२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

अनारको रस

कान्तिपुर संवाददाता

काठमाडौं — अनार स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक मानिन्छ । स्वादिष्ट अनार भिटामिन ए, सी, ई र फोलिक एसिडको राम्रो स्रोत हो ।

अनारको रस

अनारले हाम्रो छालामा हुने नोक्सानबाट समेत बचाउँछ । यसमा शक्तिशाली एन्टिअक्सिडेन्टसमेत हुन्छ ।

यसले गर्दा यो हाम्रो बढदो उमेरमा छालालाई पोषण मात्र दिँदैन, यसले चाउरीबाट समेत जोगाउँछ ।

अनारमा पाइने युरोलिथिन एले कोशिकामा नयाँ उर्जाको सञ्चार गर्छ । यसको सेवनबाट खराब/ बिग्रिएको माइटोकोन्ड्रियाको घटकलाई रिसाइकिल गर्ने धेरै बलियो क्षमता आउँछ अनि फेरि नयाँ प्रक्रिया सुरु हुन्छ । यसले गर्दा बढदो उमेरको प्रभावसमेत कम हुन्छ ।

स्विटजरल्यान्डमा गरिएको एउटा अध्ययनमा अनारका उपर्युक्त फाइदाहरूबारे जानकारी दिइएको हो । अनारको रसपूर्ण रूपमा प्राकृतिक पदार्थ हो । यसले हाम्रो शरीरमा प्रशस्त उर्जा र तागत दिन्छ ।

अनारको रस खाँदा हाम्रो शरीरमा युरोलिथिन ‘ए’ को उत्पादन हुन्छ । यो एक प्रकारको मोलिक्युल हो । यो मोलिक्युल माइक्रोबेसको माध्यमले परिवर्तित हुन्छ अनि यसले मांसपेशीको कोशिकाको रक्षा गर्छ । यही कारण यसले उमेर वृद्धिसँगै हुन सक्ने शारीरिक असरलाई रोक्ने गर्छ ।

प्रकाशित : कार्तिक ११, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?