कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुग्दो नसुत्ने बालबालिकालाई मधुमेहको जोखिम

काठमाडौं — हालैको एउटा अध्ययनको दाबीअनुसार, राति मज्जाले नसुत्ने बालबालिकालाई टाइप–२ मधुमेह हुने जोखिम धेरै बढी हुने रहेछ । बेलायतमा विभिन्न जातिका, ९–१० वर्ष उमेर समूहका ४ हजार ५ सय २५ बालबालिकामा गरिएको यो अध्ययन ‘पिडिएट्रिक्स’ मा प्रकाशित छ ।

पुग्दो नसुत्ने बालबालिकालाई मधुमेहको जोखिम

उक्त अध्ययनअन्तर्गत बालबालिकाको शारीरिक नाप, रगतको नमुना र प्रश्नावलीको तथ्यांक संकलित गरियो । राति धेरै ढिलो सुत्ने बालबालिको तौल अलि कमै हुने उक्त अध्ययनमा उल्लेख छ । मस्त निद्रा र इन्सुलिन, इन्सुलिनप्रतिरोधी तथा रगतमा ग्लुकोजको विपरीत सम्बन्ध हुन्छ । अर्थात्, बढी समयसम्म सुत्ने बालबालिकामा इन्सुलिन, इन्सुलिनप्रतिरोधी र रगतमा ग्लुकोजको स्तर कम हुन्छ । 

बेलायतको नेसनल हेल्थ सर्भिसले १० वर्षका बालबालिकालाई १० घण्टा सुत्ने सल्लाह दिएको छ । अध्ययनअनुसार, जीवनको प्रारम्भिक समयमा निद्राको समय बढाउनाले शरीरमा बोसो र टाइप–२ मधुमेहको स्तर कम गर्नमा सहयोग मिल्छ । बाल्यकालमा पर्याप्त सुतेको फाइदा युवावस्थामा पाइन्छ । 

 

प्रकाशित : भाद्र १०, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?