आँखा दानमा चेतना बढेन

काठमाडौं — आँखा प्रत्यारोपणबारे ज्ञान र चेतना नहुँदा आँखा दानमा जनचासो बढ्न सकेको छैन । तिलगंगा आँखा अस्पतालका आँखा बैंक व्यवस्थापक पंखनारायण त्वायना चेतना अभावमा थुप्रैले यो अवसर गुमाएको बताउँछन् ।

अस्पतालको आँखा बैंकमा हालसम्म ६० हजारले आँखा दानका लागि इच्छापत्र जाहेर गरेका छन् । यसबाहेक अस्पतालले हालसम्म राजधानीका विभिन्न अस्पताल, पशुपति आर्यघाट, विद्युतीय शवदाह गृहलगायत ठाउँबाट पनि आँखाको नानी संकलन गर्ने बैंकले जनाएको छ ।

मृतकका परिवारलाई परामर्श गरी सम्झाउन सके मात्रै आँखाको नानी दान हुने व्यवस्थापक त्वायना बताउँछन् । ‘आफ्नो मृत्युपश्चात् नेत्र दान गर्दा दृष्टिविहीनले संसार देख्न पाउने भएकाले आँखा दानलाई महादानका रूपमा चेतना स्तर बढाउन सके अभियान धेरै अघि बढ्छ, धार्मिक मूल्य मान्यताका कारण प्रत्यारोपणबारे बुझाउन अप्ठयारो छ,’ उनले भने । बर्सेनि लाखौं आँखा माटो र आगोमा खेर गइरहेको तर अस्पतालमा भने नानी फेर्न सेवाग्राहीले कुर्नुपर्ने बाध्यता भएको उनले जनाए । ‘इच्छाएका व्यक्तिको परिवारले इच्छुकको मृत्युको खबर दिँदैनन्, हामीले सम्पर्क गरेर सोध्ने कुरा पनि आउँदैन,’ उनले भने । 

आव ०७३/७४ मा ७ सय ११ जनाले आँखा दान गरेको बैंकको तथ्यांक छ । ४ वर्षअघिदेखि दानका लागि राजधानीका केही अस्पतालले पनि चेतना फैलाउने काम गर्दै आइरहेका छन् । 

 

प्रकाशित : भाद्र २८, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?