महिलाको मस्तिष्क बढी सक्रिय

एक अध्ययनले महिलाको मस्तिष्क पुरुषको भन्दा बढी सक्रिय हुने बताएको छ । महिला मस्तिष्क मुख्य रूपले आवेग नियन्त्रण, ध्यान केन्द्रित, भाव र तनावको क्षेत्रमा बढी सक्रिय हुने बताइएको हो ।

 महिलाको मस्तिष्क बढी सक्रिय

४६ हजार ३४ वटा मस्तिष्कको इमेजिङ अध्ययन गरेर तयार पारिएको उक्त अनुसन्धान जर्नल अफ अल्जाइमर डिजिजमा प्रकाशित भएको हो ।

उक्त अध्ययनले महिलाको मस्तिष्क पुरुषको दाँजोमा केही क्षेत्रमा बढी सक्रिय पाइएको थियो । लिंगमा आधारित मस्तिष्कको भिन्नता बुझ्नलाई यस अध्ययन महत्त्वपूर्ण मानिएको छ । पुरुष र महिला मस्तिष्कबीचको यस्तो भिन्नताको पहिचान अल्जाइमर रोग जस्तो मस्तिष्कसँग जोडिएको विषयलाई लैंगिक आधारमा बुझ्न महत्त्वपूर्ण मानिएको छ ।

महिलाको मस्तिष्क मुख्य रूपले आवेग नियन्त्रण, भावुकता, ध्यान र तनावको क्षेत्रमा बढी सक्रिय फाइदा पुरुषको मस्तिष्क भने दृश्य र समन्वयन केन्द्रमा बढी सक्रिय देखिए । अध्ययनमा १ सय १९ स्वस्थ व्यक्ति र मस्तिष्कको आघात, वाई पोलर डिजअर्डर, मनोदशा विकार, सिजोफ्रेनिया भएका विभिन्न २६ हजार ६ सय ८३ बिरामीलाई समेत सामेल गरिएको थियो । यी विषयमा एकाग्रतावाला काम गर्दा समय जम्मा १ सय २८ मस्तिष्क क्षेत्रको विश्लेषण गरियो ।

मस्तिष्कको विकारले पुरुष र महिलालाई फरकफरक तरिकाले प्रभावित गर्ने पनि अध्ययनले देखाएको थियो । महिलामा उल्लेखनीय रूपले अल्जाइमर रोग, अवसाद र तनाव विकारको दर बढी देखियो भने पुरुषमा एडीएचडीको दर र आचरणसम्बन्धी समस्या बढी देखिएको हो ।

अध्ययनमा के पाइयो भने, महिलामा प्रिफन्टल कर्टेक्स रगतको प्रवाहको कारण सहानुभूति, अन्तरज्ञान, आत्म नियन्त्रण, चिन्ता र सहयोगको क्षेत्रमा बढी शक्ति प्रदर्शित गर्छ । प्रि–फ्रन्टल कर्टेक्समा रगतको प्रवाहमा वृद्घिले गर्दा बढी चिन्ता, उदासी रोग, अनिद्रा, खानपानमा असन्तुलन पाइने गर्छ ।

प्रकाशित : आश्विन ७, २०७४ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?