कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिनहुँ मद्यपान गर्दा छालाको क्यान्सर

काठमाडौं — बढी मद्यपान गर्ने व्यक्तिमा छालाको क्यान्सर हुने सम्भावना बढ्छ ।

दिनहुँ मद्यपान गर्दा छालाको क्यान्सर

‘ब्रिटिस जर्नल अफ डर्मेटोलजी’ मा प्रकाशित यो अनुसन्धानअनुसार दिनहुँ १० मिलिग्रामभन्दा बढी मद्यपान गर्दा भेसल सेल कार्सिनोमाको खतरा ७ प्रतिशत र स्किन स्क्वमस सेल कार्सिनोमाको जोखिम ११ प्रतिशतसम्म बढ्छ । नन मेलेनोमा क्यान्सरका दुइटा सामान्य प्रकार हुन् यी ।

अनुसन्धानअनुसार, परावैजनी विकिरण सीधै बीसीसी र सीएमसीसीसँग जोडिएको छ । अर्कातिर, मदिरा र क्यान्सरको सम्बन्ध सटिक रूपमा परिभाषित छैन । छालाको क्यान्सर हुने जोखिम मदिराको मात्रामा निर्भर गर्छ ।

प्रकाशित : भाद्र १०, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?