कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चिनी रोगीले कसरी खाना खाने ?

डा. आनन्द जि.सी

काठमाडौं — शरीरको रगतमा चिनीको मात्रा चाहिने भन्दा धेरै भयो भने त्यो रोगलाई मधुमेह रोग भनिन्छ । यो रोग एकपटक लागेपछि पुरा निको हुँदैन तर लगभग ५० प्रतिशत नयाँ मधुमेहका केसहरु खानाबाटै नियन्त्रण गर्न सकिन्छ र ५० प्रतिशत रोगीलाई औषधि या ईन्सुलिनको आवश्यकता पर्दछ ।

चिनी रोगीले कसरी खाना खाने ?

मधुमेहका रोगीले खानपानको साथसाथै शारीरिक व्यायमलाई पनि संगसंगै नियमितता दिनुपर्छ जसले रगतमा चिनीको मात्रा सन्तुलन राख्न सहयोग पुर्‍याउँछ ।

मधुमेहका रोगीलाई कति आहार चाहिन्छ भन्ने कुरा रोगीको उमेर, शरिरको तौल, कार्य, पेशा, लिङ्ग, वर्ण आदिको आधारमा निर्धारण गरिन्छ ।


क्यालोरी गणना (सामान्य तौलको लागी)

कार्बोहाईड्रेट : ५० प्रतिशत २५० ग्राम (१००० क्यालोरी)

प्रोटिन : २० प्रतिशत १०० ग्राम (४०० क्यालोरी)

बोसो : ३० प्रतिशत ६७ ग्राम (६०० क्यालोरी)

मधुमेहका रोगीहरुले खानपान कसरी गर्ने ?

मधुमेहका रोगीहरुले हरेक दिन सन्तुलित मात्रामा ३ पटक खाना र ३ पटक खाजा खानुपर्छ ।

  • बिहानको नास्ता (६-७ बजे)
  • बिहानको खाना (९-१० बजे)
  • दिउँसोको नास्ता (१-२ बजे)
  • साँझको नास्ता (५-६ बजे)
  • रातिको खाना (८ बजे)
  • सुत्ने बेला (१०-११ बजे)

बिहानको खाजा (६-७ बजे)

  • १ गिलास दुध वा १ कप चिया÷कफी (चिनी नहालेको वा बढीमा सानो चम्चाको १ चम्चा
  • कर्नफ्लेक्स वा पोरीज (१ कचौरा) वा गहूँको रोटि (१-२ वटा) वा बिस्कुट (३-४ वटा) वा पाउरोटि (२ पिस)

बिहानको खाना (९-१० बजे)

  • गहुँको रोटी (२-३ वटा) वा १ कचौरा भात (नफलेको चामलको) वा ढिँडो (मक/कोदो/फापरको १ कचौरा)
  • बाक्लो दाल
  • सागसब्जी/तरकारी/भटमास/सिमी
  • अचार
  • थोरै मात्रामा मासु÷माछा

(यसरी खाँदा अन्नको मात्रा भन्दा दाल र सागसव्जीको मात्रा धेरै हुनुपर्छ ।)

दिउँसोको नास्ता (१-२ बजे)

  • चिया/कफी १ कप (कालो उपयुक्त)
  • १ दाना फलफूल (सुन्तला÷केरा÷मेवा÷स्यउ÷अम्बा वा मौसमअनुसारको फल वा १ गिलास ताजा फलफूलको रस)
  • गहुँको रोटी (१ वटा) वा १ मुठ्ठी चिउरा
  • साँझको नास्ता (५-६ बजे)
  • पातलो मोहि (१ गीलास)
  • चाउचाउ (सानो कचौराको १ कचौरा) वा पाउरोटि (१/२ पिस) वा नुनिलो बिस्कुट (३,४ वटा)

रातिको खाना (८ बजे)

  • बिहानको खाना जस्तै

सुत्ने बेला (१०-११ बजे)

  • गाई भैँसीको दुध आधा कप तर काटेको २ वटा बिस्कुटसंग

मधुमेहका रोगीहरुले खानपानमा ध्यान दिनुपर्ने कुराहरु :

  • सबै प्रकारका फलफूल र तरकारी हरेक दिन मात्रा मिलाएर खानुपर्छ ।
  • खना पकाउँदा घ्यूको सट्टामा तोरीको तेल अथवा वनस्पति वा जैतुनको तेल राम्रो हुन्छ ।
  • दिनमा कम्तिमा ३ लिटर पानी पिउनुपर्छ ।
  • माछा हप्तामा २ पटक खानुपर्छ यसरी खाँदा कम तेल राखेर सुप बनाएर खाएको राम्रो ।
  • बोसो, छाला र चिल्लो कुराहरु धेरै खानु हुँदैन ।
  • नुनको मात्रा पनि कम गनुपर्छ ।
  • प्रत्यक्ष चिनी भएका चिजहरु जस्तै चिनी, मिठाई, कोका कोला, पेय पदार्थ , मह खानु हुदैन ।
  • खानामा रेसादार खानेकुरा समावेश गर्नुपर्छ ।
  • बजारमा पाईने विभिन्न किसिकमका प्याकेटका जुसहरुमा चिनिको मात्रा बढि हुने भएकाले त्यस्ता जुसको सट्टामा ताजा फल किनेर खानु राम्रो हुन्छ ।
  • सुर्तिजन्य र खैनिजन्य पदार्थ सेवन गर्नुहुँदैन ।
  • मादकपदार्थ सकेसम्म सेवन नगरेकै राम्रो मानिन्छ तर कसैलाई सेवन गर्नुपरेमा दिनभरमा महिलाले बढिमा २ यूनिट (२५-३० एमएल) र पुरुषले बढिमा ४ यूनिट (५०-६० एमएल) खान सकिन्छ ।

चिनी रोग सम्बन्धी भ्रम

हाम्रो जनमानसमा मधुमेहरोग लागेको बिरामीले भात वा आलु खानु हुँदैन भन्ने भ्रम छ जुन सत्य होइन । खासमा भात, जरा भएको तरकारी र अरु अन्नहरुले रगतमा चिनिको मात्रा सन्तुलन राख्छ । त्यसकारण हरेक खाजा वा खाना मात्रा मिलाएर खानुपर्छ ।

चिनीरोग प्यानक्रियाजमा इन्सुलिन कम वनेमा वा बनिसकेको इन्सुलिनले कुनै कारणवस काम नगरेमा हुन्छ । यो रोग भनेको पुख्र्याैली रोग पनि हो । त्यसैले धेरै गुलियो पदार्थ वा भात खानाले चिनी रोग लाग्ने कुरामा सत्यता छैन तर चिनि रोग लागेपछि चिनि भएको खाना र गुलियो पदार्थ थोरै मात्रामा या चिकित्सको सल्लाह अनुसार खानुपर्छ या बन्द गर्नुपर्छ ।

(लेखक ग्राण्डे सिटी अस्पतालमा कार्यरत वरिष्ठ फिजिसियन हुन् ।)

प्रकाशित : कार्तिक १३, २०७४ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?