आँखा पाक्ने रोगबाट बच्ने उपायहरु

डा. ललित कुमार मिश्र

काठमाडौं — आँखाको बिभिन्न समस्याहरु मध्ये आँखा पाक्ने रोग सामान्य रोग हो । आँखा रातो हुनु , आँशु बग्नु, आँखाको ढकनी सुन्निनु, कचिरा लाग्नु आदि आँखा पाक्ने संकेत हुन् । बोलीचालीको भाषामा यसो हुनु भनेको आँखाको रोगी भएको सूचक हो । यसलाई चिकित्साको भाषामा 'कन्जक्टीवाईटिस्' भनिन्छ । 'कन्जक्टीवाईटिस्' एक प्रकारको वायरल इन्फेक्सन हो । जुन कहिले काहिं ब्याक्टेरियाको कारणले पनि हुन सक्छ । यसलाई आम भाषामा आँखा पाक्नु भनिन्छ । यो एक संक्रामक रोग हो ।

आँखाको बिभिन्न समस्याहरु मध्ये आँखा पाक्ने रोग सामान्य रोग हो । आँखा रातो हुनु , आँशु बग्नु, आँखाको ढकनी सुन्निनु, कचिरा लाग्नु आदि आँखा पाक्ने संकेत हुन् ।

बोलीचालीको भाषामा यसो हुनु भनेको आँखाको रोगी भएको सूचक हो । यसलाई चिकित्साको भाषामा 'कन्जक्टीवाईटिस्' भनिन्छ । 'कन्जक्टीवाईटिस्' एक प्रकारको वायरल इन्फेक्सन हो । जुन कहिले काहिं ब्याक्टेरियाको कारणले पनि हुन सक्छ । यसलाई आम भाषामा आँखा पाक्नु भनिन्छ । यो एक संक्रामक रोग हो ।

रोगीको तौलिया या रुमालको प्रयोग गर्नले पनि यो रोग फैलिन्छ । एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिलैसित सर्ने हुन्छ । यद्यपी धेरै धुलो, धुवाँ र प्रदूषणबाट पनि यो समस्या हुन जान्छ ।

कारणहरु : ब्यक्तिगत सरसफाईको अभावमा ब्याक्टेरियाको ईन्फेक्सन हुन सक्छ । लामो समयसम्म बिजुली बत्तिमा काम गर्नले पनि आँखामा तनाव हुन्छ । सार्बजनिक स्वीमिङ् पुलमा पौडी खेल्दा संक्रमण हुन सक्छ । आँखामा कन्ट्याक्ट लेन्स सोलुशन, सौन्दर्य प्रसाधनको प्रयोगबाट हुने एलर्जी, कसैकसैमा परिवारको कोहि सदस्यको आँखामा एलर्जी भएमा अन्य सदस्यहरुमा पनि देखिन सक्छ । ब्याक्टेरियल ईन्फेक्सनमा सामान्यत दुबै आँखा प्रभावित हुन्छ । चिप्रा बढि देखिन्छ । भाइरल ईनफेक्सनबाट आँखा पाकेको हो भने एउटै आँखा प्रभावित हुन्छ ।

लक्षण: आँखाबाट पातलो पानी जस्तो आँसु बगिरहन्छ । उज्यालोमा आँखा तर्मिराउने, पोल्ने हुन्छ । आँसु बग्ने नलीमा अवरोध भएमा पनि आँखाबाट आँशु बगिरहन्छ । एलर्जीबाट आँखा पाकेमा धेरैजसो आँखा चिलाउने हुन्छ । घाममा हेर्न वा बस्न गाह्रो हुनु । प्रकाश सहन नसक्नु । आँखाको ढकनी सुन्निनु, चिलाउनु र जलन हुनु । आँखा भारी हुनु । आँखा पाक्नु, चिप्रा लाग्नु , पिप जम्नु । बिहान उठ्दा आँखाको ढकनी पुरै टाँसिनु, आँखा खोल्न गाह्रो हुनु ।

सल्लाह: आँखा रोग बिषेशज्ञको भनाई अनुसार यस रोगको दौरान ब्यक्तिमा आँखा चिलाउनु, धमिलो देख्नु जस्ता समस्या हुन्छ । यसबाट बच्न प्रशस्त पानी पिउनु राम्रो हुन्छ । यस बाहेक सिजन अनुसारको हरियो साग–सब्जी, ताजा मौसम अनुसारको फलफुलको सेवन गर्नु, प्रर्याप्त मात्रामा निदाउनु आदि पनि यस रोगलाई निवारण गर्नमा मद्दत गर्दछ । चिसो बस्तु – जस्तै काक्राको पातलो सलाईस बनाएर आँखामा राख्नु राम्रो हो ।

बचाव : संक्रमित, आँखालाई छुने वा माड्ने गर्नु हुन्न । धुलो धुवाँबाट बच्ने प्रयास गर्ने । बिषेश गरी जब तपाई दिनभरी काम गरी बेलुकी घर फर्किनु हुन्छ, त्यसपछि एक पटक आँखालाई चिसोपानीले धुनु पर्दछ । अरुको तौलिया, रुमाल, सिरानी, ओछ्यान आदिको प्रयोग गर्नु हुँदैन । मोटर साईकल , स्कुटर चलाउदा सनग्लास को प्रयोग गर्नु राम्रो हुन्छ । स्वीमिड।गर्दा चश्मालागाएर गर्नु पर्दछ । यस रोगबाट संक्रमित ब्यक्तिबाट टाढा नै बस्ने । आँखामा जोरपर्ने गरि कुनै काम नगर्ने । बिधार्थीको हकमा भने स्कुल नजाने घरमै बसेर केहि दिन आराम गर्ने । प्रभावित आँखालाई छोएपछि ढोकाको चुकुल, भाँडाकुँडा, फ्लसको स्वीच आदि छुँदा तौलियाले छुने । घरका अन्य सदस्यले पनि रोगीसंग आँखा नजुदाउने तथा टाँडा नै बस्ने ।

होमियोप्याथिक उपचार : आँखाको लिड सुन्निनु , दर्दम हशुस हुनु, भाँपले सेक्दा अलिक आराम महशुस हुनु , चिसोबाट रोगिको कष्ट बढनु , दिउसोको भन्दा राती र प्रातकालमा समस्या बढ्नु जस्तो लक्षणमा हिपरसल्फर- ३०/ शक्ति लाभप्रद हुन्छ । आँखा पाक्ने अवस्थामा बिरामीलाइ निरन्तर आँखा चिम्ली राख्न ईच्छा हुनु, सामान्य प्रकाश पनि सहन गर्न नसक्नु जस्ता लक्षण देखिएमा कोनियम ३०/ शक्तिमा प्रयोग लाभदायक हुन्छ । आँखाको लिड रातो र सुन्निएको जलनको साथै मौरीले चिले जस्तो दर्द हुनु, चिसो पानीको प्रयोगले केहि राहत महशु; हुनु जस्ता लक्षण छन् भने – एपिस मेलिफिका -३० / शक्ति सेवन गर्नु उपयोगी हुन्छ । यसबाहेक रोगीको अवस्था (लक्षण) अनुसार अन्य औषधिहरुको पनि प्रयोग गर्न सकिन्छ । जस्तै- एकोनाट, बेलाडोना, पल्साटिला, युफ्रेशिया, आर्जेन्टम नाईट्रिकम, ग्रेफाईटिस, फेरमफोस, कालिम्युर, कालिसल्फ, सल्फर, साईलिसिया आदि । उपरोक्त औषधिहरु आफ्नो नजिकको कुनै चिकित्सकसँग सल्लाह लिइ सेवन गर्नु उचित हुन्छ ।
अस्तु ।
Mishradr.lk@gmail.com

प्रकाशित : आश्विन २५, २०७४ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्

अभावैअभाव झेल्दै एकल महिला

अनिश तिवारी

सिन्धुपाल्चोक — शक्तिशाली भूकम्प गएको साढे दुई वर्ष हुनैलाग्दा पनि अधिकांश भूकम्पपीडितहरुले टहराको बासबाट छुटकारा पाएका छैनन् । सरकारी अनुदान वितरण ढिलाई, घर निर्माण मजदुर अभावलगायत कारणले पीडित नागरिक कष्टकर जीवन बिताइरहेका छन् । कतिपय परिवार घर बनाउन नसक्नुको पीडासँगै थप बेदना सही बसेका छन् ।

यस्तै पीडामाथि पीडा ब्यहोरिरहेकी छिन् चौतारा साँगाचोकगढी नगरपालिकाको इर्खु पोखरेगाउँकी ३७ वर्षीया मन्दिरा कार्की । 

पंतिकारसँग मन्दिराले पीडाका दर्दनाक पीडा सुनाइन् 'वैदेसिक रोजगारीका लागि कतार जानुभएका श्रीमान् (ईश्वरीबहादुर कार्की) उतै बिरामी पर्नुभयो । नेपाल फर्किनु भएपछि काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराएँ तर, उहाँलाई बचाउन सकिएन' । उनका अनुसार श्रीमान्ले साहुबाट लिएको एक लाख ऋणको बदलामा घरजग्गा पूरा लिने धम्की दिने गरेका छन् । श्रीमान् विदेश जाँदा र बिरामी पर्दा परेको ठूलो ऋण टाउकोमा परेको बिलौना गर्दै उनले भनिन्,‘दिनभरि मजदुरी गर्छु, रातभर ऋण सम्झेर पागलजस्तै बन्ने गरेकी छु ।’आफ्नो नाजुक शारीरिक र मानसिक अवस्था देखेर छोराछोरीको बालमास्तिष्कमा नराम्रो असर पर्ने चिन्ता पनि उनमा छ । 

कार्कीको पीडाप्रति साथ दिने कोही छैनन् । खानलाउन र बासको अभाव उनलाई छ । भूकम्पपछि अरुकै जग्गामा बस्दै आएकी कार्कीलाई जग्गाधनीले उक्त ठाउँबाट निकालिदिए । पछि ८ वर्षकी छोरी अमीता र १२ का छोरा अमनलाई काखी च्यापेर बासका लागि मन्दिरा भौतारिँदै हिँडेको धेरै समय भइसक्यो । 

त्यसो त उनको परिवार भूकम्पअघिदेखि नै घरवारविहीन बनेको थियो । तीन जनाको परिवार अहिले अरुकै टहरोमा आश्रय लिएर बसिरहेका छन् । ‘अरुको टहरोमा कतिन्जेल बस्ने ?,’ लामो सुस्केरा हाल्दै उनले भनिन्,‘बास बनाउन कसैले सहयोग गरे मेरा लागि देवतासमान हुन्थ्यो ।’ अरुको टहरामा बसेको रातपछि विद्यालय पुगेर फर्केका छोराछोरी अर्को दिन कहाँ जाने भन्ने पीरले पढ्नै नसक्ने भएका छन् । बिनापैसा र खाजा स्कुल जाने गरेका कार्कीका छोराछोरीलाई पढाई खर्च हेर्ने कस्ले ? भूकम्पपछि दिनभर भोकाएका बालबच्चा आफू कैयौं रात भोकै सुतेको कार्कीको अनुभव छ । गरिबीका कारण समाज अपहेलित हुनुपरेपछि उनलाई बाँच्नु नै बेर्थ लाग्ने गरेको छ । भनिन्, 'सन्तानको मुख हेरेर बाँचिरहेको छु ।' 
 
आश्रय लिने ठाँउ कतै नपाएको गुनासो उनले दोहोर्‍याइन् । कसैले भाडामा जग्गा दिए बाँच्न सजिलो हुने उनले बताइन् । ‘बरु दिनरात खटेर साहुलाई भाडाको पैसा दिन्थें,’ उनले आँसु खसाल्दै भनिन्, ‘बास नभएकाले पानी पर्दा र हुरीबतास आउँदा मेरा नानीबाबु चराचुरुङ्गीझैं बिचल्लीमा पर्ने गरेका छन् ।’
 

प्रकाशित : आश्विन २५, २०७४ १४:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्