१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘थालासेमीया वारेमा’, पुस्तक सार्वजनिक

अतुल मिश्र

काठमाडौं — थालासीमियाको विरामी र अभिभावकलाइ लक्षित गरेर यो रोगको उपचारको बारेमा बिस्तृत जानकारी सहितको अंग्रेजीमा लेखिएको ‘एवाउट थालासीमिया’को नेपाली अनुवाद ‘थालासीमिया बारेमा’ पुस्तक मंगलवार एक समारोह बीच स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले सार्वजनिक गरेका छन् ।

‘थालासेमीया वारेमा’, पुस्तक सार्वजनिक

डा.एन्डूला इलेफुथेरीयोद्वारा लेखिएको एवं थालासेमीया इन्टरनेशनल फेडरेसन साइप्रसद्वारा अंग्रेजीमा प्रकासित उक्त पुस्तकको नेपाली अनुवाद कान्तिबाल अस्पतालका बाल रोग विशेषज्ञ डा.अजित रायमाझीले गरेका हुन् ।

विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोग र नेपाल थालसीमिया सोसाइटीसमेतको सहयोगमा प्रकाशित एक सय ९७ पृष्ठको उक्त पुस्तक थालासीमिया बिरामी भएका परिवार र थालासीमिया उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई नि:शुल्क वितरण गरिने छ ।

डा.रायमाझीका अनुसार यो पुस्तक राम्ररी अध्ययन गर्ने बिरामी र निजका आफन्तले यो रोगको जटिलता देखिएको बाहेकको अवस्थामा तत्काल डाक्टरसँग भेट्न नसके पनि खासै असर पर्नेछैन् ।

हाल मुलुकभरीको यो रोग लागेका तीन सय बिरामी सम्पर्कमा रहेको उल्लेख गर्दे थालासीमिया सोसाइटीका अध्यक्ष दुर्गा पाठकले सोसाइटीमा दुईसय आठ जना दर्ता रहेको बताए । उनका अनुसार हाल थालासेमीयाका एक सय २५ जना बिरामी नियमित रुपमा रगत चढाउने गरेका छन् ।

प्रकाशित : आश्विन ३१, २०७४ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?