कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्लेप्टोमेनिया- चाेरी गर्ने बानी !

काठमाडौं — कतै तपाईंको चोरी गर्ने बानी त छैनरु चोरी गर्ने बानी एक किसिमको मानसिक रोग हो । यस रोगबाट पीडित रोगी साधारण चोरको जस्तो समाजकोलागी खतरा या घातक हुँदैनन् । किनभने ऊ कुनै व्याक्तिगत फाईदा या जीवनयापनको लागि भनेर चोरी गर्दैन ।

क्लेप्टोमेनिया- चाेरी गर्ने बानी !

अक्सर यस्ता मानिसहरु साधन सम्पन्न हुन्छन् र त्यतिकै आत्मसन्तुष्टीको लागीमात्र आफूलाई मनपरेको सामान चोरी गर्ने गर्दछन् । जुनवस्तुको वास्तवमा उनिहरुलाई आवश्यकता पनि हुँदैन । चोरी गरिसकेपछि यिनिहरुलाई एककिसिमको आनन्दको अनुभुति हुन्छ । पुरुषहरुको तुलनामा महिलाहरुमा यस किसिमको चोर्नेबानी बढी नै हुन्छ । 

कानूनि कारवाई तथा लोकलाजको डरले गर्दा मानिस यसको उपचार गराउन मान्दैनन् र पन्छिने गर्छन् । यसको मुलभुत समस्या भनेको रोगी स्वंय आफूलाइ कन्ट्रोल गर्न सक्दैन । नत स्वंय आफ्नो विवेकले काम गर्न सक्छन् । 

यस बानीले यिनिहरुलाई आत्मग्लानि, डर, स्वंयलाई दोषी मान्नु, भित्र अन्तरद्वन्द्व चल्नु जस्ता भावनात्मक समस्याहरुबाट लगातार पीडित भइरहेका हुन्छन् । परिवारजनलाई पनि समाजमा  लज्जितहुनु पर्ने हुन्छ । 

यो पढ्दा शायद तपाईंलाइ हाँस्यपद कुरा लाग्छ होला तर यो समस्याको भयावता त मात्र यसबाट पीडित रोगी तथा रोगिको परिवारले मात्र बुझ्न सक्छन् । विदेशमा पनि चर्चित हस्तिहरु जस्तै बेलायतकी महारानी जोर्ज पाँचौं, केही प्रख्यात फिल्म अभिनेत्रीहरु पनि यस केलेप्टोमेनिया डिसअर्डरको शिकार भएका थिए । 

नेपालमा यस समस्या प्रति जागरुकताको कमी छ तथा चोरी गर्नुलाई ठूलै अपराध मानिन्छ । चोरी गर्दा पक्राउ पर्योम भने बदनामी हुनुको साथै कहिले काँही त गाली(गलौज तथा मारपिट हुने अवस्था पनि आउँछ । यस्ता व्यक्तिहरुको उचित समयमा सहि ढगंले उपचार गराउने र बिरामीलाई आपसी सहयोग दिने हो भने निश्चितरुपले यस समस्याबाट छुटकारा मिल्न सक्छ । 

यस समस्यालाई हल्कारुपमा लिनु भने हुँदैन । यस रोगबाट पीडित व्यक्तिसगं टाढा भएर, उसको बहिष्कार गर्नु हुँदैन । यस रोगको उपचार गाली गरेर या त्यस व्यक्तिको बेईज्जत गरेर हुँदैन ।

के हो क्लेप्टोमेनिया? 
जब रोगी विना मतलव कुनै वस्तुको चोरी गर्दछ भने त्यसलाई क्लेप्टोमेनिया भनिन्छ । यस रोगमा व्यक्तिलाई बारम्बार चोरी गर्ने बानी लाग्छ । उ कुनैपनि वस्तु चोर्न सक्छ जस्तै– पसलको सामान, मानिसहरुको सामान, अफिसको सामान तथा साथिभाइहरुको सामान पनि चोरदछ ।

सामान्य चोरी गर्ने र  क्लेप्टोमेनिया भएका व्यक्तिहरुमा धेरै फरक हुन्छ । एउटा साधारण चोरले आफ्नो आवश्यकताको सामानहरु नै चोरी गर्दछ भने क्लेप्टोमेनिक ९चोर्ने ईच्छा० व्यक्ति प्राय जसो यस्तो सामान चोरी गर्दछ जुन सामानको उसलाई कामै लाग्दैन र पछि त्यस समानलाई फ्याँकी पनि दिन्छ । उसले यो कार्य आफ्नो ईच्छालाई शान्त पार्नको लागी मात्र गरेको हुन्छ । 

होटलबाट चम्चा, तौलिया, नेप्किन, जस्ता सामान चोरीगर्ने धेरैजसो व्यक्तिहरुले कुनै लोभ(लालचले चोरी गरेका हुँदैनन्, यसरोगबाट पीडित भएर नै यस्तो कार्य गर्छन् । यो समस्या कुनैपनि उमेरका व्यक्तिमा हुन्छ ।

कारण
यो मानसिक रोगको कारण यही नै हो भनेर ठोकुवा गर्न मिल्दैन । यसको वास्तविक कारण थाहा हुन सकेकै छैन । मनोविद्हरुको भनाई अनुसार यसका केही थाह भएका कारण भने छन् । परिवारमा कसैलाई क्लेप्टोमेनिया छ भने अन्य सदस्यलाई पनि हुने बढी सम्भावना रहन्छ । मष्तिस्कमा रसायन पदार्थमा बदलाव हुनु, यसमा सेरोटिन  व्यापकस्तरमा परिवर्तन हुन्छ र कम हुन्छ । यस कारणले पनि यो समस्या हुनसक्छ । 

यदि शुरुको अवस्थामा चोरी गरेको अपराधमा कसैलाई दन्ड(सजाय दिईंदैन र यतिकै छाडिन्छ भने, यसो गर्नुको मतलब त्यसलाई चोरी गर्न प्रोत्साहन दिनु हो । जसले गर्दा उसमा चोरी गर्ने बानी बस्दै जान्छ । जुन व्यक्तिमा यो समस्या हुन्छ । उसलाई  अन्य मानसिक समस्या जस्तै व्यग्रता, बाईपोलर डिसअर्डर, ओसिडी, तथा अन्य मानसिक समस्याहरु पनि हुनसक्छ ।

लक्षण( क्लेप्टोमेनियाको लक्षण यहि नै हो भनेर भन्न बढो गाह्रो छ । पीडित व्यक्तिले त्यस्ता खाले सामानहरु चोर्छद्द् जसको उसलाई आवश्यकता छैन । चोरी गर्नुभन्दा अगाडि तनाव र चोरी पछि खुशी र सन्तुष्टी महशुस गर्नु । सामान चोरी गरेपछि उदास हुनु र कानुनी कारवाही गर्लान कि भन्ने डर लाग्नु । बारम्बार चोरी गर्न मन लाग्नु आदी । मनमा चोर्ने इच्छा तिब्र रुपमा जागेर आउनु र आफूलाई रोक्नसक्नु ।

यस रोगबाट कसरी बाहिर निस्किने ?
यो केवल मानसिक रोग हो भन्ने परिवारको सदस्यले सबैभन्दा पहिला बुझिदिनु पर्छ । यस रोगबाट ग्रसित व्यक्तिहरु आफ्ना परिवार तथा ईष्टमित्रहरुको सामुने लज्जित हुनु वा हप्पकिखानुबाट बच्नको लागि आफ्नो यथार्त कुरोलाई सक्दो लुकाउने गर्दछन् । जसले गर्दा यो समस्या धेरैजसो लामो समयसम्म देखिन्छ । यदि तपाईं क्लेप्टोमेनिक हो भने सबैभन्दा पहिले आफ्नो समस्याको बारेमा आफ्नो परिवारको सदस्यहरुलाई भन्ने र परिवारजनले पनि पीडित व्यक्तिको समस्यालाई मजाक बनाउनुको सट्टा गम्भिरता पूर्वक लिने ।  

साईकोलोजिष्टको भनाईनुसार जो व्यक्ति यसरोगबाट पीडित छ उसले एकलै बस्नु हुँदैन । साथीभाइहरु वा आफन्तको बीचमा बस्नु राम्रो हुन्छ । डिप्रेशनबाट बच्नु पर्छ ।  जब चोरी गर्ने तिव्र ईच्छा मानमा जाग्रीत भएमा आफन्तलाई भन्ने र परिवारका सदस्यले  पनि उसको ध्यान अन्तै लानको लागि उसलाई कुनै काममा लगाउने । 

उपचार
यस रोगबाट पीडित व्यक्तिले चाहेमा यस रोगबाट मुक्त हुन सक्छन् । यसको लागि आवश्यक छ सही उपचार, मजबुत ईच्छाशक्ति तथा साथिभाई र आफन्तहरुको भावनात्मक सहयोग । यसको उपचारमा साईकोथिरापी र औषधि दुवैको प्रयोग गर्ने गरिन्छ । साईकोलोजिष्टले यसलाई एडिक्टिव डिसआर्डर र आब्सेसिभ कम्पल्सिभ डिसअर्डरको श्रेणिमा राख्दछन् । यसको लागी काउन्सलिंग गरिन्छ । काग्निटिव बिहेभिएरियल थिरापीबाट पनि त्यसता व्यक्तिमा रहेको नाकारात्मक व्यवहारलाई बद्लिन र साकारात्मक व्यवहारलाई बढाउन कोशिश गरिन्छ । 

हेमियोप्याथिक औषधि 
क्लेप्टोमेनिया ९ चोरीगर्ने ईच्छा० –बिनामतलबको चोरी गर्ने बाध्यता– एब्सिनथियम, आर्टिमिसिया भल्गेरीस, कुरारी, नक्स भोमिका । बिनामतलब केवल रुपैयाँ चोर्ने बाध्यता – कल्केरिया कार्ब । बिनामतलब स्वादिष्ट खानेकुरा चोर्ने बाध्यता– मेग्नेशिया म्युर तथा नेट्रम कार्ब । यसै गरी ब्रायोनिया, कालिकार्ब, लाइकोपोडियम, पल्साटिला, सिपिया, स्टेफसिग्रिया, स्टामोनियम, टेरेन्टुला, थुजा  आदी । रोगीको समष्टिगतलक्षणको आधारमा प्रयोग गर्नसकिन्छ ।

प्रत्येकरोगीको औषधी, औषधिको मात्रा उसको शारीरिक एवं मानसिक अवस्था अनुसार भिन्ना–भिन्नै हुन्छ । होमियोप्याथिक चिकित्सामा रोगको कारणलाई हटाउने प्रयास गरीन्छ । अतस् बिना चिकित्सकीय परामर्श यहाँ उल्लेख गरिएका कुनैपनि औषधिको उपयोग नगर्नु होला ।

प्रकाशित : मंसिर ५, २०७४ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?