राम्रो पुस्तकले स्मरणशक्तिलाई तिखार्छ

कान्तिपुर संवाददाता

काठमाडौं — एउटा अनुसन्धानको दाबीअनुसार, राम्रो पुस्तक पढ्नाले मस्तिष्कमा सकारात्मक परिवर्तन आउँछ, यसले स्मरणशक्तिलाई तिखार्छ ।

 राम्रो पुस्तकले स्मरणशक्तिलाई तिखार्छ

यो अध्ययन जर्नल ब्रेन कनेक्टिभिटीमा प्रकाशित भएको हो । यो अनुसन्धानअन्तर्गत विश्वविद्यालयका २१ विद्यार्थीलाई रावर्ट हारिसको पुस्तक ‘पाम्पेई’, पढ्न दिइएको थियो । १९ दिनसम्मको निगरानीमा मस्तिष्कको बायाँ खण्ड सक्रिय पाइयो । यो अध्ययनमा फंग्सनल म्याग्नेटिक रेसोनेन्स इमेजिङ (एफएमआरआई) को सहयोग लिइएको थियो ।

राम्रो पुस्तक पढ्नाले मस्तिष्कमा सकारात्मक परिवर्तन आउँछ । राम्रो पुस्तक पढ्नाले मस्तिष्कमा कुनै कामलाई गर्नका लागि विचारको गतिविधि सक्रिय हुन्छ । यसले मस्तिष्क कुनै विषयलाई छिट्टै याद गर्छ ।

अनुसन्धानअनुसार, राम्रो कथा पढ्नाले मस्तिष्कको काम गर्ने तरिका पनि परिवर्तन गर्न सकिन्छ । यदि तपाईं केही बढी नै नकारात्मक सोचाइ राख्नुहुन्छ भने राम्रो पुस्तक पढेर तपाईं यसलाई सकारात्मक बनाउन सक्नुहुन्छ ।

अध्ययनमा एफएमआरआई स्केनरको सहयोगले थाहा पाइयो कि कथा पढ्नाले मस्तिष्कको आरामको अवस्थामा परिवर्तन आउँछ ।

कथाले हाम्रो जीवनलाई आकार दिन्छ । एउटा राम्रो कथा मस्तिष्कको सम्झना क्षमता बढाउँछ । कथा पढ्नाले मस्तिष्कमा स्नायुसम्बन्धी परिवर्तन हुन्छ । शरीरमा उत्तेजना हुन्छ र हामी आफूलाई कथाको पात्रको रूपमा अनुभव गर्न थाल्छौं । पुस्तक पढ्ने समय मस्तिष्क ‘भर्चुवल (यथार्थभाषी) दुनियाँमा पुग्छ र त्यही गतिविधिलाई सही मान्छ ।

प्रकाशित : आश्विन २१, २०७४ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?