधिहरु निम्न लिखित छन । यसमा ब्रायोनिया, रसटक्स, कोलोसिन्थय, गनाफाइलम, मेगफोस, टेल्युरियम, सिपिया, रुटा, एमोन म्युर, कास्टिकम, एस्कुलस हिप, कालिब्रोम, डायस्कोरीया, एसिड सल्फ, केमोमिला, कल्केरिया कार्ब, पल्मबम, कोलचिकम आदि औषधिहरु उपयोगी हुन्छ । उपरोक्त उल्लेख गरिएका औषधीहरु आफ्नो नजिकको कुनै होमियोप्याथिक चिकित्सकस‌ंग सल्लाह लिई प्रयोग गर्नु उचित हुनेछ । अस्तु ।
[email protected]

प्रकाशित : भाद्र ७, २०७४ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?