१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

गर्भावस्थामा ज्वरोले शिशुमा विकार

कान्तिपुर संवाददाता

काठमाडौं — गर्भावस्थामा तीन र आठ महिनाका बीचमा ज्वरो आए शिशुलाई मुटु र अनुहारसम्बन्धी विकार हुन सक्छ । हालैको एउटा अध्ययनमा यस्तै दाबी गरिएको छ, जुन ‘साइन्स सिग्नलिङ’ मा प्रकाशित छ ।

गर्भावस्थामा ज्वरोले शिशुमा विकार

गर्भवतीलाई गर्भधारणको पहिलो तेस्रो महिना ज्वरो आए सन्तानमा मुटु विकारग्रस्त हुने र ओठतालु काटिने जोखिम बढ्छ भन्नेमा अनुसन्धाताहरू धेरै वर्षदेखि जानकार थिए । तर, यस्तो हुनुमा ज्वरो मात्रै जिम्मेवार हुन्छ कि कुनै भाइरस वा संक्रमणले गर्दा हुन्छ भन्नेमा उनीहरू निश्चित थिएनन् । यही पछिल्लो अनुसन्धानपछि भने उनीहरू त्यसको कारणबारे ढुक्क भएका हुन् । गर्भको पहिलो तीनदेखि आठ महिनाभित्र ज्वरो आउँदा शिशुको मुटु र गिजाको विकास प्रभावित हुने रहेछ भनेर उनीहरूले अब प्रमाण पाएका छन् ।

उक्त अध्ययनअनुसार, गर्भको पहिलो तीन महिनामा एसिटामिनोफेनको उचित प्रयोगले आमामा ज्वरोको आशंका कम गर्न सकिन्छ । यसले गर्दा जन्मजात दोषलाई एउटा सीमासम्म रोक्न सकिन्छ । यद्यपि गर्भावस्थामा महिलालाई कुनै औषधि सेवनबाट जोगिने सल्लाह दिइन्छ, तथापि ज्वरो
कम गर्न एसिटामिनोफेनको उपयोगबाट फाइदा हुन सक्छ ।

प्रकाशित : आश्विन २८, २०७४ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?